१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीका मन्त्रालय भवन हेटौँडाको हटियामा बनाउने निर्णय

अ+ अ-

काठमाडौँ । बागमती सरकारले मन्त्रालयका भवनहरू हेटौँडा उपमहानगरपालिका–१६ हटियामा बनाइने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले हटियाको शिबम् सिमेन्ट उद्योगसँग जोडिएको जग्गामा मन्त्रालयको भवन र अन्य महत्त्वपूर्ण पूर्वाधारहरू बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले मकवानपुरका विभिन्न स्थानमा जग्गा पहिचान गरी त्यस स्थानमा प्रदेश संरचना बनाउन संघीय सरकारलाई सिफारिस गरे पनि हटियाको कित्ता नम्बर १९६ मा रहेको ५४ विगाह जमिनको मात्र संघीय सरकारबाट स्वीकृति प्राप्त भएको छ ।

सिफारिस गरिएका अरु जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनको भनाइ छ ।

प्रदेश सरकारले हेटौँडा–१७ डिपोचौरमा मकवानपुर बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा रहेको कित्ता नम्बर १८३ को १२ बिगाह, हेटौँडा सिमेन्ट उद्योगले अधिग्रहण गरी प्रयोगमा नआएको हेटौँडा-९ लामसुरे हाइटमा २० बिगाह र हालको प्रदेशमन्त्री निवास खण्डदेखि दक्षिण भागमा रहेको ४ बिगाह गरी करिब २४ विगाह जग्गा बागमती प्रदेश सरकारको नाममा ल्याउनको लागि केन्द्र सरकारसँग माग गरेको थियो ।

यसैगरी नापी नभएका हेटौँडा–६ चित्रेपानीको करिब २४ बिगाह र हेटौँडा–१९ लेबटमा रहेको करिब ८० बिगाह जग्गा समेत प्रदेश सरकारको नाममा ल्याउनको लागि संघीय सरकारसँग अनुरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस