१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी खेतीले किसानको मुहार फेरिँदै

अ+ अ-

कञ्चनपुर । बेलडाँडी गाउँपालिका-३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् ।

तरकारीखेतीले उनलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ । उनी विवाह हुनुअघि खेतमा अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्दथे। त्यसले परिवारको खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने तरकारीसमेत भारतीय व्यापारीबाट खरिद गर्नुपर्ने हुन्थ्यो ।

कृष्णपुर नगरपालिकाको बालुवाफाँटामा ससुरालीले तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेपछि उनले तरकारीखेती गर्न थालेका हुन् । करिब डेढ दशकदेखि तरकारी खेतीमा संलग्न रहदै आएका रामलालले वार्षिक रुपमा तरकारी बिक्री गरेर रु १० लाख बढी आम्दानी गर्दै आएका छन् । वडामै व्यावसायिक तरकारीखेती गर्नेमा उनी अग्रणी व्यक्तिका रुपमा परिचित छन्।

सोह्र कट्टाजग्गामा उनले काउली मात्रै रोपेका छन् । पहिलो लटको काउली उनले बेचेर रु पाँच लाख आम्दानी हात पारेका छन्। दोस्रो लटमा काउली, बन्दागोभी, गोलभेडा बेच्नका लागि तयारी अवस्थामा रहेको छ ।

‘दुवै जना श्रीमान्श्रीमतीको काम नै तरकारीका बेर्ना तयार गर्ने, रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र उत्पादित तरकारीलाई बजारमा लगेर बेच्ने नै हो’, रामलालकी श्रीमती चम्फा चौधरीले भनिन्, ‘बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म खेतबारीमै हुन्छौं ।’

अरुले तरकारी लगाउन शुरु गर्दा तरकारी बेच्न शुरु गर्ने गरेको उनले बताइन् । डेढकट्टा जग्गामा मात्रै उनले २४ क्विन्टल तनेबोडी उत्पादन गरेका छन् । रामलाल जस्तै बैवाहाका सात जना बढी किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । मौसमी र बेमौसमी तरकारीखेती गरेर यहाँका किसानले आम्दानी लिँदै आएका छन् । तरकारीखेतीमै संलग्न किसान कालुराम चौधरीले खेतबारीमा रोपेको काउली बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी हात पारेको बताए।

गत वर्ष काउली बिक्री गरेर उनले रु ८० हजार आम्दानी गर्नुभएको थियो । सात वर्षदेखि तरकारीखेती गर्दै आएका कालुरामले भने, ‘अन्नलगायतका अरु बाली लगाउदा थोरै आम्दानी हुने भएकाले धेरै आम्दानी हुने तरकारीखेती गरेर परिवारको खर्च धान्दै आएका छौ, विगतमा जस्तो पेशाकै लागि साहु महाजन कहाँ हात थाप्नु परेको छैन ।’

सीमा क्षेत्र नजिकै रहेको बैवाहाका बासिन्दाले पहिला भारतीय घुमन्ते व्यापारीले ल्याएको तरकारी चर्को मूल्यमा खरिद गर्दथे । हाल गाउँमै तरकारीखेती हुन थालेपछि भारतीयले यहाँबाट तरकारी खरिद गरी लैजाने गरेका छन् ।

सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा दुई परियोजनाअन्तर्गत यस क्षेत्रका किसानलाई आधुनिक तरिकाले तरकारी लगाउनेदेखि बजार व्यवस्थापनको कार्य सिकाउने कार्य हुँदै आएको छ ।

जेटिएको व्यवस्था गरी किसानलाई तरकारीबाली लगाउँदा आउने समस्या निराकरण गर्न निकै मद्दत पुगेको छ । ‘उन्नतजातका तरकारीका बीउ लगाउनका लागि किसानलाई उत्प्रेरित गरी उत्पादन बढाउनका लागि लागेका छौँ’, सहकारीका प्रबन्धन निर्देशक मदनराज भट्टले भने, ‘यहाँका तरकारी खेतीमा लागेका किसानलाई अरु क्षेत्रका किसानले लगाएको तरकारीको अवलोकन गराई सीप प्रवद्र्धन गर्ने कार्यमासमेत लागेका छौँ ।’

किसानलाई उन्नत् बीउ, प्राविधिक सहयोग, कीटनाशक, सिँचाइका लागि पम्प सेट र रासाइनिक मलमा सहयोगसमेत सहकारीले गर्दै आएको छ । कृषि ज्ञान केन्द्रले तरकारीखेतीमा लागेका किसानलाई तरकारी ढुवानी गर्न सहजता प्रदान गर्नका लागि ५० प्रतिशत अनुदानमा दुई वटा ढुवानीका साधानसमेत उपलब्ध गराएको छ ।

‘तरकारी ढुवानीका साधन नहुँदा विगतमा निकै सास्ती खेप्दै आएका थियौंँ’, सुन्दर चौधरीले भने, ‘चर्को भाडा तिरेर तरकारी बजारमा पु¥याउदा अधिक मूल्य हुँदा बेच्न समस्या थियो, लागत खर्चमै तरकारी बजारमा बिक्री गरेर फर्कन्थ्यौं, हाल आफ्नै ढुवानीका साधानको व्यवस्था भएपछि तरकारी बेच्न निकै सहज भएको छ ।’

कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले तरकारीखेती गर्दै आएका किसानका समस्या बुझेर योजना बनाइ यान्त्रिकरण र आधुनिक तरिकाले तरकारीखेती गर्ने तौरतरिका सिकाइ किसानलाई अझै व्यावसायिक बनाइने बताए । ‘किसानका नजिकका साथी भनेका समूह, सहकारी, एग्रोभेट नै हुन्’, उनले भने, ‘किसानलाई उन्नतजातका बीउबिजन र रासायनिक मल सहज रुपमा उपलब्ध हुने गरी नयाँ कुन मोडेलमा योजना बनाए लाभान्वित हुन्छन्, त्यसका लागि सरोकारवाला सबैको सहकार्यमा योजना बनाउछौं ।’

बेलडाँडी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष दुर्गाप्रसाद चौधरी गाउँपालिकाको दुर्गम गाउँ बैवाह तरकारीखेतीका लागि उर्वरभूमि रहेको बताउछन् । उनका अनुसार दोमट मलिलो माटो भएको बैवाहामा तरकारीखेतीसँगै उखु, आलु, खुर्सानी, काउली, गोलभेडा र तोरीबाली निकै सप्रिने गरेको छ ।

गाउँपालिकाको थोरै बजेटले किसानलाई आवश्यक सबै सुविधा पु¥याउन नसकिने भएकाले कृषि ज्ञान केन्द्रले योजनावद्ध रुपमा यस क्षेत्रका किसानका लागि निरन्तर रुपमा योजना ल्याउनुपर्ने उनको भनाइ छ । गाउँपालिका उपाध्यक्ष कमलादेवी कार्की कोरोना भाइरसका कारण भएको बन्दाबन्दीमा क्वारेन्टिनमा बसेका व्यक्तिलाई बैवाहकै किसानले उत्पादन गरेको तरकारी उपलब्ध गराइएको बताए ।

बैवाहाका तरकारीखेतीमा संलग्न किसानले वार्षिक रुपमा रु एक करोडको तरकारी उत्पादन गर्दै आएका छन् । वर्षातका बेला छाडेर अरु सबै महिना यहाँ तरकारीखेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस