१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोधिचित्त फलको विवाद अझै मिलेन

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रुखमा फलेको बोधिचित्त फलको विवाद अझै मिल्न सकेको छैन ।

जिल्ला प्रसासन कार्यालय, धुलिखेल र जिल्ला प्रहरी कार्यालयमा भएको पटक पटकको छलफल निष्कर्ष विहीन भएको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिङ्खडाले बोधिचित्तको बोटधनी ठगुरानी तामाङलाई पहिले जुन पक्षसँग सम्झौता भएको हो त्यही पक्षलाई नै बोटको फल दिन निर्देशन दिएको बताए ।

“मैले यो विवाद अझै लम्बिए यसलाई सरकारीकरण गरेर रुख नै काटनसक्ने सम्भावना पनि छ भनेको छु,” प्रजिअ सिम्ङखडाले भने । तामाङले दुवै पक्षसँग सम्झौता गरेर कमजोरी गरेको उनको भनाइ थियो । दुवै पक्षसँगको सम्झौतासँगै अर्को पक्षले बैंक खातामा रकम राखेको भौचर समेत देखाएको बताए ।

टिपेको फलमा तीनवटै पक्षले आफनो भएको दावी गरेपछि प्रहरीले करिब चार पोका बोधिचित्तको फल दुई दिनअघि नियन्त्रणमा लिएको थियो । बोटधनी तामाङलाई सबैभन्दा पहिले ८० लाख दिएर सत्यमान लामाले सो बोट किनेका थिए । प्रहरीले नियन्त्रणमा लिएको सो फल अव धेरै दिनसम्म राखे कुहिने र ढुसी लाग्न सक्ने देखिएको छ ।

रोशी गाउँपालिकास्थित नागबेलीमा एक करोडभन्दा बढी पर्ने बोधिचित्तको रुख तीनजना व्यापारीसँग फरक÷फरक मूल्यमा बेचेपछि फल कस्को हो भन्ने विषयमा विवाद भएको हो । रोशी गाउँपालिकामा आम्दानीको दरिलो स्रोत मानिने बोधिचित्तको माला नेपालबाहेक बौद्ध धर्मावलम्बीका लागि विदेश पैठारी हुने गर्छ ।

पछिल्लो समय बोटमा नै कारोबार हुन थालेपछि यसको व्यापार गर्नेलाई सास्ती हुन थालेको छ । करोडौँको मूल्यमा कारोबार हुने बोधिचित्तको मालाका लागि केही वर्षदेखि सुरक्षा माग भए बमोजिम प्रहरीले समेत सुरक्षा प्रदान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस