काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका-२ घर भई हाल काठमाडौँ-३२ बस्ने ५१ वर्षीया मुना कार्की रहेकी छिन् ।
उनलाई अपरा अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ १२ बाट पक्राउ गरोको ।
उनले बेरोजगार युवालाई झुक्यानमा पारेर दक्षिण कोरिया लैजाने भन्दै ३ लाख ४० हजार लिएर लामो समय सम्पर्कविहीन भएको पीडितको आरोप छ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।