६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश ५ : विकटमा सचेतना बाँड्दै जनप्रतिनिधि

अ+ अ-

घोराही । ग्रामीण जनजीवनको मेलापातमा दैनिकी बिताउने र सञ्चार सुविधाबाट बञ्चितहरुलाई सरकारले जारी गरेको लकडाउनबारे पर्याप्त थाहा नहुन सक्छ । लकडाउनमा जथाभावी हिँड्ने र भेटघाट गर्ने क्रम नरोकिएपछि दाङको बङ्गलाचुली गाउँपालिकाका जनप्रतिनिधिले घरघरमै पुगेर सचेतना बाँड्न शुरु गरेका छन् ।

जिल्लाको विकट क्षेत्र मानिने बङ्गलाचुलीका कतिपय स्थानमा त अहिले पनि मोटरबाटो पुगेको छैन । त्यस्ता स्थानमा सर्वसाधारणलाई जनचेतना जगाउन जनप्रतिनिधि आफैँ काँधमा स्पिकर बोकेर गाउँगाउँ हिँडने गरेका छन् ।

अरु बेला वडा कार्यालयको काममा व्यस्त वडा नं ६ का वडाध्यक्ष वेदुलाल घर्ती हिजोआज बिहान उठ्ने बित्तिकै काँधमा स्पिकर बोकेर कोरोनाबारे गाउँभरि माइकिङ गर्दै हिँड्छन् । मोटरसाइकल चल्ने केही बाटोमा मोटरसाइकल चढेर पुग्छन् भने नपुग्ने ठाउँमा आफैँ काँधमा स्पिकर बोकेर पैदलै हिँडेर माइकिङ गर्छन् ।

माइकिङबाट जनतालाई एकैठाउँमा जम्मा नहुन, साबुनपानीले हात धुन, एकअर्कासँग भेटघाट नगर्न अनुरोध गर्दै उनी यो एक साताको अवधिमा वडाको सबै गाउँमा पुगिसकेका छन् । “अहिले बिहानदेखि साँझसम्म माइकिङको काम गरिरहेको छु”, उनले भने, “शुरुमा जनतालाई सम्झाउन अलि गाह्रो भयो, अहिले त्यस्तो छैन सबैले कोरोनाबाट बच्नुपर्छ भन्ने बुझ्न थालिसकेका छन् ।” गाउँघरमा अहिले लकडाउनको पालना भएको उनले सुनाए ।

उनीजस्तै वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा पनि कोरोनाबाट बच्नका लागि जनतालाई सचेतना फैलाउने काममा दिनरात खटिएका छन् । वडाध्यक्ष विश्वकर्मा भन्छन्, “हाम्रो वडाको आधा भागमा सञ्चारको पहुँच छ आधामा छैन । त्यसकारण जनतालाई कोरोनाबाट बचाउनका लागि यसरी काँधमा स्पिकर बोकेर सचेतना बाँडिरहेका छौँ ।”

बङ्गलाचुली गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष कुनै न कुनै तवरले कोरोना भाइरसबाट बच्नका लागि सबैलाई सचेत बनाउँदै हिँडेका छन् । गाउँपालिको वडा नं ५ ले त सबैभन्दा पहिला कोरोना भाइसबाट बच्न सचेतनाका विभिन्न गतिविधि गर्दै आएको छ । लकडाउन शुरु भएदेखि अहिलेसम्म निरन्तर कोरोनाबाट बच्नका लागि विभिन्न तवरबाट जनचेतना फैलाउने काम भएको वडाध्यक्ष एनुराज खत्रीले बताए । गाउँपालिकाको वडा नं ७ र ८ ले पनि कोरोनाबाट बच्नका लागि प्रत्येक दिन जनतालाई सचेत पार्ने काम गरिरहेको वडा नं ८ का अध्यक्ष गीरराज बाँठाले जानकारी दिए।

बङ्गलुचली गाउँपालिकाका स्वस्थ्यकर्मीले पनि हरेक ठाउँमा जनतालाई सचेत पार्ने काम गर्दै जनताको सेवा गरेका छन् । गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थाका साथै गाउँपालिकाले स्थापना गरेको क्वारेनटाइनबाट समेत जनतालाई कोरोना भाइरसबारेमा सचेत बनाउने काम भएको छ । बङ्गलाचुली गाउँपालिकामा भारत तथा तेस्रो मुलुकबाट गरेर एक हजार ४०० बढी स्थानीय गाउँ फर्केका छन् । रासस

प्रतिक्रिया दिनुहोस