१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् सुदूरपश्चिममा मुख्यमन्त्रीका दाबेदार, कसको सम्भावना कति ? 

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिममा प्रदेश सभाका ३२ क्षेत्रमध्ये ३० क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना पूरा हुँदा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत पुग्ने देखिएको छ। ३० मध्ये २१ क्षेत्रमा गठबन्धनले जित हासिल गरेको छ। 

बाजुरामा भने पुनः मतदान भएपछि मतगणना सुरु भएको छैन। समानुपातिकमा हालसम्म गणना भएको मत संख्या हेर्दा समानुपातिकतर्फको समेत जोडेर गठबन्धनको सजिलै बहुमत पुग्ने देखिन्छ। यद्यपि, अब केन्द्रमा कस्तो राजनीतिक समीकरण बन्छ, त्यही आधारमा प्रदेशमा पनि समीकरण बन्नेछ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ मत आवश्यक पर्छ। अहिले प्रत्यक्षतर्फ काँग्रेसले ११, माओवादीले आठ र एकीकृत समाजवादीले दुईवटा क्षेत्रमा जित हासिल गरेका छन्। 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पाँच र एमालेले तीन र एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। प्रदेश सभामा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिकबाट चयन हुनेछन्।

माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीका प्रवल दाबेदार हुन्। डडेल्धुराबाट निर्वाचित भट्टलाई मुख्यमन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन्। डडेल्धुरामा भएका गठबन्धनका चुनावी सभामै देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने प्रतिबद्धता जनाउँदै उनलाई विजयी गराएर पठाउन आग्रह गरेका थिए।

भट्ट ०६४, ०७० र ०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा डडेल्धुरामा प्रधानमन्त्री देउवासँगै पराजित भएका थिए। सत्तागठबन्धनमा भट्टलाई मुख्यमन्त्री बनाउने सहमति भएरै उनलाई प्रदेशमा चुनाव लडाइएको बताइएको छ। केन्द्रमा गठबन्धन बनेर मुख्यमन्त्री माओवादीले पाउने सहमति भए भट्ट निर्विकल्प जस्तै छन्। 

यसअघि कुनै पनि सार्वजनिक लाभको पदमा नरहेका भट्ट माओवादी केन्द्रको स्थायी समिति सदस्य हुन्। प्रत्यक्षमा आठ सिट जितेको माओवादीले समानुपातिकमा तीनदेखि चार सिट जित्ने सम्भावना छ।

काँग्रेसबाट बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाश देउवालगायत मुख्यमन्त्रीका आकाङ्क्षी छन्। संविधानसभा सदस्य रहिसकेका थापा र विष्ट काँग्रेसका पुराना नेता हुन्। ०३२ सालमा नेविसंघबाट राजनीतिमा होमिएका थापा ०७० मा भएको संविधानसभा दोस्रो निर्वाचनमा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए। त्यसअघि ०६४ मा संविधानसभा सदस्यमा पराजित थापाले ०७४ मा पनि प्रदेश सभा सदस्यमा पराजय भोग्नुपर्‍यो। 

दोस्रो पटकको प्रयासमा प्रदेश सभा सदस्यमा विजयी बनेका उनी काँग्रेसबाट मुख्यमन्त्रीका बलिया दाबेदार हुन्। कञ्चनपुरमा यसअघि लगातार तीन कार्यकाल पार्टीको जिल्ला सभापति रहेका उनी गत वर्ष भएको अधिवेशनमा भने जिल्ला सभापतिमा पराजित भएका थिए। उनी यसपटक क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएका छन्।

संविधानसभा सदस्य रहिसकेका विष्ट पनि मुख्यमन्त्रीका प्रवल दाबेदार हुन्। साढे चार दशकदेखि काँग्रेस राजनीतिमा सक्रिय विष्टले ०७० सालमा कञ्चनपुर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदीय यात्रा तय गरेका थिए। 

०७४ मा भने यही क्षेत्रबाट उनी पराजित बने। विष्ट हाल काँग्रेसको महाधिवेशन प्रतिनिधि रहेका छन्। गत वर्ष भएको नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा विष्ट केन्द्रीय सदस्यमा पराजित भएका थिए। 

०६३ सालमा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको पुनर्स्थापना लागि आरक्षपीडित आयोगको अध्यक्ष भएर उनले काम गरेका छन् । यसपालि उनी क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा २ बाट निर्वाचित काँग्रेसका युवा नेता देउवा पनि मुख्यमन्त्रीका आकाङ्क्षी छन्। उनीनिकट काँग्रेस कार्यकर्ताले उनलाई भावी मुख्यमन्त्रीका रूपमा प्रचार थालेका छन्। प्रधानमन्त्री देउवाका भतिजा प्रकाश पार्टीको महाधिवेशन प्रतिनिधि हुन्। काँग्रेसले समानुपातिकमा छ देखि आठ सिट पाउने सम्भावना छ। 

समानुपातिकतर्फ सात-आठ सिट पाउने देखिएको एमालेमा प्रत्यक्षतर्फ तीनजना मात्रै निर्वाचित भएका छन्। एमालेबाट मुख्यमन्त्रीका दाबेदार पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल तथा लालबहादुर थापा र पठानसिंह बोहरा भने पराजित भएका छन्।

प्रतिक्रिया दिनुहोस