काठमाडौँ। ७औँ अन्तर्राष्ट्रिय अंग्रेजी भाषा शिक्षण र भाषा विज्ञान सम्मेलन हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय, अंग्रेजी शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरले आगामी वैशाख २० देखि २१ गतेसम्म दुई दिने सम्मेलन गर्न लागेको हो ।
भाषा शिक्षामा परिवर्तनशील परिस्थिति, अनुसन्धान, नवप्रवर्तन र प्रयोगहरूबारे विमर्श पनि हुनेछ । अन्तर्राष्ट्रिय सम्मेलनमा १२ वटा देशका करिब ५०० जना प्रभावशाली विद्वानहरू सहभागी हुने बताइएको छ ।
सम्मेलनमा ९५ वटा कार्यपत्रहरू प्रस्तुत गरिने छ ।