१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेसुङ्गा क्याम्पसले ९ जना शिक्षक र कर्मचारी हटाउने, आर्थिक सङ्कटको घोषणा

अ+ अ-

गुल्मी । आर्थिक सङ्कटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने भएको छ ।

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै ३० साउनको सञ्चालक समिति बैठकले आर्थिक सङ्कटकालको घोषणा गरेको थियो ।

क्याम्पसले शिक्षक र कर्मचारी गरी ९ जना कटौती गर्ने भएको हो । सञ्चालक समितिले शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाशमा जान भनेको छ । क्याम्पसका शिक्षक र कर्मचारीले ०७८ चैतदेखि ०७९ असार मसान्तसम्मको तलब पाएका छैनन् । उनीहरूलाई तलब भत्ताबापत एक करोड ३५ लाख रुपैयाँ दिन बाँकी रहेको छ ।

क्याम्पसलाई मासिक ८ लाख रुपैयाँ ऋण लागेपछि आर्थिक सङ्कटकाल घोषणा गरी शिक्षक र कर्मचारी कटौतीको निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

क्याम्पसमा अहिले विद्यार्थीबाट वार्षिक रूपमा हुने आम्दानी भन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झण्डै दोब्बर खर्च हुने गरेको छ । सञ्चालक समितिका अध्यक्ष भलामीका अनुसार विद्यार्थीको संख्यामा कमी हुँदा आम्दानीको स्रोत घटेको छ । जसका कारण हरेक वर्ष झण्डै डेढ करोड रुपैयाँ भन्दा बढी ऋण थपिँदै गएको छ ।

प्राध्यापक र कर्मचारी कटौतीपछि आर्थिक सङ्कटकाल फुकुवा हुनेछ । क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

२०३९ सालमा स्थापना भएको क्याम्पसले विगत ४० वर्षदेखि उच्च शिक्षा प्रदान गर्दै आएको छ । तर क्याम्पसमा आर्थिक सङ्कटकाल घोषणा भए लगत्तै पछिल्लो समय चारैतिर आलोचना भइरहेको छ । आर्थिक समस्याको निरूपणको लागि सञ्चालक समितिले स्रोत व्यवस्थापन गरिरहेको छ ।

हाल क्याम्पसमा ४१ जना प्राध्यापक कर्मचारी रहेका छन् । ७ वटा भवन रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको ६५ रोपनी जग्गा रहेको छ ।

प्रतिक्रिया दिनुहोस