१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा बाढी प्रभावित क्षेत्रमा खाद्य तथा राहत सामाग्री वितरण

अ+ अ-

काठमाडौं । नेपाली सेनाले बाढी पहिरोको कारण भएको प्राकृतिक विपद्मा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन विषेश फौज बाहिनीका बाहिनीपति सहायक रथी बाबु कृष्ण कार्कीको संयोजकत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर व्यारेकमा ‘प्राकृतिक विपद् उद्धार तथा राहत समन्वय केन्द्र’ खडा गरी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाएको छ ।

रथी कार्कीको संयोजकत्वमा खाटिएको टोलीले ड्राई रासन, टाट पोलिन, पाल जस्ता अत्यावश्यक सामानलाई प्राथमिकताका साथ अत्यन्त बाढीग्रस्त ईलाकामा गाडी तथा हवाई साधनबाट ढुवानी तथा वितरण गरी रहेको छ ।

त्यसैक्रममा मंगलवार मिति २०७४ श्रावण ३१ गते बिहान पाल लगायत अन्य खाद्य सामाग्री सहित नेपाली सेनाको ३ वटा ट्रक महोत्तरीको बर्दिबासतर्फ पठाइएको छ भने उक्त सामाग्रीहरु गाडीबाट लैजान सक्ने स्थानसम्म गाडीबाट पु¥याउने र गाडीबाट बाढी पीडित समक्ष पुर्याउन नसकिने स्थानमा हेलिकप्टर तथा अन्य उपयुक्त साधन मार्फत बढी प्रभावित ईलाकामा पठाईने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । केन्द्रले आजै मात्र नेपाली सेनाको हेलिकप्टरबाट टाट पोलिन २५५० केजी तथा २९१५ केजी खाद्य सामाग्री राहतको लागि रौतहट तर्फ पठाईएको छ ।

त्यसैगरी राहत तथा उद्धारकै सिलसिलामा सुनसरी जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको जाल्पापुर र गैरिगाउ ईलाकामा डुवानमा परेका करिव ४० घरको अत्यावश्यक सामानहरु सुरक्षित स्थानमा सार्ने कार्य गरेको छ ।

नेपाली सेनाको टोलीले रौतहट जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको राजदेवी ईलाकामा करिव १००० जना र गंगापिपरा ईलाकामा १०० जनालार्ई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको साथै, राजदेवी ईलाकाका नौ घरधुरीका ८८ जनालाई विभिन्न राहत सामाग्री वितरण गरेको छ । साथै, उक्त टोलीमा रहेका डा. अधिकृत सहितको टोलीले स्थानीय ४२ जनाको उपचार समेत गरेको थियो । त्यसैगरी धनुषा जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले महेन्द्र राजमार्ग अन्तर्गत धनुषा र महोत्तरी जिल्लाको सिमानामा पर्ने रातु खोलाले कटान गरेको पुल नजिकको स्थानमा तटबन्ध निर्माण कार्य गरेको छ ।

सेनाले सर्लाही जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले बाढीबाट प्रभावित स्थानीय वासिन्दाहरुको खाद्यान्न सुरक्षित स्थानमा सार्नुको साथै सोही जिल्लाको मलंगवा इलाकामा काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टरद्वारा पठाईएको १९०० केजी खाद्यान्न तथा ७२ वटा पाल वितरण गरेको छ । मकवानपुर जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको कमाने ईलाकाको खहरे खोलाले कटान गरी जोखिममा रहेका घरहरु जोगाउन उक्त खोलामा जाली तथा तटबन्ध निर्माण गर्ने कार्य गरेको छ ।

त्यसका साथै नवलपरासी जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको रामपुर खडावाला ईलाकामा ४ वटा गाँउका करिव ५०० परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुको साथै, सोही जिल्लाको रानीनगर ईलाकाका डुवानबाट प्रभावित १२ घरबाट मानिस तथा खाद्यान्न सामाग्रीहरु सुरक्षित स्थानमा सारेको छ भने सोही जिल्लाको दाउन्ने बर्दघाट ईलाकामा गएको पहिरो हटाउने कार्य समेत गरेको छ ।

त्यसैगरी बाँके जिल्लाको गंगापुर तथा फत्तेपुर ईलाकामा नेपाली सेनाको MI 17 हलिकप्टरबाट खाद्य सामाग्री तथा आवश्यक औषधि सहित डा.अधिकृतको टोली पुर्याएको छ भने बर्दिया जिल्लाको गुलरिया न.पा. ईलाकामा नेपाली सेनाकै हेलिकप्टरद्वारा अक्सिजनका सिलिन्डरहरु पुर्याइएको छ ।

उद्धार तथा राहतकै सिलसिलामा माथी उल्लेखित जिल्लाहरुको अलावा सप्तरी, चितवन, पर्सा, सिन्धुली, पाल्पा, दाङ, रुपन्देही, कैलाली लगायतका जिल्लाहरुमा उद्धारका सामग्रीहरु सहितको नेपाली सेनाका उद्धार टोलीहरु स्थानीय प्रशासनसँगको सममन्वयमा उद्धार तथा राहत कार्यमा तदारुकताका साथ जुटी रहेका छन् । त्यसका लागि ११,४०० जना सैनिकहरु परिचालित भएका छन् ।

प्रतिक्रिया दिनुहोस