११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार महिनामा भ्रष्टाचारका ४९४ उजुरी, सुशासन कायम गर्न सचिवहरुले दिए यस्तो सुझाव !

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चार महिनामा ४९४ भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी दर्ता भएको छ । सो अवधिमा दर्ता भएका उजुरीमध्ये १९० फर्छ्योट भइसकेको जानकारी गराइएको छ । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज यहाँ आयोजित अन्तर्क्रियामा त्यस्तो तथ्य जानकारी गराइएको हो ।

प्रस्तुत विवरणअनुसार सो अवधिमा बाराको १३२, पर्साको १२०, रौतहट ८८, मकवानपुर ८९, चितवन ४३, धादिङ १४, दोलखा तीन, रामेछाप र काभ्रेपलाञ्चोकको एक/एक र रसुवाको तीन उजुरी परेको छ भने नुवाकोटबाट कुनै उजुरी परेको छैन । 

गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको चार महिनाको कूल उजुरी सङ्ख्या ९६२ रहेको छ । यी उजुरीमध्ये २८१ वटा उजुरी फर्छ्योट भइसकेको प्रस्तुत विवरणमा उल्लेख गरिएको छ । 

उपलब्ध विवरणमा गैरकानुनी लाभका १२७, राजश्व हिनामिनाका २८, सार्वजनिक खरिद निर्माणका १५७, विविधतर्फ ८५, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी तीन र गैरकानुनी सम्पत्तीसम्बन्धी चार उजुरी रहेको कार्यालयका वरिष्ठ इन्जिनियर मोहदत्त भट्टले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोद भट्टराईले देशमा सुशासन कायम गर्न र आर्थिक अनियमितता रोक्नका लागि सरकारका सम्पूर्ण निकाय गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव शङ्कर पण्डितले आफ्नो मन्त्रालयअन्तर्गत २४५ वटा योजना भए पनि कर्मचारी समस्याले काम गर्न अप्ठ्यारो परेको बताउँदै दक्ष जनशक्तिको अभावमा विकास निर्माणको काम अगाडि बढाउन समस्या भएको गुनासो गरे । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले तीन तहका सरकारले आ-आफ्नोतर्फबाट सुशासन कायम गर्न इमान्दारीतासाथ लाग्नुपर्ने बताए । आयोगका हेटौँडा प्रमुख नरहरि घिमिरेले इमान्दारीता तथा न्यायपूर्वक काम गर्न सके भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस