१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बा ! यो कुन वाद हो ?

अ+ अ-

मलाई यो दुनियाँ देखाउने र चिनाउने मेरा बा हुन् । त्यसैले लाग्छ मेरो बाले आफूलाई बाहेक सबैलाई चिनेका छन् र आफ्नो खुसी बिर्सेर पनि सब थोक जानेका छन् । अरूले मूर्तिलाई भगवान् ठान्छन् मैले त मेरा बा लाई भगवान् मान्छु। भगवानसँग कहिलेकाहीँ आफ्नो क्षमता भन्दा बढी अपेक्षा गरियो भने आफूसँग भएको पनि खोसिदिन्छन् कि भन्ने डर लाग्छ। आफैभित्रका अनुत्तरित प्रश्नले अवाक् छु र त धेरै दिनदेखि अनवरत रूपमा मेरो मथिङ्गल बेसुरमाविमर्श गरिरहेको छ। मलाई सर्वव्यापी र सब थोक ज्ञाता मेरा बासँग खोज्न मन छ अनुक्रम नमिलेका प्रश्नको जवाफ।

मुलुकमा चुनावी रौनक छ। परिवर्तन चाहियो, विकास चाहियो, समृद्धि चाहियो भन्नेहरूको हिस्सा भन्दा ठुलो जमात दैनिक रोजीरोटीका लागि भौँतारिरहेका छ। जसलाई शासन सञ्चालनका सैद्धान्तिक बहस वा गुनासो प्रति कुनै सरोकार छैन तर आफूलाई सुविधा चाहियो भनेका छन्। भलै सुविधाका व्याख्या फरक फरक होलान्। तिनै जनता जो अहिले राजनीतिक दलका कार्यकर्ता वा उम्मेद्‍वारहरूका समर्थकको रूपमा विभिन्न पहिचानमा देखिनछन्।

राजनीतिक दलका घोषणापत्र/प्रतिवद्धता पत्र/सङ्कल्प वा अन्य कुनै नाममा प्रकाशित दस्ताबेजहरूमा आफ्नो गुणगान र विपक्षीलाई आरोप मात्र रहेको भन्ने विश्लेषणले सामाजिक सञ्जालमा स्थान जमाएकै छन्। नयाँ चुनावमा पुरानै एजेन्डाको झल्को पनि नदेखिएको कहाँ छ र? युवाको मानक विचार की उमेर ? ईमान्दारिता र नैतिकवानको मानक दलीय संलग्नता की स्वतन्त्र? समृद्धिको बाधक शासन व्यवस्था की शासकीय प्रवृत्ति? स्वस्तिक छापको रोजाइ चिन्हधारी पात्र की दूरदर्शी सोच? ..यस्तै अनेकौँ प्रश्नका पक्ष र विपक्षका वकालतले पनि चिया गफमा रोचकता थपेकै छन्।मेरो मनमा राज्यको यस्तो चित्र छचल्किरहेको छ जहाँ अगाडि व्याख्या गरिएको चरित्र र प्रवृत्तिले राज गरिरहेको हुन्छ । बा! त्यो कस्तो राज्य हो?

नेता त्यस्तो मान्छे हुन्छ, जसले नीति र नैतिकता जानेको र बुझेको हुन्छ। व्यक्तिको क्षमता, कौशलता तथा व्यावसायिकता जस्ता विषयहरू नेताका योग्यताको रूपमा चिनिन्छन् । आफ्नो क्षमता र योग्यतामा व्यावसायिकता भेटाउँछ। उसका लागि आफ्ना र आफन्त भनेका राज्यका सबै नागरिक नै हुन्छन् । राष्ट्र हित र नागरिक हित प्राथमिकताको विषय पर्दछ । राजनीतिक दलको सिद्धान्तको नारा भजाउन होइन विकासको गन्तव्य सहितको खाँका बोकेर मतदाताकोमा पुग्दछ । राजनीति उसको पेसा वा व्यवसाय होइन मर्यादा र आस्थाको सेवा हुन्छ। गलामा माला र शिरमा सम्मानको पगरी गुथेर होइन काँधमा राज्यको जिम्मेवारी र कर्मको प्रतिफलमा सम्मान देखेर आफ्नो निष्ठा र ईमान्दारिताको लगानी गर्छ ।

जनताको चुल्होमा आगो बाल्न र किसानको खेतबारीमा खेती लगाउन होइन। चुल्हो बाल्ने सीप र चुल्होमा पकाउने खजाना सहितको फसल जनताको दैलोमा पुर्‍याउन सक्ने अवसरको सिर्जना गर्दछ। नेतृत्वमा राखिराख्ने जनताको चाहना हुँदा हुँदै अझै सबल र सक्षम नेतृत्व सीप विकास गरी जिम्मेवारी हस्तान्तरण गर्दछ र आफू पुन जनता बन्न आई पुग्छ। राज्यको शक्ति भूगोल, जनता, सार्वभौमिकता तथा अन्तर्राष्ट्रिय पहिचान हो भन्ने त बुझेको हुन्छ नै । यो सँगै नीतिवान् नेतृत्व, कुल गार्हस्थ्य उत्पादन, क्रय शक्ति, मुद्रा, आन्तरिक उत्पादन, प्रविधि, सीप, मौलिक कला र संस्कृति लगायतका विषय राज्यको शक्तिको रूपमा बुझेको हुन्छ ।

जनता सबै जनताकै रूपमा रहेको हुन्छन्, न कि कुनै दलको कार्यकर्ता मात्र। राम्रोलाई स्वीकार गरी नराम्रोलाई सुधार गर्न विरोध तथा सुझाव दिन सक्ने हुन्छन् । हरेक जनताको कर्तव्य तथा जिम्मेवारीमा समाज तथा राष्ट्र हित हुन्छ । शासनबाट प्राप्त लाभमा समन्यायिक पहुँच स्थापित गराउन हरेक तह र तप्कामा सहभागिता जनाउँछ । राज्यद्वारा जनताका लागि भनिएका हरेक कार्यक्रममा अपनत्व र स्वामित्व अनुभूत गर्न सक्छ । राज्यसँग जन्मसिद्ध र कर तिरे बापतको सुविधा के हो भनेर अधिकारको लागि मात्र वकालत गरिरहँदैन । राष्ट्रियताको परिधानमा सजिएको उच्च शिर सहितको पहिचान स्थापित गरिदिएको मेरो देशको लागि केही गर्नुपर्छ भनेर हमेसा प्रतिबद्ध हुन्छ।

राष्ट्रसेवक र तिनीहरूमार्फत प्रवाह हुने सार्वजनिक सेवाले राज्यको मुहार झल्काउँछ । राष्ट्रसेवकको परिभाषा भित्र समेटिएकोमा सबैले गर्व महसुस गर्छन्। जिम्मेवारीको बाँडफाँडमा सहजताका लागि विभिन्न पद वा समूहगत विभाजन हुन्छ न कि कुनै विभेदपूर्ण लाभ वितरणका लागि । जुनसुकै तह वा तप्कामा रहेर पनि राज्यले सुम्पिएको जिम्मेवारीले सिर्जना गरेको कर्तव्य पुरा गर्न सधैँ खरो उत्रिन्छन् । सबैले प्राप्त जिम्मेवारीमा स्रोत साधनको उपयोग गर्न कार्यको स्वतन्त्रता तथा अधिकारको स्वायत्तता प्राप्त गरेका हुन्छन् तथापि नतिजा मापनका न्यूनतम सूचकहरू भने स्थापित हुन्छन् ।

क्षमता र नतिजाका आधारमा जिम्मेवारीको मूल्याङ्कन हुन्छ र न्यूनतम पारिश्रमिकमा थप सुविधा समेत जोडिएको हुन्छ । आफ्नो श्रम, सीप, क्षमताको पूर्ण उपयोग गरी राज्यले तोकिएको जिम्मेवारीमा तल्लीन राष्ट्रसेवक तथा निजसँग आश्रित परिवारको सामाजिक सुरक्षाका लागि राज्य जिम्मेवार हुन्छ । न्यूनतम आवश्यकता पुरा गर्नकै लागि राष्ट्रसेवकले अन्य वैकल्पिक उपायहरू अवलम्बन गरेर आफ्नो जिम्मेवारी प्रति न्याय गर्न नसक्ने अवस्था सिर्जना हुने कुरामा राज्य सधैँ चनाखो देखिन्छ । सदाचार र नैतिकता, पारदर्शिता र जबाफदेहिता, अनुशासन र आचारसंहिता जस्ता विषयहरू पाठ्यक्रम सजाउनका लागि होइन मानवीय व्यवहार रूपान्तरणका सर्व स्वीकार्य मान्यताको रूपमा अनुभूत हुन्छन्।

नैतिक शिक्षा परिवार र समाजले सिकाउँछ भने आधुनिक सीप र उद्यमशीलता औपचारिक शिक्षाले । रैथाने मौलिक सीप तथा आधुनिक प्रविधिको उचित संयोजनले उत्पादनलाई व्यावसायिक बनाउँछ। पूर्वाधार विकास राज्यको प्राथमिक दायित्व र सो को उपयोग र संरक्षणमा नागरिकको अग्राधिकार रहेको हुन्छ । विकासका हरेक आयामहरूमा राज्यको समृद्धि र नागरिकको खुसी जोडिएको हुन्छ ।

निजी क्षेत्र राज्यको न त आदेश पालक न त नियन्त्रक नै, बरु यो त राज्यको सहयात्रीको रूपमा रहन्छ । उत्पादन र गुणस्तर तथा अनुसन्धान र विकासमा प्रतिस्पर्धी देखिन्छ ।सामाजिक उत्तरदायित्व र जिम्मेवारीको दायित्वबोध गरेको हुन्छ । राज्यका नीति नियमको पालना गर्ने र रचनात्मक सुझाव दिने लगायतका कर्तव्यहरू आधारभूत मान्यताको रूपमा अङ्गीकार गरेको हुन्छ। उद्यमशील र सम्मानजनक रोजगारीको माध्यमबाट हरेक झुपडीका व्यक्तिसँग साइनो जोडेको हुन्छ । रोजगारदाता र श्रमिक एक अर्काप्रति विश्वस्त देखिनछन् जहाँ रोजगारदाताले हरेक श्रमिकमा विश्वास र ईमान्दारिता भेटाउँछ भने श्रमिकले आफू र आफूमा आश्रित परिवारको मर्यादित जीवन सहितको सुनिश्चित भविष्य। निजी क्षेत्र राज्यभित्र उपलब्ध स्रोत साधनको दिगो उपयोग गर्दै उत्पादनमूलक व्यवसाय तथा निर्यातमुखी बजारको माध्यमबाट मुलुकको अर्थतन्त्रको खम्बाको रूपमा रहन्छन् ।

जनताको गाँस, वास, कपास, शिक्षा तथा स्वास्थ्य लगायतका आधारभूत सुविधाका लागि राज्य जिम्मेवार हुन्छ। आधारभूत आवश्यकताको लागि कहिल्यै कसैसँग हात थाप्नु पर्दैन । राष्ट्र हित र व्यक्ति हित एक अर्कामा अन्तर निर्भर देखिनछन् । जुनसुकै क्षेत्र प्राथमिकतामा पर्दा पनि यी दुवैको कल्याण र हित हुन्छ ।विरोध र गुनासोका ध्वनि होइन सद्भाव, स्वाभिमान, र वीरताका गाथा गुन्जिन्छन् ।

यी बाहेकका पात्रहरूको पनि कार्यसूचीको लामो फेहरिस्त हुन्छ तर लक्ष्य र गन्तव्य राज्यकै लक्ष्य अनुरूप हुन्छन् । फरक पहिचानमा एउटै गन्तव्य बोकेर राज्यप्रतिको आफ्नो जिम्मेवारी केन्द्रित भूमिका निर्वाह गरिरहेका देखिनछन् । सेवाको उत्पादनमा विविधता सहित वितरण प्रणालीमा प्रतिस्पर्धा हुन्छ तर लाभको बाँडफाँडमा समतामूलक न्याय भेटिन्छ । वैश्विक परिदृश्यमा राज्यको उच्च र अटल पहिचान अमेट बनेर रहिरहेको हुन्छ ।

जनताको प्रतिनिधिको रूपमा सरकार रहन्छ। राज्यले शासकीय क्रियाकलापमा जनसहभागिता, पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता प्रवर्द्धन गर्दछ। राज्यबाहेकका क्षेत्रबाट सञ्चालित शासकीय गतिविधिमा नियामक तथा सहजकर्ताको रूपमा उपस्थिति देखाउँछ ।जनतालाई मुलुकको  राष्ट्रियता प्रतिको गौरव, अन्तर्राष्ट्रिय पहिचान र सार्वभौमिकताको वास्तविक मर्मको अनुभूत गराउँछ । समृद्धि रेडिमेड भाषण बोकेको चिल्लो गाडीमा हिँड्ने महलको नेताले मात्र होइन स्वाभिमान बोकेको झुपडीको हरेक नागरिकले सगौरव ֞मेरो देश, मेरो राष्ट्रियता र मेरो खुसी֞को महसुस गर्न सक्छ ।

अव मलाई भनिदिनुहोस्,बा ! यो कुन वाद हो ?

प्रतिक्रिया दिनुहोस