११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८,१७० जना कर्मचारी र पदाधिकारी बुझाएनन् सम्पत्ति विवरण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७७-०७८ मा १८ हजार एक सय ७० जना पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।

केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले ६ लाख ९६ हजार ६ सय २४ जनाको तथ्याङ्क प्राप्त भएकामा सम्पत्ति विवरण बुझाउने पदाधिकारी तथा कर्मचारीको सङ्ख्या ६ लाख ८१ हजार दुई सय १५ जना रहेको जानकारी दिँदै १५ हजार चार सय ९ जनाले भने विवरण नबुझाएको बताए ।

केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा सम्पत्ति विवरण बुझाउने कर्मचारी तथा पदाधिकारीको सङ्ख्या ६ लाख ५० हजार एक सय २८ जना र नबुझाउनेको सङ्ख्या १८ हजार एक सय ७० जना थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७–७८ मा थप ३१ हजार ०८७ जनाले सम्पत्ति विवरण बुझाएको पाइएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७-७८ मा सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सम्पत्ति विवरण पेस नभएको केन्द्रले जनाएको छ । सम्पत्ति विवरण पेस नगर्ने कर्मचारीको सङ्ख्या मध्ये निजामती तर्फ २ हजार ४८४, नेपाल प्रहरी (सशस्त्र प्रहरी बल, नेपाल समेत) तर्फ ३०, विद्यालय शिक्षक ५ हजार ०१६, अन्य (राजनीतिक नियुक्ति तथा करारतर्फ) २ हजार २६७, प्रदेशका ५७४ र स्थानीय तहका ५,०३८ रहेको सचिव तिवारी बताएका छन् ।

केन्द्रले आर्थिक वर्ष २०७६-७७ को सम्पत्ति विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिबाट कानुन बमोजिम २ करोड ३३ लाख रुपैयाँ असुल गरिएको र यो कार्य जारी रहेको केन्द्रले जनाएको छ ।

सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) बमोजिम सुरु नियुक्तिको साठी दिनभित्र र हरेक आर्थिक वर्ष कानुन बमोजिम आफ्नो सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको छ । सोही ऐनको दफा ३८ तथा राष्ट्रिय सतर्कता केन्द्र ९कार्य सञ्चालन० नियमावली बमोजिम केन्द्रले अनुगमन गर्ने व्यवस्था रहेको छ । तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई कारबाही गर्ने प्रयोजनको लागि केन्द्रले आयोगमा प्रतिवेदन बुझाएको हो ।

उक्त अवसरमा प्रतिवेदन ग्रहण गर्दै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ऐनद्वारा तोकिएको जिम्मेवारी पूरा गरी समयमै प्रतिवेदन पेस गरेकोमा राष्ट्रिय सतर्कता केन्द्रलाई धन्यवाद दिए ।

राष्ट्रिय सतर्कता केन्द्रले पेस गरेको प्रतिवेदन अनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरू तर्फ नेपाल सरकारका विभिन्न निकायका विशिष्ट श्रेणीका कर्मचारीदेखि कार्यालय सहयोगीहरू सम्म तथा पदाधिकारीहरू तर्फ प्रमुख–उपप्रमुख देखि गाउँ–नगर सभा सदस्यहरू सम्म रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।

कार्यक्रममा आयोगका आयुक्त किशोरकुमार सिलवाल, जयबहादुर चन्द, आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य, आयोगका महाशाखा प्रमुखहरू, केन्द्रका सहसचिवहरू तथा आयोग एवम् केन्द्रका कर्मचारीहरूको उपस्थितिसमेत रहेको थियो।

प्रतिक्रिया दिनुहोस