८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावित क्षेत्रको आवश्यकता पहिचान गर्न प्राधिकरणको टोली डोटीमा

अ+ अ-

डोटी । कात्तिक २२ गते डोटी केन्द्र बिन्दु बनाएर गएको भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत तथ्याङ्क संकलन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली सोमबार डोटी पुगेको छ । 

भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण संकलन गर्नुका साथै स्थानीय प्राविधिकहरूलाई अभिमुखीकरण गर्न टोली डोटी पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताएकी छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प जाँदा तत्कालको समयमा गर्नुपर्ने आवश्यक राहत उद्धार लगायतका आवश्यक कार्य प्रभावकारी रूपमा सञ्चालन गरेको भएपनी पुननिमार्णको लागि प्राधिकरणको टोली डोटी पुगेको प्रजिअ श्रेष्ठले बताइन् । तत्कालै पुर्विचौकी गाउँपालिका ३ गैरागाउँमा अस्थायी टहरा निमार्णको काय गर्नको लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य अघि बढाएको समेत प्रजिअ श्रेष्ठले बताइन् ।

डोटी केन्द्र बिन्दु बनाएर गएको भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत तथ्याङ्क संकलन विश्लेषण गरी आवश्यकताको पहिचान गर्न स्थलगत रूपमा गई काम गर्न टोली डोटी पुगेको बि पद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप-सचिव ध्रुव खड्काले बताए ।

क्षतिको विवरण संकलन गर्न डोटी पुगेको टोलीले स्थानीय तहका प्राविधिकहरूलाई मङ्गलवार प्राविधिक सिपको बारेमा जानकारी गराई संयुक्त रूपमा छिटो छरितो ढङ्गले तथ्याङ्क संकलन गरिने उप सचिव खड्काले बताए । उनले भने विवरण संकलन गर्न स्थानीय सरकारले सहयोग गरेको अवस्थामा १०-१५ दिनमा काम सकिन्छ यदि स्थानीय तहले सहयोग गर्न नसकेको अवस्थामा १-२ महिना सम्म समय लाग्न सक्ने समेत बताए ।

विस्तृत अध्ययन पश्चात् तथ्याङ्क संकलन गरिसकेपछि मुल्यांकलनको आधारमा सहयोगको लागि सम्झौता गरिने प्राधिकरणले जनाएको छ । प्रभावितहरूलाई के कसरी, कति सहयोग गर्ने सन्दर्भमा नेपाल सरकारले कार्यविधि बनाइसकेको र पारित हुने तयारीमा रहेको समेत उप-सचिव खड्काले बताए ।

डोटी जिल्लाको तथ्याङ्क अनुसार डोटीमा करिब ५ हजार बराबर घरहरू पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको जानकारी अनुसार सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकामा र सबै भन्दा कम बोगटान फुडसिल गाउँपालिकामा रहेका घरहरूमा क्षति भएको छ । 

विस्तृत अध्ययनको लागि बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाबाट १३ जनाको जियोलोजिस्ट, हाईडोलोजिस्ट, ईस्टक्चर इन्जिनियर ,आर्किटेक्चर इन्जिनियर, सिभिल इन्जिनियर सहितको टिम डोटीमा छ । केन्द्रबाट डोटी पुगेको टोलीले मङ्गलवार डोटी जिल्लाका स्थानीय तह प्रमुख, जिल्लाका सरोकारवाला निकायहरूलाई कार्यसंचालनको बारेमा जानकारी गराउनुका साथै सबैलाई सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणको टिमले बुधबार देखी आफ्नो कार्यथालनी गर्ने जनाइएको छ ।  

२०७९ कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाले ज्यान गुमाउनुका साथै ७ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस