१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलिसम्म निष्कर्षमा पुग्ने गरी महासंघसँग चरणबद्ध वार्ता जारी 

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताएका छन् ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरू र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिहरूसँग मंगलबार कुरा गर्दै महरले सोमबार यताका पटक-पटकका वार्तापछि सरकार, संयन्त्र, राजनीतिक दल र शिक्षक नेता सहमतिनजिक पुगेको बताएका हुन् ।

नेपाली काँग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरले भने, ‘आन्दोलनरत शिक्षक भोलि (बुधबार)सम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासंघसँग गम्भीर रूपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ ।’

तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज-भोलि नै मन्त्रिपरिषद्बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

‘कक्षा १२ को परीक्षा समयमै सुरु हुने गरी काम भइरहेको छ । नेपाल शिक्षक महासंघका प्राय: एजेन्डा मन्त्रिपरिषद्बाट सम्बोधन हुने र शिक्षा ऐन यथाशक्य छिटो पारित गर्ने प्रतिबद्धतासहित माग सम्बोधन गर्ने गरी गृहकार्य अगाडि बढिरहेको छ,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस