१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी अगाडि बढ्छ : अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको बताएका छन् । तर, त्यसका लागि एमसिसी परियोजनामा रहेका बुँदाहरू बिना परिमार्जन अगाडि नजाने पनि दाहालले बताए।

उनले भने, ‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी परियोजना अगाडि बढ्छ । एमसिसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ।’

उनले एमसिसीको विषयमा पाँचदलीय गठबन्धनमा कुरा गरेको र संशोधनको निर्क्यौल गर्न बाँकी रहेको उनले बताए।

एमाले अध्यक्ष केपी ओली र त्यसबेला उनको पार्टीले नेतृत्व गरेको अर्थमन्त्रालयले जे जति काम गर्‍यो त्यसले जनतामा गम्भीर आशंका बढाएको उनले पनि बताए।

उनले भने, ‘ती गम्भीर आशंका क्लियर नगरी जानु अमेरिका, नेपाल र राजनीतिक दललाई फाइदा गर्दैन ।’ दाहालले एमसिसी कार्यदलले प्रारम्भिक कार्य सुरू गरेको भन्दै अनुदानमा आएको त्यो रकम पूर्वाधारमा लगानी गर्नुपर्ने बताए।

दाहालले भने, ‘अमेरिकनसँग मेरो नियमितजस्तै सम्पर्क छ। दबाबबाट होइन, अस्पष्टताबाट होइन, समय लाग्न सक्छ। समयको बारेमा दबाब हुँदैन भनेर आग्रह गरिएको छ ।’ गठबन्धन तोडे एमसिसीमा समर्थन गर्ने भन्दै कांग्रेससँग एमालेले अराजनीतिक, अनैतिक चरित्र देखाएको दाहालले आरोप लगाए।

उनले भने, ‘फेरि पनि प्रतिगमनतर्फ लैजान खोजिँदैछ। प्रतिक्रियावादीहरू संविधान खारेज गर्न चाहन्छन्, यो गठबन्धन टुटाउन जे पनि गर्ने भनिएको छ । नाटकहरू चलिरहेका छन्। त्यसका विरूद्ध संघर्ष गरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस