काठमाडौँ । सुदूरपश्चिमको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हालेका छन् ।
आजबाट भारत भ्रमणमा गएका मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहदासम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन् ।
बजेट तयारीको संहारमा भारतमा भ्रमणमा निस्किएका शाहले यो बेला आफ्नो भारत भ्रमणले बजेट तयारीमा असर नपर्ने बताए । “कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मैले आर्थिक मन्त्रीलाई नै सुम्पेकाले बजेटको तयारीमा कुनै समस्या हुँदैन” उनले भने । भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । टोलीले एक हप्तासम्म दिल्ली, देहरादुन र लखनउमा बिताउने बताइएको छ ।
भ्रमणको क्रममा मुख्यमन्त्री शाहले दिल्लीमा संघीय मन्त्रीहरू, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।