११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन जिल्लाको सङ्गमस्थल तिलाचन धुरीमा टेलिकमको सेवा

अ+ अ-

बागलुङ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सङ्गमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । पातीहाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकमको मोबाइल र इन्टरनेट सेवा पुगेको हो ।

यहाँको निसीखोला गाउँपालिका–६ मा २५ मिटर अग्लो बिटियस टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको टेलिकम बागलुङ कार्यालयका प्रमुख एवं वरिष्ठ इञ्जिनीयर केशव शर्माले जानकारी दिए ।

टेलिकमले सेवा विस्तार गरेसँगै त्यस क्षेत्रका सर्वसाधारणले मोबाइल र उच्च गतिको फोरजी इन्टरनेट प्रयोग गर्न पाएका छन् । यसअघि त्यहाँ कुनै पनि दूरसञ्चार सेवा पुग्न सकेको थिएन । मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर पातीहाल्ने हुँदै बागलुङ–रुकुम आउजाउ गर्ने यात्रुसमेत सञ्चारबाट वञ्चित हुनुपर्ने स्थिति थियो ।

लोकमार्गले छिचोलेपछि तिलाचन धुरी र त्यस आसपासमा बढ्दो पर्यटकीय गतिविधि तथा यात्रुको सुविधालाई हेरेर सेवा विस्तार गरिएको प्रमुख शर्माले बताए । त्यहाँ बस्ती भने कम छ । तल्लो भेगका किसान मौसमी रुपमा पशुचौपाया लिएर तिलाचन लेक जाने गर्छन् । पहिले पहिले तीनै जिल्लाका गोठालाको बसोबास क्षेत्रका रुपमा पनि त्यो ठाउँलाई चिनिन्थ्यो ।

‘मुख्य गरी राजमार्ग र पर्यटकीय क्षेत्रलाई लक्षित गरी तिलाचन धुरीमा टेलिकमको सेवा विस्तार गरिएको हो, त्यसबाट स्थानीयवासीलाई पनि लाभ मिलेको छ’, प्रमुख शर्माले भने । उनले जिल्लाका कुनाकाप्चासम्म टेलिकमको गुणस्तरीय सेवा पु¥याउने अभियानमा आफूहरु लागिपरेको बताए ।

पहिलो पटक टेलिकमको सेवा पुगेपछि तिलाचन धुरीको नजिक बसोबास गरिरहेका तीनै जिल्लाका सर्वसाधारण खुसी छन् । भौगोलिक विकटता भए पनि सञ्चार सुविधाले गाउँलेको दैनिकी सहज बनेको छ ।

लोकमार्गदेखि खच्चरमा उपकरण र सामग्री बोकाएर टेलिकमले तीन हजार ४०० मिटर उचाइको धुरीमा टावरको संरचना खडा गरेको थियो । अहिले दिइएको सेवालाई थप गुणस्तरीय बनाउन पछि उपकरण र प्रविधि थपिने टेलिकमले जनाएको छ ।

विद्युत् सेवा नपुगेकाले सौर्य ऊर्जामार्फत टावर सञ्चालनमा ल्याइएको छ । मोबाइल र इन्टरनेट सुविधाले पर्यटकलाई थप आकर्षित गर्न सकिने पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए । उनले पछिल्लो समय त्यस ठाउँमा घुमफिर, वनभोजलगायत मनोरञ्जनका लागि आउनेको सङ्ख्या बढ्दो छ ।

त्यहाँ रहेका रिगा र तिलाचन तालले पनि पर्यटकीय आकर्षण थपेको छ । मनोरम भू–बनोट, गाउँले जनजीवन, प्राकृतिक सुन्दरता र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । लोकमार्ग कालोपत्र भएपछि पर्यटकको आउजाउसमेत सहज बनेको छ । बागलुङ सदरमुकामदेखि १४२ किमिमा पातीहाल्ने पर्छ ।

प्रतिक्रिया दिनुहोस