१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् उपकरण जडान सुरु

अ+ अ-

रसुवा । उत्तरी रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् गृहको उपकरण जडान गर्ने काम सुरुआत भएको छ ।

आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बु क्षेत्रलाई आधार इलाका बनाइ १४ दशमलव आठ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक उपकरण दोङ्फाङ नामक चिनियाँ ठेकेदार कम्पनीले जडान गरिरहेको हो ।

कार्यस्थलमा १० चिनियाँसमेत २५ दक्ष प्राविधिक जनशक्ति परिचालन भइरहेको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुनिल ढुङ्गेलले जानकारी दिए । सो आयोजनामा आगामी २०७९ असार मसान्तभित्र उपकरण जडान सम्पन्न गरी परीक्षण गर्ने लक्ष्य राखिएको बताइएको छ ।

केही दिनअगाडि विद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएका नेपाल विद्युत् प्राधिकरणका नायब कार्यकारी प्रमुख माधव कोइरालाले माथिल्लो तथा तल्लो साञ्जेन दुवै स्थानको उपकरण जडानकार्य सन्तोषजनक तवरले अगाडि बढिरहेको जानकारी दिए ।

यस्तै ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् गृहमा समेत एउटै प्राविधिक समूहले आलोपालो उपकरण जडान गरिरहेको बताइएको छ ।

कोभिड सङ्क्रमणको कारण दर्साउँदै उपकरण जडानको जिम्मा लिने चिनियाँ ठेकेदार कम्पनी कार्यस्थलमा ढिलै पुगे पनि निरन्तर काम भइरहँदा तल्लो साञ्जेन आयोजनाबाट अबको एक वर्षमा विद्युत् उत्पादन गर्न सकिने अपेक्षा गरिएको आयोजनाका प्राविधिकहरूले बताएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत मङ्सिर ११ गते गरेको रसुवा भ्रमणबाट उपकरण जडानमा ठुलो मद्दत पुगेको छ ।

उपकरण जडानअन्तर्गत साञ्जेनको जिम्मा पाएको दोङ्फाङ चिनियाँ र रसुवागढीको जिम्मा लिने भारतीय कम्पनी भोइथलाई कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै कारबाहीको सङ्केत दिएपछि आवश्यक जनशक्ति कार्यस्थलमा छिट्टै फर्केको प्राविधिकहरूले बताएका छन् ।

सन् २०१३ बाट सुरु भएको साञ्जेन जलविद्युत् आयोजनामा पटक–पटक प्रमुख फेरबदल भइरहनु, सुरुङ निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनीप्रति निरन्तररूपमा लगनशील गराउन नसक्नुजस्ता कारण निर्माणमा ढिलाइ भएको र आयोजनाले पुँजीबापत लिएका ऋणको ब्याजसमेत बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

यस्तै टिमुरे र थुमनको आधार इलाकामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादनका उपकरण जडान भइरहेको छ ।

एक वर्षभित्र उपकरण जडान गरी विद्युत् उत्पादन गराउने अठोटका साथ तीव्ररूपमा काम भइरहेको हो । कामको जिम्मा पाएको भारतीय भोइथ कम्पनीले दैनिक ५० भन्दा बढी दक्ष कामदारबाट काम अगाडि बढाइरहेको सो आयोजनाले जनाएको छ ।

विसं २०६० मा पहिलो पटक २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना निर्माण गरेपश्चात् प्राप्त अनुभवका आधारमा ती प्राविधिकले साञ्जेन र रसुवागढी क्षेत्रलाई अध्ययन गरी विद्युत् प्राधिकरणका प्राविधिक अगाडि बढेका बताइएको छ । साञ्जेनतर्फका दुई विद्युत् गृह खुला स्थानमा छ भने रसुवागढीको सम्पूर्ण संरचना भूमिगतरूपमा रहेको छ ।

कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषको ऋणबाट ब्याजसमेत रु दुई अर्ब ६४ करोडको लागतमा पहिलो चरणअन्तर्गत २० मेगावाट क्षमतामा उत्पादित बिजुली तत्कालीन समयमा कुलमान घिसिङ चिलिमे कम्पनीको प्रबन्ध निर्देशक हुँदा दुई मेगावाटको स्तर वृद्धि गराइ २२ मेगावाट क्षमतामा कायम गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

चिलिमेको संरचना भूमिगत भएको छ । भूमिगत संरचनाबाट निर्माण गर्दा बाढी, पहिरो, भूक्षय, चट्याङ तथा भूकम्पले कुनै असर नगर्ने प्रमाणित भइसकेको छ । विसं २०७२ को भूकम्पले असर नगरेको प्राविधिकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस