११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघ, प्रदेश र स्थानीय तहका कर्मचारी बिचको खाडल पुरियोस्

अ+ अ-

नेपाल सरकारको सहयात्री स्थायी सरकारको रूपमा मानिने कर्मचारी प्रशासन केही वर्षयता अन्यौलताको भुमरीमा फसिरहेको कुरा नकार्न सकिँदैन । एकातिर एकद्वार प्रणालीबाट खटिएर जनस्तरमा सेवा प्रवाह गरिरहेका कर्मचारीलाई ऐन नियम र पूर्ण तयारी बिना समायाजोनको बेमौसमी बाजाले तितरबितर पारेको छ भने अर्कोतिर कर्मचारी प्रशासनको संविधान जस्तै मानिने मार्ग निर्देशन गर्ने मूल कानून संघीय निजामती सेवा ऐन नबन्दा झनै अन्यौलता सृजना गरेको छ ।

पूर्ण तयारी विनाको समायोजनले एउटै प्रक्रियाबाट निजामती सेवामा प्रवेश गरेका केही कर्मचारीको भविष्य लाभै लाभको वर्षा हुने देखिन्छ भने उहीँ प्रक्रियाबाट निजामती सेवामा प्रवेश गरेका कर्मचारी पिँजडाको सुगा झैँ एउटै पदमा र एउटै कार्यालयमा समयावधि बिताउनु पर्ने अवस्था सृजना भएको देखिन्छ। यस्ता खाले कर्मचारी सधैजसो भाद्र २२ गते मनाइने निजामती सेवा दिवस उत्साहका साथ मनाउलान् त ? यतिमात्र नभएर पछिल्लो समयमा स्थानीय सेवा ऐन बिना नै संघीय लोक सेवा आयोगको विज्ञापनबाट स्थानीय सेवामा प्रवेश गरेका कर्मचारीको भविष्य के हुने भन्ने बारे पनि अन्यौलता नै छ ।

एउटा सानो देश भित्रका नागरिकलाई सेवा प्रवाहका लागि सेवा दिने कर्मचारीतन्त्रलाई यसरी गरिएको खण्डीकरण कति प्रभावकारी र वैज्ञानिक छ र यसले कालान्तरमा के प्रभाव पार्छ भन्ने कुराको अध्ययन र अनुसन्धान गरियो या गरिएन यो गहन विषय हो । यसो गर्दै गर्दा साना साना कुराहरूलाई समेत ख्याल गर्नु पर्ने ठाउँमा ‘स्थानीय सेवा’ नामाकरणमानै विवाद छ सोही सेवाका कर्मचारी आफ्नो सेवाको नाम प्रति नै असन्तुष्टि छन् जसलाई स्थानीय निजामती सेवा नामाकरण गरिनु पर्छ भन्ने मागसहित अन्य थुप्रैमागहरु पटक-पटक राख्दै आएको देखिन्छ । नामकरणमा स्थानीय निजामती सेवा ऐन राखिदिएको भए पनि स्थानीय सेवाका कर्मचारी समेत भाद्र २२ गते मनाइने निजामती सेवा दिवस धूमधामले हर्ष उल्लासका साथ मनाउने अवस्था सृजना हुने थियो ।

समयमा सङ्घीय निजामती सेवा ऐन नबन्दा र यो ऐन बनाउनको लागि यसको विस्तृत अध्ययन नगर्दा धेरै कर्मचारी यसको परिभाषा भित्र नपर्ने देखिन्छ । निजामती सेवामा प्रवेश गरेका र समायोजनपछि सङ्घ प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी लोक सेवा आयोगको नयाँ विज्ञापनबाट स्थानीय सेवाको पदमा सिफारिस भएका कर्मचारीको भविष्य के हुने ,उनीहरूको सेवा सुविधा ,सेवाअबधि गरणा र उमेरको हद बारे स्पष्टता छैन यदि यो कुरा पनि कतै न कतै प्रस्ट भएको भए यस्ता प्रकृतिका कर्मचारी पनि निजामती सेवा दिवस हर्षका साथ मनाउने अवस्था सृजना हुने थियो।

पछिल्लो समयमा नेपाल सरकारको मातहतमा रहेका स्थायी कर्मचारी बिच सामाजिक सञ्जालमा विविध विषयमा जुवारी चल्ने गरेको छ, जुवारीको मुख्य कारण भनेको कर्मचारी प्रति गरिएको विभेद नै हो । नागरिकको सेवामा अहोरात्र खटिने स्थायी कर्मचारीको हक हितलाई स्थापित गराउने उद्देश्यले नेपालको संविधान अनुसार गठित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, राष्ट्रिय स्तरका ट्रेड यूनियन र कर्मचारीको असल अभिभावक नेपाल सरकारले समेत सङ्घीय कर्मचारीको मात्रै अपनत्व ग्रहण गरेको,सङ्घीय निजामती कर्मचारीको समस्याहरू सम्बोधन गरेको अथवा सङ्घीय कर्मचारीलाई मात्रै काँखि च्यापेको तर निजामती सेवामा प्रवेश गरेका हाल लोक सेवा आयोगको विज्ञापनबाट स्थानीय सेवामा कार्यरत कर्मचारी र अन्य स्थानीय सेवाका कर्मचारीहरूलाई सौतेनो व्यवहारले हेरेको कारण विगतका वर्षहरूमा धूमधाम गरी हर्ष उल्लासका साथ मनाइएको निजामती सेवा दिवस यस वर्ष भाद्र २२ गतेका दिन ”स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ मनाइने निजामती सेवा दिवस विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै भएको छ।

तेतिमात्र नभई सङ्घीय कर्मचारीका केही गलत नियत भएका ब्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत स्थानीय सेवाका कर्मचारीलाई अनायासै जिस्काउने र मनोबल गिराउने खालका स्ट्याटस राख्दै गर्दा एक अर्कामा जुवारी चल्ने गरेको देखिन्छ । यस्तै गलत नियत र गलत बिचार भएका केही कर्मचारीका कारण कर्मचारी तन्त्र मात्रै धाराशाहि बनाउँदैन नागरिकलाई दिइने सेवामा पनि कतै न कतै अवरोध सृजना हुन्छ तसर्थ सबै सेवाका कर्मचारी मित्रहरूले कर्मचारीका मूल मर्म, भावना र आदर्शलाई आत्मसाथ गर्दै एक अर्का प्रतिको सम्मानमा आँच नआउने गरी आफ्ना विचारहरू राख्ने र तिन ओटै तहका सबै समूह उपसमूहका कर्मचारीलाई श्रेणिगत अथवा तहगत एकै किसिमको प्रणाली लागुगरि सबै खाले कर्मचारीको अपनत्व नेपाल सरकार, नेपाल निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य राष्ट्रिय स्तरका ट्रेड युनियनले लिने हो भने एक अर्कामा आत्मीयता बढ्नुका साथै कर्मचारी तन्त्र बलियो भई नागरिकलाई गरिने सेवा पनि गुणस्तरीय विश्वसनीय र प्रभावकारी हुने कुरामा दुई मत छैन । यसरी सबै सम्बन्धित निकायले सबै कर्मचारीलाई समान व्यवहार गरियो भने सङ्घ प्रदेश र स्थानीय सेवाका कर्मचारी बिच भएको ठुलो खाडल पुरिने हो भने सधैँ जसो भाद्र २२ गते मनाइने निजामती सेवा दिवस आगामी वर्षहरूमा स्थानीय सेवाका र अन्य असन्तुष्ट कर्मचारीहरू पनि धूमधामका साथ मनाउने वातावरण सृजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस