१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा सलहले मकै तथा धानबाली नष्ट, किसान चिन्तित

अ+ अ-

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ ।

एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।

सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँमा लगाएको मकै र धानबाली सलहको झुण्डले नष्ट गरिदिएपछि किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको बेनी नगरपालिका–२ खबराकी किसान तुलसी सापकोटाले बताए ।

सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको गौश्वाराका किसान धु्रव घिमिरेले भने । ‘लाखौँको सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ’, उनले भने, ‘भगाउने प्रयास गर्दा गर्दै मकै र धानबालीमा ठूलो क्षति पुगेको छ ।’

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयवासीले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरे पनि सफल नभएको उनले जानकारी दिए । बिहीबार बिहानै खेतबारीमा देखिएको सलह आइतबार बिहानसम्म पनि खेतबारीमा नै रहेको छ । सहलले सबैभन्दा बढी मकैबालीमा क्षति पु¥याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन् ।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढीपहिरोले बितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरे पनि क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ ।

दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो । पहिरो र कोरोनाको कहरका बीचमा भित्रिएको सलहले बाली नष्ट गरेपछि किसान निराश भएका छन् । सलह धपाउन किसानले गरेको प्रयास सफल भएको छैन । म्याग्दीका विभिन्न ठाउँहरूमा अझै पनि सलहको झुण्डले धान र मकैमात्रै होइन, फलफूल र तरकारीमा पनि क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस