काठमाडौँ। नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ ।
स्रोतका अनुसार सरकार र शिक्षक महासंघबीच आजै केहीबेरमा वार्ता हुँदैछ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा जुटेका हुन् ।
यसअघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले पनि क्याबिनेटबाट निर्णय भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी थिइन ।