१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन

अ+ अ-

गोरखा । गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ ।

एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा ४० लाखको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।

प्रसिद्ध पर्वतारोही स्टेफन केक, जोसेफ इनवलर र हयान्स आर्कसहितको सक्रियतामा आर्थिक सहयोग जुटाएर पाँचकोठे भवन बनाइएको हो ।

विद्यालय बनाउने क्रममा हेलिकप्टरबाट सामान ढुवानीमा सहयोग गरेका अस्ट्रियाका हयान्स आर्कको दुर्घटनामा परी निधन भएपछि उनको स्मृतिमा विद्यालय बनाइएको हो । विद्यालयमा त्यस क्षेत्रका २१ छात्रासहित ३० विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठिन्ले ग्याम्जो लामाले बताए । बुधबार आयोजित कार्यक्रममा पर्वतारोही स्टेफेन केक र फाउन्डेसनका अध्यक्ष लामाले व्यवस्थापन समितिलाई विद्यालय भवन हस्तान्तरण गरे ।

सदरमुकाम गोर्खाबजारबाट तीन दिनको पैदल यात्रामा पुगिने चुम उपत्यकाको रिप्चेत करिब दुई हजार ४७० मिटरको उचाइमा अवस्थित छ । भूकम्पले भत्काएका रिप्चेतका ४२ मध्ये अधिकांश घर निर्माण भए पनि खानेपानीको मुहान निर्माण तथा नियमित बिजुली बाल्नका लागि रकम अभाव भएको अध्यक्ष लामाले बताए । गणेश, श्रृङ्गी, लङ्जुलगायतका हिमालको काखमा रहेको रिप्चेतमा भूकम्पले भत्काएका चारवटा गुम्बा अझै बनाउन नसकिएको स्थानीयवासीले बताए ।

हिमालय पिस एजुकेसन फाउन्डेसनले नुवाकोट, सिन्धुपाल्चोक र गोर्खामा छ विद्यालय बनाइसकेको छ । काभ्रेमा खानेपानी योजना र सगरमाथा आधार शिविर जाने पदयात्रा मार्गमा पथप्रदर्शक बस्न मिल्ने भवन निर्माणाधीन छ । रसुवामा गुठीमा भएको जग्गाको स्वामित्व ३०५ घरपरिवारलाई दिलाउन आर्थिक सहयोग दिनाका साथै ५० बालबालिका अटाउने बालगृह बनाएको फाउन्डेसनका उपाध्यक्ष शैलेन्द्र कार्कीले बताए । रासस

प्रतिक्रिया दिनुहोस