१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनएको विवाद समाधानतर्फ : संयुक्त पत्रकार सम्मेलन

अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ ।

अध्यक्षका प्रत्याशी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । एनआरएनएको १० औँ विश्व सम्मेलन यही चैत १० र ११ गते चुनावी प्रक्रिया टुङ्गिएपछि हुनेछ ।

संस्थाका पूर्व अध्यक्ष र विभिन्न पदाधिकारीहरुको प्रयासमा दुवै पक्षबीच सहमति कायम भएपछि आज संयुक्त पत्रकार सम्मेलन गरी एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए ।

तीनै जनाले संस्थालाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाए । एनआरएनएभित्र सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको सो अवसरमा जानकारी दिइयो ।

सो अवसरमा अध्यक्षका उम्मेदवार आचार्यले एनआरएनए हामी सबैको साझा आस्था, विश्वास र अभियान भएकाले यसलाई निरन्तरता दिन सहमतिको विकल्प नभएको बताउँदै संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भई एउटा निचोडमा पुगिएको बताए ।

उनले संस्थालाई सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक सङ्कल्प गर्न आवश्यक भएको उल्लेख गर्दै यो सहमति त्यही भावनाअनुरुप संस्था बचाउने उद्देश्यले भएकाले यसअघिका सबै समानान्तर कार्यलाई स्थगित गर्ने सहमति भएको जानकारी दिए ।

अध्यक्षका प्रत्याशी बद्री केसीले सङ्घको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट सङ्घको नेतृत्व गर्ने सहमति भएको बताए । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उनले बताए ।

अहिलेको विशेष र असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर सङ्घको एकतालाई अक्षुण्ण राख्नका लागि सहमतिको आधारमा दशौँ महाधिवेशन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

यस्तै अध्यक्षका अर्का प्रत्याशी रविना थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढ्नुपर्ने बताए । एनआरएनएमा आगामी अधिवेशनको प्रतिनिधि छनोटमा विवाद हुँदा केही समयदेखि विवाद रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस