७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हल्ला गरे जस्तो सजिलो छ त ब्रेन गेन ?

अ+ अ-

नेपाल जस्ता तेस्रो मुलुकमा विदेशमा अध्ययनका लागि बाहिरिने क्रम तीव्र छ । अध्ययन पश्चात् वृत्ति विकासका लागि बाहिर बस्ने र नेपालमा पनि अध्ययन पश्चात् राम्रो भविष्यका लागि बाहिरिने प्रवृत्ति बढ्दो छ। यसको मुख्य कारण अध्ययन गरेको विषयको दायरा, सुविधा, अनुसन्धानमा न्यूनतम लगानी र वृत्ति विकासको अवसर न हुनु हो । र, अर्को राजनीतिक नेतृत्वको यसबारे सोच्ने र अवसर प्रदान गर्नेतर्फ सोच विकास नहुनु पनि हो। 

नेपालका नेतृत्वको सोच पुरातन छ र यसले विज्ञताको उपयोग विषय विज्ञका आधारमा होइन की राजनैतिक आस्था, चिनजान र नातावादको आधारमा हेर्दछ। नेपालीहरू नेपालका शैक्षिक संस्थान र विदेशमा पढेपछि जाने बाटो भनेको विदेशी सरकारी निकाय र कर्पोरेट हाउसमा हो । कारण उनीहरूले क्षमताको कदर गरेका छन् । वृत्ति विकासका बाटाहरू खुला गरेका छन् । अनुसन्धानमा लगानी गरेका छन् । आवश्यकता अनुसार साधन श्रोत उपलब्ध गराएका छन्। 

सार्वजनिक खपतका लागि बोल्नुभन्दा बाहेक हामीले यस बारेमा गम्भीर भएर सोचेका या अध्ययन गरेका छौँ त रु ओली सरकारको पालामा नेपाल सरकारले ब्रेन गेनको बारेमा छलफल अगाडि बढाएको देखेको थिएँ तर त्यो सम्भव छ त रु विशिष्ट विज्ञता बोकेकाहरू फिर्ता आउँछन् त रु मलाई तत्काल त्यो सम्भव होला जस्तो लाग्दैन । कारण काम गर्ने वातावरण, साधन श्रोत र पाउने पारिश्रमिक नै हो, जुन नेपालमा सम्भव छैन । 
उच्च क्षमता बोकेका मैले चिनेका र नाता पर्नेहरू अमेरिका, युरोप र अस्ट्रेलियासम्म छरिएर बसेका छन् । ती  राष्ट्रले उनीहरूको क्षमताको कदर गरेका छन् । क्षमता अनुसारको तलब दिएका छन् । काम गर्न सहज होस भनेर सुविधा उपलब्ध गराएका छन् । जुन नेपालमा अहिलेको अवस्थामा सम्भव छ जस्तो लाग्दैन।सरकार, कम्पनीहरूले उपलब्ध गराएको जुन प्रविधि, साधन, श्रोत  उपलब्ध गराइएको छ, त्यो नेपालका नीति, ऐन नियम र प्रशासकीय झन्झटसँग तुलना गर्न सकिँदैन पनि । नेपालमा एउटा ल्यापटप किन्नु परे पचास थरीको प्रश्न गर्ने हाम्रो प्रशासनिक संयन्त्रसँग ती जनशक्तिले सँगै काम गर्न सक्छन् भन्ने हामीले कल्पना समेत गर्न सक्दैनौँ । 

केही युवा विदेशमा अध्ययन पश्चात् नेपाल फर्किएका पनि छन् र नयाँ काम सुरु गरेका छन् पनि तर उनीहरू सरकारी निकायको व्यवहार, बुझाई र असहयोगबाट परेसान छन् । उनीहरूको भनाई अनुसार सरकारी निकायले सहयोग गर्नुभन्दा पनि अड्को थाप्नेबाहेक केही गर्दैनन् भन्ने गुनासो गर्दछन् । विदेशमा बस्ने नेपालीलाई प्रतिनिधित्व गर्ने संस्था एनआरएन राजनीति गर्ने थलो बनेको छ । यसका सदस्यहरूको आस्था विदेशमा बस्ने नेपालीप्रति होइन कि नेपाली राजनैतिक पार्टीहरूप्रति छ। चुनावको अवस्था हेर्ने हो भने राजनैतिक चुनाव जस्तो छ विदेशी भूमिमा चुनावको बेला गरेको कुटाकुट नेपाल र नेपालीका लागि लाजमर्दो छ। 

स्वतन्त्र रूपले काम गर्ने उच्च स्तरीय विज्ञता बोकेकाको प्रतिनिधित्व यस्ता संस्थाले गर्दैनन् पनि । यस्ता फोहोरी राजनीतिसँग जोडिएका संस्थाप्रति उनीहरूको चासो पनि छैन । र, सरोकार पनि छ जस्तो मलाई लाग्दैन । 

हाम्रा सरकार प्रमुख राष्ट्र विशेषको भ्रमणमा जाँदा त्यस देशमा रहेका विलक्षण प्रतिभा बोकेका नेपाली विज्ञसँग भेट्ने समय मिलाएका छन् या कुरा गरेका छन् ? राजा महेन्द्रले भेट्ने गरेका थिए र विज्ञता बोकेकाको सानो सङ्ख्यामा भए पनि ब्रेन गेन गर्ने जमर्को गरेका थिए । अमेरिका, युरोप, अस्ट्रेलिया र विश्वका अन्य राष्ट्रमा आइटी, इन्जिनियरिङ, मेडिकल, बायोटेकलगायत प्राविधिक क्षेत्रमा उच्च कुशलता बोकेका विज्ञको पहिचान हामीले कहिले गरेका छौँ ? यदि छैनौँ भने पहिलो काम यही गरौँ। भेटौँ । उनीहरू के भन्छन् पहिला सुनौँ ब्रेन ड्रेन किन भई रहेको छ ? ब्रेन गेनको कुरा त्यसपछि मात्रै गरौँला । विज्ञतालाई राजनीतिको दुनो बनाउनेको कुरा सुनेसम्म ब्रेन गेनको सम्भावना छैन । 

कुरा गरे जस्तो र सोचे जस्तो सजिलो छैन पनि । विदेशमा रहेका र उच्च विशेषज्ञता बोकेका अधिकांश युवा छन्, जो नेपालसँग परिचित छन् । नेपालको राजनीतिसँग परिचित छन् र नेपालको नोकरशाहीतन्त्रसँग परिचित छन् । उनीहरूलाई फकाएर या झुक्क्याएर ल्याउन सम्भव छ जस्तो मलाई लाग्दैन।

देश सेवा र खोक्रो राष्ट्रियताको भाषणले तिनीहरूलाई फकाउन सकिँदैन पनि । विदेशमा बसेर सेवानिवृत जीवन बिताउन नेपालमा फिर्ता हुने, नेपालमा रहेको सम्पत्ति व्यवस्थापन गर्ने या राजनीतिक स्वार्थसँग जोडिएर नेपाल आएर आफू संलग्न हुने जस्ता कामले मात्र ब्रेन गेनको उद्देश्य पूर्ति कुन हदसम्म होला, आफै अनुमान लगाउन सकिन्छ।

तसर्थ हाम्रो राष्ट्रको आवश्यकता कस्ता प्रकारका जनशक्ति हुन् र उनीहरूलाई आवश्यक पर्ने न्यूनतम आधारभूत आवश्यकता के हुन र सरकारले त्यो पूर्ति गर्न सक्छ की सक्दैन ? यदि सक्छ भने कसरी सक्छ त्यसलाई  प्रयाभुत गर्न सक्ने आधार के हुन् त ? त्यसमा सरकार प्रस्ट हुनु पर्दछ अन्यथा भेडी गोठालोले स्याल आयो भनेर हल्ला गरेको कथा जस्तो नहोस् हाम्रो ब्रेन गेनको उद्देश्य पनि।

प्रतिक्रिया दिनुहोस