सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–६ का ४० वर्षीय राकेश बस्नेतसहितका पाँच जना रहेका छन् । राकेश चौतारा साँगाचोकगढी-५, नवलपुर चोकस्थित संकल्प होटेल एन्ड भोजनालयका सञ्चालक हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले सोही होटेलको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास ३ बुकसहित शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।