१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा किसानहरु अलैँची खेतीलाई व्यवसायी रूपमा गर्दै

अ+ अ-

डोटी । डोटी जिल्लामा पछिल्लो समयमा किसानहरू अलैँची खेतीलाई व्यवसायी रूपमा गर्दै आईरहेका छन् ।

अलैँची खेतीको लागि उच्च सम्भावना रहेकोले डोटीका बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकाका केही किसानहरू अलैँची खेतीलाई व्यवसायी रूपमा अघि बढाएको पाइन्छ । हावापानि र जमिनको भूबनोट अनुसार अलैँची राम्रो उत्पादन हुने गरेको जोरायल गाउँपालिका ७ का कृषक राम बहादुर बोहराले बताए । उनी भन्छन् अलैँची खेति सुरुवातमा थोरैबाट सुरु गरेको थिए, हाल दुई हजार भन्दा बढी बोटाहरु छन् । आम्दानीको राम्रो श्रोत बनेको छ । खेतिलाई ब्यवसायीक रुपमा अघाडी बढाईरहेको समेत बोहराले बताए ।

बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीका केही किसानहरू पनि अलैँची खेतीलाई व्यवसायी रूपमा अगाडी बढाईरहेका छन् ।

अलैँची खेती गर्दा छोराछोरीलाई पढाउन, लेखाउनमा सहयोग हुनका साथै घर खर्च धान्न पनि सहयोग पुगेको बताउँछन् बडीकेदार ४ का कृषक घन बहादुर मौनी । उनी भन्छन् अलैँची निकाल्ने समयमा मात्र अलि मेहनत गर्नुपर्छ अरू समयमा त कुनै दुख र मेहनत गर्नु पर्दैन । हाल उनले एक हजार भन्दा बढी बोटाहरु लगाउनुका साथै अलैँचीका बोटाहरु बिक्री वितरण गर्ने गरेको समेत बताए । गाउँघरको मूल्य अनुसार वार्षिक करिब ४०,५० हजार बराबरको बिक्री गर्ने गरेको समेत बताए ।

उनी मात्र होइनन् अलैँची खेतीलाई व्यवसायी रूपमा अगाडी बढाईरहेका वडीकेदार ४ का अर्का किसान भक्त जेठराले पनि अलैँची खेतीबाट फाइदा हुने गरेको बताए । उनी भन्छन् थोरै लगानी र थोरै मेहनतमा धेरै आम्दानी हुने खेतीको रूपमा अलैँची पर्ने गरेको समेत बताए । अलैँची खेतीलाई थप बिस्तार गरिरहेको समेत बताए । गत आर्थिक वर्षको समयमा बडीकेदार ४ का अधिकांश किसानहरूले कृर्षि ज्ञान केन्द्रको सहयोगमा अलैँचीका बोटाहरु लगाएका थिए ।

डोटी जिल्लामा अलैँची खेतीको राम्रो सम्भावना रहेको बताउछन् । कृर्षि ज्ञानकेन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरु । उनी भन्छन् डोटी जिल्ला खाद्यान्न बालिभन्दा फलफूलको राम्रो सम्भावना रहेको छ । त्यसमा पनि केही पालिकाहरू अअलैँची खेतीको लागि उच्च सम्भावना युक्त छन् । डोटी जिल्लामा अलैचि प्रवर्धन कार्यक्रम अन्तरगत पुर्बिचौकी, जोरायल, बडीकेदार र केआई सिंह गाउँपालिकामा सहयोग गरिरहेका समेत प्रमुख पनेरुले बताए ।

अलैँची खेतीका लागि हावापानीको हिसाबले मध्यम पहाडी जिल्लाहरूमा लगाउन उपयुक्त हुने भएकोले डोटी जिल्ला पनि सम्भावित जिल्ला अन्तर्गत पर्दछ । डोटीको पुर्बिचौकी, जोरायल, बडीकेदार र केआई सिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिका उच्च सम्भावना युक्त ठाउँ रहेकोले उक्त क्षेत्रका किसानहरूलाई व्यवसायी रूपमा अलैँची खेती गर्न प्रमुख पनेरुले आग्रह समेत गरेका छन्, कृषि ज्ञान केन्द्रले अलैचि व्यवसायी किसानहरूलाई सहयोग गर्ने समेत बताए ।

डोटी जिल्लामा अलैँची खेती ३ हेक्टर क्षेत्रफलमा गरिँदै आएको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ । जसमा १ मेट्रिक टन उत्पादन र ०.३ मेट्रिक टन उत्पादकत्व रहेको समेत ज्ञान केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस