१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना रोकथाम गर्न सुर्खेत प्रशासनद्वारा १९ बुँदे आदेश

अ+ अ-

कर्णाली । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९को तेस्रो भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९ बुँदे आदेश जारी गरेको छ ।

कोभिड–१९को सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८, सङ्क्रमण रोग ऐन–२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६) को उपदफा (३) ले दिएको अधिकारी प्रयोग गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार राति १२ः०० बजेदेखि अर्को सूचना नभएसम्म लागु हुनेगरी १९ बुँदे आदेश जारी गरिएको छ । जारी आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर क्लब, जिमखाना, रङ्गशाला, सङ्ग्रहालय, पुस्तकालय, कभर्डहल, जात्रा, फुटसल जात्रा, महोत्सवलगायतका मानिसको भीडभाड हुने कार्यक्रम नगर्ने उल्लेख गरिएको छ ।

त्यस्तै शैक्षिक संस्थामा भौतिकरूपमा तालिम केन्द्र, कोचिङ सेन्टर, कलेज, विद्यालय उपस्थिति पठनपाठन नगर्न र नगराउन आदेश दिइएको छ ।

मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बालगायतका धार्मिकस्थलमा भीडभाड हुने गरी सामूहिक पूजाआजा नगर्ने, सम्बन्धित पूजारीबाट जनस्वास्थ्यका मादण्ड पालना गरी नित्य पूजा, ध्यान वा प्रार्थना मात्र गर्ने गराउने, सबै सार्वजनिकस्थलमा भौतिक दूरी कायम तथा अनिवार्य मास्क लगाउने, सार्वजनिक सेवा लिन खोप कार्ड (मोबाइलमा फोटो भएपनि) हुने गरी अनिवार्य साथमा राख्नुपर्ने आदेश गरिएको प्रजिअ रिजालले बताए ।

‘जारी गरिएका सबै आदेश व्यक्ति, संस्था, समूह, क्लब तथा विभिन्न संगठनले पालना गर्नुपर्नेछ,’ उनले भने, ‘आदेशको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही र सजाय हुनेछ ।’

प्रजिअ रिजालले बार प्रणाली लागू गरेर प्रशासनबाट सेवा प्रवाह गर्ने तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस