१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिमेकी मुलुकहरूको दाँजोमा हाम्रो देशमा कोरोनाको अवस्था

अ+ अ-

आजकल जता त्यतै कोरोना कै चर्चा छ। कोरोनाको प्रकोपबाट कुनै क्षेत्र अछुतो रहन सकेको छैन। इम्युनिटी पावर बलियो भएर हो या हिमालको काखमा बसोबास गरेर हो । पहिलो लहरको कोरोना सजिलै पचाएका हामी नेपालीलाई भारतबाट आएको दोस्रो भेरिएन्टको कोरोनाले भने केही गालेको प्रत्यक्ष तथा परोक्षरूपमा महसुस गर्न सकिन्छ।

अस्पतालमा सङ्क्रमित बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव, अस्पतालमा बेड, आइसियु, भेन्टिलेटरको अभावको खबरले हाम्रो दैनिक छापाका मात्र होइन अनलाइन मिडिया पनि भरिएका हुन्छन्। त्यही कोरोनाबाट सुरक्षित रहन २०७८ वैशाख १६ गतेबाट गरिएको निषेधाज्ञाले १ महिनासम्म निरन्तरता पाउँदै ज्येष्ठ १४ गतेबाट २० गतेसम्म थप कडाइका साथ लागु गर्न लागिएको भन्ने प्रशासनको दाबी रहेको छ भने अर्को तर्फ कोरोना सङ्क्रमणबाट दीर्घकालीन समाधानको लागि सरकारले विभिन्न देशहरूको भ्याक्सिन खोप लगाउने कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। यसैबीच दैनिकरूपमा सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको, ३-४ हप्तामा कोरोनाको सङ्क्रमण कम हुँदै जाने सरकारी दाबीहरू पनि सुन्न र पढ्न पाइएको छ।

केही दिन देखि सङ्क्रमितको संख्यानिरन्तर कम हुँदै गएको, कोरोनाको कारण ज्यान गुमाउनेको संख्यामा पनि केही कमी आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना मार्फत हामीहरूले पनि महसुस गरेकै कुरा हो। के साँच्चै सरकारले दाबी लिए जस्तो कोरोनाको सङ्क्रमण कम हुँदै गएको हो त ? कुनै विषयलाई लिएर तपाईँ, हामी, हाम्रो सरकार भ्रममा पर्न सक्छौँ, हामीले देखेका, सुनेका कुरा मिथ्या र झूटा हुन सक्छन् तर तथ्याङ्क र त्यसले प्रस्तुत गरेको चित्र भ्रम र मिथ्या हुँदैन। कोरोनाको अवस्थाको सम्बन्धमा तथ्याङ्क के भन्छ?हाम्रो देश वरिपरिका छिमेकीहरू भारत, चीन, पाकिस्तान, भुटान र बङ्गलादेशको अवस्था, वस्तुस्थितिको अध्ययन गरी हाम्रो देश सँग तुलना गर्दा के देखिन्छ त ?

कोरोना (काेभिड १९) पाेजेटिभको अवस्था छिमेकी मुलुकहरूको दाँजोमा हाम्रो देशमा कस्तो रहेको छ भने माथिको तालिकामा प्रति दश लाख जनसङ्ख्यामा कोरोना पोजेटिभ सबै भन्दा धेरै भारतमा १९८३२.६१ जनामा देखिएको छ भने १८३७९.६० जनासहित नेपाल पनि भारतकै सँग सँगै रहेको छ। चीनलाई छोडेर अन्य छिमेकी मुलुकहरूमा यो सङ्ख्या हजारमा सीमित रहेको छ।

कोरोना सङ्क्रमणको कारण मृत्यु हुने दरमा हामीले अरू छिमेकी को त के कुरा कोरोनाले हायल कायल भएको भनिएको भारतलाईसमेत पछाडी पारेका छौँ। प्रति दश लाख जनसङ्ख्यामा कोरोनाबाट भारतमा २२८.४३ जनाले ज्यान गुमाउँदा नेपालमा सो सङ्ख्या २७०.१९ जना हुन पुगेको छ।

नयाँ सङ्क्रमित हुने संख्यामा हामीले छिमेकी देशहरूलाई तथ्याङ्कमा निकै पछाडी छोडेका छौँ। भारतमा नयाँ सङ्क्रमित प्रति दश लाखमा १६५.२८ जना देखिँदा हाम्रो देशमा सोही जनसङ्ख्यामा भारतमा भन्दा झन्डै दोब्बर २७०.१९ जना नयाँ सङ्क्रमित देखिएका छन्। अन्य छिमेकी मुलुकहरूमा सो सङ्ख्या २६ जना भित्र नै सीमित रहन पुगेको देखिन्छ।

यो त भयो कोरोनाको हालको अवस्था । कोरोनाको कुनै औषधी पत्ता नलागीसकेको अहिलेको अवस्थामा खोप नै दीर्घकालीन रूपमा कोरोनाबाट पार पाउने एक मात्र उपाय हो भनी विश्वस्वास्थ्यलगायत अन्य स्वास्थ्य सम्बन्धी सबै संस्थाहरूले सिफारिस गरी आएको छ। कोरोनाविरुद्धको खोप अभियानको तथ्याङ्क छिमेकी देशहरूमा कस्तो रहेको छ र सो तथ्याङ्कले हाम्रो देशको अवस्था कस्तो देखाउँदछ सो बारे चित्रण गरौँ।

माथिको तथ्याङ्कमा भुटानमा सबै भन्दा धेरै प्रति सय जना व्यक्तिमा ६२.५५ जना व्यक्तिले कोरोना विरुद्धको कुनै खोप लगाएको देखिन्छ भने चीनमा ३९.३७ जना, भारतमा १४.३८ जना व्यक्तिले खोपको सुविधा पाएको देखिन्छ भने हाम्रो देश नेपालमा प्रति सय जना व्यक्तिमा ९.४१ जनाले मात्र कोरोना विरुद्धको कुनै न कुनै खोपको कुनै न कुनै डोज लगाएको देखिन्छ। जनताले खोपको सुविधा पाएको हिसाबमा भुटानले हाम्रा छिमेकी मुलुकहरूको दाँजोमा उदयमान शक्ति चीनलाई समेत पछि पार्दै आफूलाई निकै अब्बल रूपमा प्रस्तुत गरेको देखिन्छ।

निष्कर्ष के त ?

१ महिना अवधिको निषेधाज्ञा अझ १ हप्ता थप हुँदै गर्दा दैनिक स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना, विभिन्न समयमा प्रकाशित समाचार, सरकारका जिम्मेवार मन्त्रीज्यूहरू साथै प्रधानमन्त्रीज्यू स्वयंले कोरोना नियन्त्रणमा आएको भनी वेला वेलामा व्यक्त गर्नुभएको अभिव्यक्ति यो माथिको तथ्याङ्कसँग मेल खान पुगेन। कोरोना पोजेटिभको सङ्ख्या प्रति दश लाख जनसङ्ख्यामा भारतकै हाराहारीमा हामी रहेका छौ भने कोरोनाको कारण हुने मृत्युदरमा हामीले भारतलाई उछिनेका छौँ। त्यस्तै नयाँ सङ्क्रमितको अनुपात पनि छिमेकी मुलुकहरूको तुलनामा हामी निकै उच्च सङ्क्रमित दर भएको अवस्थामा रहेको तथ्याङ्कले देखाउँदछ।

कोरोना पोजेटिभ दर उच्च रहेको, मृत्यु दर, नयाँ सङ्क्रमित उच्च रहेको हाम्रो देशमा सो कोरोनाबाट हुने क्षति कम गर्ने खोप नागरिकहरूको पहुँचमा पुगेको सवालमा भने अन्य देशहरू भन्दा कम रहेको छ। एकातिर उच्च सङ्क्रमण र मृत्युदर अर्कातिर सर्वसाधारणमा खोपको न्यून पहुँचले गर्दा निषेधाज्ञाको नाउँमा जनतालाई घरमै राखेर सङ्क्रमण केही कम जस्तो देखिएता पनि समग्रतामा हाम्रा छिमेकी मुलुकहरूको दाँजोमा हाम्रो देशमा कोरोनाको सङ्क्रमण, नयाँ सङ्क्रमण हुने दर र मृत्युदर उच्च रहेको देख्न सकिन्छ।

वाग्ले उच्च अदालत पाटनमा शाखा अधिकृतका रुपमा कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस