१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास सहायताबारे निर्णय सार्वभौम संसदले गर्छ : परराष्ट्र मन्त्रालय

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता आवश्यक पर्छ भन्ने विषयको टुङ्गो सार्वभौम संसदले मात्रै लगाउन सक्ने स्पष्ट पारेको छ ।

प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल भए लगत्तै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको पूर्वाधार निर्माण र विकासमा सहायताले महत्त्वपूर्ण भूमिका खेलेको जनाएको हो ।

‘हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो । नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता चाहिन्छ भन्ने कुरा नेपालको सार्वभौम संसदले मात्रै निर्णय गर्छ’, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हालै एमसीसीको विषयमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका थिए ।

एमसीसीका सन्दर्भमा नेपाललाई अमेरिकाले दबाब दिए मान्य नहुने उनको भनाइ थियो । लगत्तै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पनि एमसीसीबारे नेपालले सार्वभौमरूपमा लिने निर्णय स्वीकार गर्ने प्रतिक्रिया दिएका थिए ।

नेपालको आन्तरिक मामिला सम्बन्धमा दुई शक्ति राष्ट्रबीच ‘वाकयुद्ध’ सुरु भएको सन्दर्भमा परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत आफ्नो धारणा स्पष्ट पारेको हो ।

‘नेपालले सधैँ स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । यो नीति अनुरुप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले नेपालको पूर्वाधार निर्माण र विकासमा बलियो साझेदारी गर्दै निरन्तर सहयोग गर्ने मित्रराष्ट्र, संयुक्त राष्ट्रसङ्घ र बहुपक्षीय विकास साझेदारहरूलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस