१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जस्थीत कृषि औजार कारखाना सञ्चालन प्रक्रिया सुरु

अ+ अ-

काठमाडौँ ।  ३० वर्षदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको प्रक्रिया सुरु भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव नवराज ढुङ्गाना अध्यक्ष रहेको कारखाना सञ्चालक समितिको ६ कात्तिकमा वीरगञ्जमा बसेको बैठकले कारखाना सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।

कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत सम्भार गर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति आवश्यक लागत अध्ययन गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय बैठकले गरेको अर्थ मन्त्रालयका सह सचिव एवं वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुङ्गानाले जानकारी दिए ।

एक वर्ष भित्र कारखानाबाट कृषि सामाग्री उत्पादन गर्न सुरु हुने दाबी उनको छ ।

असोज ११ गते नै सरकारले कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइसकेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पनि एक वर्ष भित्रमा ८र१० वटा औजार बनाउन थाल्नेगरि काम अघि बढेको बताए ।

३० वर्षसम्म थन्किएर बसेको कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने उनले बताए ।

नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले सोभियत सङ्घ सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखानाको स्थापना भएको थियो ।

कारखानाले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर राखेर कृषि औजार र यन्त्रहरू आपूर्ति  गर्थ्यो। वायुसेवा निगम, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, दुग्ध विकास संस्थान लगायतले पनि आफूलाई आवश्यक समान यहीँ बनाउँथे ।

तर ०४६ सालमा बहुदल आएपछि राजनीति परिवर्तनको सिकार यो कारखाना बन्न पुग्यो । २०५९ देखि कारखानादेखि नै सञ्चालनमा आउन सकेको छैन । उत्पादकत्व बढाउन एवं कारखानालाई नाफामा सञ्चालन गर्न सरकारी उद्योगलाई निजीकरण गर्ने योजना अनुरूप २०५४ सालमा कारखाना निजीकरणमा गयो । कारखानाको ६५ प्रतिशत शेयर बिक्री गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस