१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकका लागि ७७७ सिँढी

अ+ अ-

दैलेख । दैलेख र कालीकोटको सिमानामा पर्ने चार हजार २०० मिटर उचाईमा अवस्थित महावुगाथमा पर्यटकको सजिलोका लागि पदमार्गसँगै ७७७ सिँढी निर्माण गरिएको छ ।

कर्णाली प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत दैलेखको डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरेको हो । दुई किलोमिटर पदमार्गमा ७७७ वटा सिँढी निर्माण गरिएको छ भने ९८१ मिटर पदमार्ग निर्माण गरिएको छ ।

उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त पदमार्गका लागि डिभिजन वन कार्यालय दैलेखमार्फत रु १८ लाख ४४ हजार ८०० रकम विनियोजन गरिएको थियो । उपभोक्ता समितिको जनश्रमदान रु चार लाख ६५ हजार ५०० गरेर कूल २३ लाख १० हजारमा उक्त पदमार्ग निर्माण सम्पन्न भएको डिभिजनल वन कार्यालय दैलेखका योजना अधिकृत नवराज पौडेलले जानकारी दिएका छन् ।

पदमार्ग निर्माण सम्पन्न भएपश्चात यातायातका साधन र पैदलयात्रा गरेर दमौडा पुग्ने पर्यटक र यात्रुलाई कालीकोटको सिमानासम्म पुग्न धेरै सहज भएको छ । हरेक वर्षको जनैपूर्णिमाको अवसरमा लाग्ने शिव महावुधाममा पुगेर फर्कने यात्रुका लागि पदमार्गले निकै सहज बनाएको अनुगमन समिति संयोजक पदमा योगीले जानकारी दिएका छन् ।

महावै गाउँपालिका र महावु गाउँपालिकाका स्थानीय सरकारले महत्वपूर्ण पर्यटकीयस्थल महावुमा पर्यटकको वासस्थान, फोटो खिच्नका लागि भ्यू टावर, पानी र शौचालयको बन्दोबस्त गर्न सके पर्यटकको आर्कषण झनै बढ्ने योगीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस