१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती

अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताएका छन् ।

दुई सय आठौँ भानु जयन्तीको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा–साहित्य समितिद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कुलपति उप्रेतीले राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका एकीकरणकर्ता भएजस्तै आचार्यले भाषा-साहित्यका माध्यमबाट एकीकरणको पूर्वाधार तयार गरेको जनाए । उनले सांस्कृतिक एकतामा जोड दिँदै प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गराउन पहल गर्दै आएको पनि जानकारी दिए ।

प्रतिष्ठानका पूर्व सदस्यसचिव डा तुल्सीप्रसाद भट्टराईले भानुभक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय नेपाली जगत्मा बहुकोणबाट ख्यातिप्राप्त भएको जनाउँदै भानुभक्तले नेपाली जात र पहिचानलाई चिनाएको बताए । सो अवसरमा प्रा डा ब्रतराज आचार्यले भानुको व्यक्तित्वबारे प्रकाश पार्दै भानुभक्तको लेखनीका माध्यमबाट युवा पुस्तामा साहित्य र भाषाको प्रवद्र्धनमा योगदान पुगेको बताए ।

सहप्रा प्रभा भट्टराई आचार्यले भानुभक्त आध्यात्मिक र नैतिक चिन्तनयुक्त क्रान्तिकारी कवि भएको बताउनुभयो भने उपप्रा ज्ञानु अधिकारीले नारी दृष्टिकोणबाट हेर्दा भानुको ‘बधूशिक्षा’ केही आलोच्य भए सो कृति समाजको एक चित्र भएको तर्क राखे । समितिका अध्यक्ष डा जानुका नेपालले भाषा साहित्यका क्षेत्रको प्रवद्र्धन र अध्ययन अनुसन्धानका लागि समाजले काम गर्ने बताए ।

कार्यक्रममा प्राज्ञ डा देवी नेपाल र गायिका लोचन भट्टराईले भानुका रचना तथा प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव, २०७८ मा प्रथम र तृतीय स्थान हासिल गर्ने कविद्वय कविता राई र प्रकाश सिलवालले पुरस्कृत कविता वाचन गर्नुभएको थियो । यस्तै भानुबारे मनमैजु माविका प्रधानाध्यापक रविना महर्जनले निर्माण गरेको भिडियो सामग्री प्रस्तुत गरिएको थियो । आदिकवि आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस