१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका छन् : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न विदेशी शक्तिहरू लागेको टिप्पणी गरेका छन् ।

आइतबार (आज) विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको दाबी गरे । उक्त षड्यन्त्र असफल पार्न आफ्नो दलले सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने प्रचण्डको भनाइ छ ।

उनले भने, ‘आउँदो सङ्घ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय सिस्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ । चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

प्रचण्डले चुनाव ब्याटललाई सामान्य रूपमा नलिन कार्यकर्ताहरूलाई आग्रह गरे । प्रचण्डले ०७४ को निर्वाचनपछि काँग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेताहरू बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्ष एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दा बाम गठबन्धनप्रति इमानदार भएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको बताए । तर, चार वर्ष नपुग्दै पटक–पटक बुढानीलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए ।

उनले भने, ‘मैले आफैँले आफैँलाई धिक्कार भन्नुपर्ने हुन्छ । त्यस्तो प्रधानमन्त्री मलाई मान्य छैन भनेर इन्कार गरेको थिएँ । तर, चार वर्ष बित्दा नबित्दै मैले फेरि बुढानीलकण्ठ देउवाजीलाई तपाईँ प्रधानमन्त्री भइदिनुस् हामी साथ दिन्छौँ भन्ने परिस्थिति पैदा भयो । यसलाई राजनीतिको विचित्र विडम्बना भन्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस