७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी मन्त्री मगर र सचिव वेल्वासेबीच कार्यसम्पादन सम्झौता

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच कार्य सम्पादन सम्झौता भएको छ ।

आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि सोमबार मन्त्रालयसँग सम्बन्धित योजनाहरू शतप्रतिशत सम्पन्न गर्ने लक्ष्यसहित सम्झौतामा हस्ताक्षर गरिएको हो ।

आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शत प्रतिशत जनसङ्ख्याको पहुँचमा पुर्‍याइने तथा निर्माणाधीन खानेपानी आयोजनाहरू सम्पन्न गरी तराईका जिल्लाहरूमा आर्सेनिक मुक्त सुरक्षित खाने पानी उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रमहरू पुरा गर्न मन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौता भएको हो ।

सम्झौतामा ९८ वटा भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरूको पुनर्निर्माण गर्ने, १३ सय ६८ वटा आयोजनाहरूको खानेपानी सेवा विस्तार तथा पुनस्थापना गर्ने, १५ वटा क्रमागत तथा ४१ वटा नयाँ गुणस्तर सुधारका आयोजनाहरूको कार्यान्वयन गर्ने र थोक वितरण प्रणाली तथा जलाशययुक्त सम्भाव्य आयोजनाहरूको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ ।

त्यस्तै २३ वटा नगर क्षेत्र(पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर, भद्रपुर, धरान, वीरगन्ज, भैरहवा र धनगढी लगायत अन्य क्षेत्र) को लागि खाने पानी सुधार कार्य गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६।०७७ मा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने उल्लेख भएकाले चालु आर्थिक वर्षभित्रमा मेलम्चीको पानी पथान्तरण गरिसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ । त्यसै गरी नेपाललाई खुला दिसा मुक्त राष्ट्र बनाई पूर्ण सरसफाइ अभियानलाई देशैभरि अगाडि बढाउने मन्त्रालयको प्रतिबद्धता छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले यो सम्झौता जनतासँग गरिएको प्रतिबद्धता भएको बताएकी छिन्। ‘यो सम्झौता जनताका अगाडि यो यो काम गर्छु भनेर गरिएको प्रतिबद्धता हो, उनले भनिन्, ‘ हामीले चालु आर्थिक वर्षभित्र धेरै काम सम्पन्न गरेर देखाउनुपर्ने चुनौती छ । त्यसैले मन्त्री र सचिवले मात्रै नभई सबैले आत्मसात् गरी सरकारको कार्यक्रम योजनाहरू कार्यान्वयन गर्न तिर लागौँ ।’

सचिव बेल्वासेले नीति तथा कार्यक्रम र बजेटले लिएका लक्ष्यहरू पुरा गर्ने तर्फ लाग्न सबैको साथ सहयोग जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस