१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हराएका मोटरसाइकल फेला पारी बुझाइयो

अ+ अ-

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन (मोटरसाइकल) फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखामा हिजो (बिहीबार) एक समारोहका बीच १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।

ती मोटरसाइकल काठमाडौँ उपत्यकाको व्यस्त बजार तथा चक्रपथ आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको निवेदनका आधारमा टोली परिचालन गरी मोटरसाइकलको खोजी गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन् ।

मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन विशेष अपरेसन टोली खटाएर खोजी गर्ने कार्य भइरहेको पनि उनले बताए । स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने उनको भनाइ थियो । उनले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपाय प्रयोग गर्न अनुरोध गरेका छन्।

महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाइकल हराएको निवेदन परेकामध्ये ३०९ वटा मोटरसाइकल फेला परेको जनाइएको छ । तीमध्ये २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

प्रहरीले विभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाइएको महाशाखाले जनाएको छ ।

उपत्यकाबाट हराएका १३ वटा मोटरसाइकल उपत्यका बाहिरका विभिन्न जिल्लाबाट नियन्त्रणमा लिई सम्बन्धित धनीलाई बुझाइएको महाशाखाले जनाएको छ ।

मोटरसाइकल चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता एकाइबाट सादा पोसाकमा थप ट्राफिक प्रहरीसमेत परिचालन गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस