१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोप निर्यातमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउन भारतलाई अनुरोध

अ+ अ-

काठमाडौँ । सरकारले कोभिड विरुद्धको खोप निर्यातमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउन र नेपालतर्फ हुने खोप निर्यातमा आवश्यक अनुमति प्रदान गर्न भारतलाई अनुरोध गरेको छ ।

कोभिड-१९ को रोकथामका लागि खोपको प्रयोगलाई नेपाल सरकारले अति उच्च प्राथमिकतामा राखेको अवस्थामा भारतबाट हुने निर्यातका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र भारतीय राजदूतावास काठमाडौँ मार्फत गरिएको हो ।

कोभ्याक्सिनको आधिकारिक आयातकर्ता इमेराल्ड फार्माले हैदराबादस्थित भारत वायोटेक इन्टरनेशनल लिमिटेडबाट खोप खरिद प्रक्रिया अघि बढाएकोमा भारत सरकारले खोप निर्यातमा गरेको अस्थायी प्रतिबन्धका कारण समस्या भएको सो समाधानका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माले जनाएका छन् ।

त्यसो त नेपालले भारतबाट खरिद गरेको १० लाख डोजसमेत अझै उपलब्ध भएको छैन । जसका कारण पहिलो खोप लगाएको लामो समय भइसक्दासमेत दोस्रो खोपको टुङ्गो छैन ।

त्यसैगरी स्पेनबाट सहयोग स्वरूप प्रदान गरिएका १५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, १,४४,००० एन्टिजेन टेस्टकिट, १,४४,००० एफ.एफ.पी.टु मास्क र ६० सिलिन्डर भोलि नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अमेरिकी गैरसरकारी संस्था डाईरेक्ट रिलिफ मार्फत ८४० थान अक्सिजन कन्सन्ट्रेटर समेत १५ लाख डलर बराबरको स्वास्थ्य उपकरण २७ मे, २०२१ मा नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ । यसै गरी अजरबैजान, फ्रान्स, फिनल्यान्ड र जर्मनीले इयुको सिविल प्रोटेक्सन मेकानिज्म अन्तर्गत प्रदान गर्ने सहयोग सम्बन्धमा हालसम्म १४ भेन्टिलेटर, ३० लाख फेस मास्क, ३,५०,००० एफ.एफ.पी.टु. मास्क, ५२,५०० जोर भिनाइल ग्लोभ, ३० हजार आइसोलेसन गाउन र २०,००० टेस्टकिट सहयोगको प्रतिबद्धता प्राप्त भएकोसमेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस