९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील

अ+ अ-

सिमकोट । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।

जिल्लाका सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले समग्र वस्तुुस्थिति मूल्याङ्कन गर्दा ती मतदानस्थललाई सुरक्षा अतिसंवेदनशील र सवेदनशील ठहर गरेको हो ।

अतिसंवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा पाँच वटा, सिमकोटमा चार वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङखेलीमा चार वटा, अदानचुलीमा एक वटा र ताँजाकोटमा चार वटा छन् । अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको हो । मतदान कार्यका लागि सुरक्षाकर्मी पनि सोही अनुसार खटाइने छ । त्यसैगरी समितिले २२ वटा मतादनस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेको छ ।

संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुसार नाम्खामा तीन वटा, सिमकोटमा दुई वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङखेलीमा चार वटा, अदानचुलीमा पाँच वटा र ताँजाकोटमा दुई वटा रहेका छन् । जिल्लाका १२ वटा मतदानस्थललाई भने सामान्य रुपमा वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस