१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ नागरिकता विधेयक संसदमा दर्ता, अब वैवाहिक अङ्गीकृत नागरिकता पाउन ७ वर्ष कुर्नु नपर्ने 

अ+ अ-

काठमाडौँ । सरकारले नागरिकता ऐन माथिको नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।

शुक्रबार दिउँसो प्रतिनिधि सभाबाट २०७५ सालमा संसदमा पेस भएको नागरिकतासम्बन्धी ऐन माथिको संशोधन विधेयक फिर्ता लिएको सरकारले राती नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएको हो।

संसद सचिवालयमा दर्ता गराइएको नागरिकतासम्बन्धी ऐनको संशोधन विधेयक २०७९ ले नेपाली नागरिकसँग विवाहलगत्तै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था माथि संशोधन नगर्ने भएको छ।

२०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो। सरकारले अहिले ल्याएको संशोधनमा २०७५ को व्यवस्था हटाइएको छ। नागरिकता ऐनको दफा ५ को व्यवस्थामा संशोधनको प्रस्ताव गरिएको छैन।

नागरिकता ऐन २०६३ मा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले अङ्गीकृत नागरिकता प्राप्त गर्न विदेशमा प्राप्त गरेको नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था छ। संसदमा पेस भएको विधेयक हुबहु पास भए अङ्गीकृत नागरिकता प्राप्तिमा समय सीमा हुनेछैन।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न विवाहपछि नेपालमा लगातार ७ वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गर्दै संसदमा विधेयक संशोधन गरेर पठाएको थियो।

सरकारले नयाँ विधेयकमा संविधान जारी हुँदाका बखत २०७२ असोज ३ गतेसम्म जन्मको आधारमा  नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। संविधानअनुसार नै यो व्यवस्था २०७५ सालमा पेस भएको संशोधन, राज्य व्यवस्था समितिको प्रतिवेदन, केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशमा समेत परेको थियो।

बाबु र आमाले जन्मको आधारमा नागरिकता प्राप्त गरेको भए पनि छोराछोरीले नागरिकता नपाउँदा उनीहरू सडकमा उत्रिएर विरोधका लागि बाध्य भएका थिए। नागरिकता विहीनहरूले कानुनको अभावमा नागरिकता नपाएको भन्दै माइतीघरमा आन्दोलन समेत गरेका थिए।

सरकारले नयाँ विधेयकमार्फत गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्थासमेत गरेको छ। अब विदेशी मुलुकमा नागरिकता प्राप्त गरेका र निजका आमा-बाबु, बाबु-बज्यै  नेपाली नागरिक भएमा त्यस्तो व्यक्तिले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने भएको छ। यस्तो नागरिकता सार्क मुलुकका सदस्य राष्ट्रमा बसोबास गर्ने नेपालीका सन्तानले पाउने छैनन्।

विधेयक हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस