१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारी पत्रमा हस्ताक्षर

अ+ अ-

ललितपुर । काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक हित र चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय र हेगस्थित एनपिआइले सोमबार ललितपुरको बालकुमारीमा अवस्थित विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

दुवै संस्थाबीच संयुक्त अनुसन्धान, प्रकाशन तथा अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूको आदानप्रदानमा सहकार्य गर्ने विषयमा सहमति भएको ग्लोबल इन्गेजमेन्ट विभागका प्रमुख डा. दिनेश काफ्लेले जानकारी दिए । दुई संस्थाबीच सार्वजनिक नीतिका क्षेत्रमा संयुक्त अनुसन्धानका लागि अनुदान परिचालन गर्ने विषयमा सहमतिका साथै एक अर्काका अनुसन्धान तथा पहललाई समर्थन गर्ने प्रतिबद्धतासमेत जनाइएको उनले बताए । 

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले उक्त समझदारीले विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीच अनुभव र कार्यसम्पादन आदानप्रदानको अवसर सृजना गर्ने विश्वास व्यक्त गरे । 

“विश्वविद्यालयको दीर्घकालीन अध्यापन र अनुसन्धानका लागि अन्तर्राष्ट्रिय प्राध्यापकलाई निमन्त्रणा गर्ने नीति रहेको छ, एनपिआइको विश्वव्यापी प्रवासी विज्ञ सञ्जालले केयुका शैक्षिक कार्यक्रममा छोटो वा लामो अवधिमा योगदान पुर्‍याउन सक्छ, विश्वविद्यालय र संस्थाबीचको सहकार्यले विचारहरूको आदानप्रदान हुने अपेक्षा छ”, उपकुलपति वाग्लेले भने ।

कार्यक्रममा एनपिआइको सञ्चालक समितिका अध्यक्ष डा. खगेन्द्र ढकालले संस्थाले नेपाल र विदेशमा नीति अनुसन्धान तथा ‘थिंक ट्र्यांक’ प्रणाली सुदृढीकरणमा खेलेको भूमिकाबारे चर्चा गरे । उनले शैक्षिक तथा अनुसन्धान गतिविधिमा सहकार्यले विश्वविद्यालय र संस्थाले अलगअलग रूपमा गर्दै आएका कार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । 

“यस सहकार्यले विदेशमा रहेका नेपाली प्रतिभालाई नेपालमा केन्द्रित भएर आफ्नो विशेषज्ञता प्रदर्शन र प्रयोग गर्न मद्दत पुर्‍याउनेछ, जसले अन्ततः देशलाई फाइदा पुर्‍याउनेछ”, ढकालले भने । उनले वर्तमान नेपालका सन्दर्भमा सार्वजनिक क्षेत्र, विश्वविद्यालय र ‘थिंक ट्यांक’बीच त्रिपक्षीय सहकार्यको सान्दर्भिकतासमेत औँल्याए ।

काठमाडौँ विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको मुलुकको अग्रणी विश्वविद्यालय भएको डा. काफ्लेले बताए । उनका अनुसार विश्वविद्यालयका केन्द्रीय तथा आंगीक क्याम्पसमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् ।

एनपिआइ सन् २०१७ द नेदरल्यान्डस्मा स्थापित नीति अनुसन्धान संस्था हो । यसले विश्वव्यापी सञ्जालमा एक हजार २६० भन्दा बढी प्रवासी विज्ञहरू आबद्ध छन् । पछिल्लो सम्झौताअघि एनपीआइ र केयु स्कुल अफ म्यानेजमेन्टले संघीय सरकारका अधिकारीहरूका लागि नेपाल नीति नेतृत्व कार्यक्रम (एनपिएलपी) लगायत विभिन्न पहलमा सहकार्य गरेका छन् ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयकातर्फबाट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. विजय केसी र स्कुल अफ इञ्जिनियरिङका डीन प्रा. डा. मनिष पोखरेललगायत विभिन्न संकाय तथा निर्देशकालयका प्रमुख अधिकारीहरूको उपस्थिति थियो । एनपिआइका तर्फबाट कार्यकारी बोर्ड सदस्यहरू गोपी मैनाली, सरु जोशी श्रेष्ठ र सम्झना श्रेष्ठ तथा विज्ञहरू डा. विकल श्रेष्ठ, डा. प्रह्लाद कार्की, अधिवक्ता भुपाल ढकाल र सुधीर श्रेष्ठ सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस