९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राससलाई अग्रणी समाचारको केन्द्र बनाउनुपर्छ – मन्त्री बाँस्कोटा

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति(रासस) ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने बताएका छन् ।

राससको ५८ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गदै उनले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेपाली जनताको चाहना, भावनालाई सम्बोधन गर्दै ग्रामीण दूरदराज तथा पछाडि पारिएका क्षेत्रको समाचार सङ्कलन गरी राज्यको मूल प्रवाहमा ल्याउने दायित्व राससको भएको भन्दै मन्त्री बाँस्कोटाले भने, ‘सरकारको मात्रै होइन, आम चासोका समाचार दिनुस् । अग्रणी संस्थाको रुपमा स्थािपत हुनुहोस् । सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुन्छ ।’

मन्त्री बाँस्कोटाले वास्तविक रुपमा पत्रकारिता गर्न आग्रह गर्दै समृद्धिका लागि वास्तविक सूचना र सञ्चारको पहुँच स्थापित गर्ने दायित्वलाई आत्मसात् गर्नसमेत राससलाई सुझाव दिए ।

रासस सिर्जनात्मक केन्द्र र वास्तविक समाचार उत्पादन गर्ने मिलको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘सरकारी हो भन्ने मान्यता त्याग्नुस्, वास्तविक पत्रकारिता गर्नुस् । सरकारको सधैँ साथ र सहयोग रहन्छ ।’

भारत, चीन, संयुक्त राष्ट्र संघलगायतका स्थानमा राससका समाचारदाता राख्ने विषयलाई आफैँले नै अगाडि बढाएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले उचित नीति, योजना र कार्यक्रम बनाएर लागू गर्नसमेत आग्रह गरे ।

अग्रणी समाचार संस्थाको रुपमा स्थापित गर्न अगाडि सारिने आवश्यक नीति तथा योजनालाई सरकार र मन्त्रालयको तर्फबाट सबै खालको सहयोग उपलब्ध हुने उनको भनाइ थियो । उनले राससका भौतिक सम्पत्तिको बहुप्रयोगमा लगाउन समेत व्यवस्थापनलाई निर्देशन दिए ।

राससका अध्यक्ष श्यामल अधिकारीले राससलाई उन्तत समाचारको मिलका रुपमा विकास गर्न आफूहरु हरदम प्रयासरत रहेको बताए । संस्थालाई व्यावसायिक बनाउने दायित्व र कर्तव्यलाई आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले प्राविधिक रुपमा भएका कमी कमजोरीलाई समेत आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

संघीय संरचनाअनुसार सातवटै प्रदेशमा व्यावसायिक पत्रकारको समूह बनाएर काम गर्ने योजना अगाडि सारिएको जानकारी दिँदै उनले प्रदेश सरकारको राजधानीबाटै तोकिएका भाषामा समेत बुलेटिन प्रकाशन गर्ने सोच अगाडि सारिएको बताए। इतिहास रचना गरेर अगाडि जाने योजना र सोच अगाडि सारिएको भन्दै अध्यक्ष अधिकारीले सामूहिक प्रयासबाट मात्रै सफलता हासिल हुने र सकारात्मक समाचार दिन सकिने विचार व्यक्त गरे ।

महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल रुपमा सुधार गर्दै व्यावसायिक, योग्य र अग्रणी संस्थाको रुपमा क्रमशः अगाडि बढाइरहेको जानकारी दिए । लिथोबाट शुरु भएको राससको यात्रा अत्याधुनिक अनलाइन प्रणालीमा गइसकेको र आगामी दिनमा थप परिस्कृत, मर्यादित बनाउन दत्तचित्त भएर लागिपरेको उल्लेख गर्दै उनले ७५३ वटै स्थानीय तहका समाचार सङ्कलन, सम्पादन र प्रसारण गर्ने योजनासमेत बनाइएको र क्रमशः कार्यान्वयनको चरणमा अगाडि बढेको बताए ।

संघीयताको कार्यान्वयनसँगै प्रदेशस्तरबाटै समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणको व्यवस्था मिलाइएको, भारत, चीन, संयुक्त राष्ट्र संघजस्ता क्षेत्रमा समाचारदाता राख्ने प्रक्रियासमेत अगाडि बढ्न लागेको उनको भनाइ थियो ।

कार्यक्रममा राससका पूर्वअध्यक्ष राधेश्याम विष्टले सत्य र तथ्यपूर्ण समाचार प्रवाहका लागि राससले नै जिम्मेवारी बहन गर्नसक्ने बताए । उनले सन्तुलित र निष्पक्ष समाचार प्रवाह गर्न अनुसन्धान र प्रशिक्षणको खाँचो रहेको आवश्यकता औँल्याउँदै सत्य सूचना पाउने नागरिकको अधिकारको रक्षा राससबाट मात्रै हुने स्पष्ट पारे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव शीतल महतोले नेपाली पत्रकारितालाई सुधार गर्ने हो भने राससलाई नै सबल, बलियो र अग्रणी संस्थाको रुपमा विकास गर्न सरकारले विशेष ध्यान दिनुपर्ने विचार राखे ।

नेपाल पत्रकार महासंघ रासस शाखाका अध्यक्ष नारायण घिमिरेले बदलिँदो समयानुसार राससको भूमिकालाई थप विस्तार गर्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले ऐन, नियम तथा कानूनी प्रबन्धलाई समयानुकूल बनाई राससको बृहत्तर हित गर्ने दायित्वलाई आत्मसात् गर्न ध्यानाकर्षण गराए ।

रासस कर्मचारी यूनियनका अध्यक्ष कालिका खड्काले सामूहिक प्रयासबाट मात्रै संस्थाको उन्नति हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस