१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारी सर्वसृष्टि, व्यवहारमा किन कु-दृष्टि

अ+ अ-

भनिन्छ नि, नारी सब थोक हुन, नारी विनाको घर शून्य हुन्छ । तर अब त्यस्तो रहेन किन कि नारी भएको घरमा भयरत्रासमय हुने अवस्था आई रहेको छ । नारीलाई हरेक पल-पलमा विभिन्न किसिमका समस्याहरूबाट बच्नलाई धौं-धौं परि रहेको छ । एक छिन साथीको घरमा गएकी एउटी नारी(बालिका) घरबाट निस्किएपछि घर आइपुग्दिन, त्यस्तै गरी बिहान बेलुकीका लागि गासको बन्दोबस्त गर्न निस्किएकी नारी आफू एकपल पनि सुरक्षाको अनुभूति गरेर घरसम्म आइपुग्न हम्मे-हम्मे महसुस गर्नु परेको अवस्था छ ।

नारीलाई पूजा गर्नु पर्छ भन्ने मान्यता हैन तर नारीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नु पर्छ । नारी पहिला जस्ति छैन किनकि नारीहरूमा पनि राम्रो र शिक्षित बनी सकेका छन् केवल अव त हिँडेको ठाउँ र गरेको कामको उचित मूल्य र सुरक्षाको अनुभूति दिन सक्नु पर्छ । कति ठाउँमा नारी जहिले पनि सङ्घर्ष गर्नु पर्ने दिन आएका हुन ? आखिर नारीलाई स्वतः नारीको रूपमा खुल्ला भएर बाँच्ने वातावरण त होस् न कम्सेकम । हरेक दिन नारीका बारे खराब समाचार सुन्नु परि रहेको छ एक छिन बिहान निस्कनु पर्दा पनि आङ सिरिङ्ग हुँदै निस्कनु परेको छ । भा कतै कु-मनस्थितिहरूले कहीँ कतैबाट कि गर्छन् नि भन्ने मनभरि शङ्काको घेरा बनाएर निस्कनु पर्छ । के गर्नु बिहान निस्केकी नारी बेलुका श-कुशल घरसम्म पुग्नु नै बडो सामर्थ्य लाग्न थालेको छ ।

कति दिन यसरी हामी नारी डराएर हिँडडुल गर्नु पर्ने हो ? किन हाम्रा आवाजरसाथै व्यथालाई सुनुवाइ हुन्नन् दैनिक जीवनमा यति धेरै मार परेको कि घरमा बस्ने आमारबुवालाई पीडा माथि पीडा थपिएको छ । बुढा भएका बारआमालाई बल्ला हरेक कुरामा पालो दिने समयमा छोरीहरू बाहिर निस्कँदा पनि त्रास पूर्ण वातावरण भइदिइएको कारण घरमा कुन समयमा आइ पुग्लान् भनी बाटो कुर्दा कुर्दै हरेक समाजमा घटेको समाचार सुन्दै आङ सिरिङ्ग बनाउँदा बनाउँदै दिन बित्ने समय छ । कमाएर ल्याउलन अनि गाँसको व्यवस्था गर्लान् भन्दा पनि कसरी आइपुग्लान् भनी त्रास पूर्ण वातावरण बढी बनी रहेको छ ।

समाजमा व्याप्त रूपमा नै डर लाग्दा घटनाहरू बढी रहेका छन् । तर सरकार र सरोकारवाला निकायहरू आँखामा पट्टि लगाएर मौन रूपमा आफ्नो असली रूपमा प्रस्तुतिहरू दिई रहनु भएको छ । यहाँ हरेक दिन नारीको अस्तित्व लुटी रहेको छ । यहाँ रहेका तरिकाबाट नारीलाई नै विशेष त्रसित बनाउँदै यो समाजमा बस्ने दानव जातिका मानिसहरूले वातावरणलाई असन्तुलन बनाई रहेका छन् । केही दिन अगाडि काठमाण्डौंको विभिन्न स्थानमा नारीहरूलाई केही मानिसहरू बाइकमा आएर केही धारिलो बस्तुले शरीरको कुनै पनि अंगमा घोची दिइएर फरार हुने घटनाले पनि यहाँ धेरै नारीहरूको मनमा त्रास पैदा गरेको छ ।

यो के बस्तुले घोचेको हो भन्ने अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन ? किन यतिका दिन भई सक्यो यस्तो विकृतिलाई रोकथाम समयमा नै गर्नु पर्ने अवस्थामा सम्बन्धित निकाय के हेरेर बसी रहेको छ ? यस्तो साना तिना समस्या भनेर विशेष निगरानी नगर्नु नै सरकार र सरोकार पक्षको ठुलो दुर्भाग्य हो । यस्तो विकृति विसङ्गतिलाई समाजले उन्मूख गर्नु पर्ने हुन्छ ।

जब कुनै पदको कुराहरू आउँछ त्यति बेला चाहिँ अनेक सपना र नारीका अस्तित्वका पक्षधर भएर भाषण गर्ने तर आज नारीहरूमा विषम समस्या पर्दा चाहिँ मौन भएर बस्ने कस्तो पद हो यो ? सडकका आवाज सदनमा पुर्‍याउन कै निम्ति हैन तपाईँहरूको पद ? हो जो जति महिला दिदी बहिनीहरू सडकका नै मानिसहरूले आज जुन सदनमा तपाइहरूलाई पुर्‍याउनु भएको छ नबिर्सनु ती दिनहरू सडकमा हुँदाका आवाजहरू पदले गर्दा आज पथलाई धरापमा पार्दै हुनुहुन्छ ? एक पटक सडकका आवाज सुन्नु होस दिनानुदिन नारीहरूलाई गरिने व्यवहार के कस्तो नरसंघारमा ज्यादै छ ? यो हाम्रो समाजमा नारीहरूलाई अधिकार पहिला भन्दा धरै नै दिइएको छ साथै नारीहरू पनि स्वालम्वि पनि धेरै नै बनी सकेका छन् तर त्यो पाएको अधिकार भन्दा बढी नारीहरूलाई पीडारहिंसामा पारि रहेको छ यो समाजले यो सबै सम्बन्धित निकायको कामरकारवाहीमा जथाभाबी भएको कारण नै प्रमुख समस्या बन्दै आएको छ ।

यो समाजमा यस्ता महिला माथि हुने विभिन्न दुर्व्यवहारको निगरानी अहिलेको सरकार वा स्थानीय, प्रदेश र सङ्घले आफ्नो मातहतमा रही घटनाको प्रकृति हेरी नातावाद, कृपावाद भन्दा धेरै पर गएको नीतिरकानूनी उपचार पक्षपात रहित गरियो भने यस्ता प्रकृतिको घटनाहरू वा नारीहरूको जीवनमा केही सूर्यको किरणको प्रत्याभूति हुने थियो कि !

प्रतिक्रिया दिनुहोस