१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय समयको लचकता र नेपालको सन्दर्भ

अ+ अ-

कार्यालय समयको लचकताको अवधारणाको सुरूवात पश्चिम जर्मनीबाट १९६० को दशकबाट सुरूबात भएको हो। जर्मन Management Consultant “Christel Kammerer” ले समयको लचकता (Flexi Time) को सर्वप्रथम अवधारणा अघि सारेका थिए। बाह्य र आन्तरिक कर्मचारीको व्यवस्थापन तथा महिला कर्मचारीलाई जागिरमा अवसर प्रदान गर्ने लक्ष्य थियो। यस अवधारणा जर्मनीमा सफल भए पश्चात् अन्य विकसित देशहरुले प्रयोग गर्दै आएको पाईन्छ।

Flexi Time (समयको लचकता) लाई gliding time तथा Alternative Schedule पनि भनिन्छ। कर्मचारीको सहजताअनुसार कार्यालयमा हाजिर हुने र छुट्टि हुने समय परिवर्तित हुनुपर्दछ तथा कर्मचारीलाई समयको बन्देज राखिनु हुदैन, कार्यलक्ष्यहरु (Task Objectives) हासिललाई ध्यान दिनुपर्दछ भन्ने मान्यता राख्दछ। कार्यालयले तोकेको प्रत्येक दिनको समयाअवधि व्यवस्थाको विकल्पमा कर्मचारीलाई यति कार्य सम्पन्न गरिसक्नु पर्छ भनि संगठन/कर्मचारीले करार (Contract) गर्दछ भने त्यसलाई कार्यालय समयको लचकता भनिन्छ।

कार्यालय समयको लचकतालाई SWOT Analysis गर्दा,

नेपालको सन्दर्भ
नेपालको प्रशासन सूधार दलहरुले समय-समयमा कार्यालय समयको लचकताको आवज उठाउँदै गरेको पाईन्छ। तर कुनै प्रशासन सूधारका कार्यक्रमहरुमा समावेश गरेको पाईदैंन।

नेपालको अधिकासं कार्यालयमा बर्षको ९(नौं) महिना १०-०५ बजे र बाँकी कात्तिक १५ देखि माघ १५ सम्म १०-०४ बजे सम्म कार्यालय समय तोकिएको हुन्छ। जस्ले गर्दा कर्मचारी अनिवार्य रुपमा १०-०५ बजेको समयअवधि कार्यालयमा विताउनु पर्ने हुन्छ। कर्मचारीको कार्यालयमा काम नहुँदा पनि हाजिर जनाउन कार्यालयमा हजिर हुने प्रवृति रहेको पाईन्छ जस्को उत्तम विकल्प कार्यालय समयको लचकता हुनजान्छ। एक फुर्सदको कर्मचारीले पुरै कार्यालयको कर्मचारीको कार्य वातवरण (Working Environment) लाई बिगार्न सक्दछ त्यसैले कर्मचारी कार्यालयमा हाजिर हुँदा मात्रै कार्यसम्पादन हुन्छ भन्ने पुरानो सोच आजको प्रविधिको यूगमा परिवर्तन गर्न आवश्यक देखिन्छ। हाजिर मिलाएर मात्र बस्ने कर्मचारीलाई कुन कर्मचारीले के कार्यसम्पादन गर्यो ?

नतिजा(Results) के आयो ? संगठनको लक्ष्य(Goal) हासिल भयो कि भएन ? यस्ता पक्षहरुको मूल्याङ्कन गर्न समय खर्चिनु पर्ने देखिन्छ। तसर्थ कर्मचारीले १० बजे देखि ५ बजे अफिसमा हाजिर भयो कि भएन भन्दा पनि उसले कार्यालयको लक्ष्य\उद्देश्य हासिल गर्न मद्धत गर्यो कि गरेन भनेर लेखाजोखा गर्नु उचित हुन जान्छ। सेवाग्राहीलाई असर नपर्ने गरी कार्यालय समयको लचकताको प्रयोग गर्न प्रशासकहरुले झन्झट नमान्नु पर्ने आवश्यक देखिन्छ।

नेपालमा कार्यालय समयको लचकताको आवश्यकता किन?
• To equally treat & uplift the socially back warded class, gender etc.(समाजका पिछडिएका वर्ग ,लिंग सबैलाई समान व्यवहार गर्नको लागि)
• To reduce Tardiness & Absenteeism(कर्मचारी गयल र ढिलापन कम गर्न)
• Work Consciousness Vs. Time Consciousness(समय भन्दा कामलाई प्राथमिकता दिन)
• To attract talent (सेवामा बौद्धिक आकर्षण)
• To reduce employee turnover (कर्मचारी turnover कम गर्न)
• To provide effective service delivery (सेवा प्रवाहलाई प्रभावकारी बनाउन)
• To increase productivity (उत्पादकत्व बढाउन)
• No rush in traffic(ट्राफिक जाम नियन्त्रण गर्न)

अन्त्यमा, एकातिर कर्मचारी हरू काम गर्न अल्छि हुन्छ्न् भन्ने सेवाग्राहिको दिमागमा रहेको छाप हटाउन तथा प्रशासनलाई समयसापेक्ष सूधार गरी अघि बढाउनको लागि आवश्यक कार्यालयहरुमा कार्यालय समयको लचकताको(Flexi Time) प्रयोग गरी कार्यसम्पादनलाई नतिजाको आधारमा मूल्याङ्कन गर्नुपर्ने देखिन्छ र focus on the work rather than the ‘place’ लाई आत्मसाथ गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस