९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो बैंक तथा वित्तीय संस्थाको ब्याजदर

अ+ अ-

काठमाडौँ । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीहरूको ब्याजदर बुधवारदेखि घटेको छ । बचतमा वाणिज्य बैंकको ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको छ । अब निक्षेपकर्ताले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज पाउने छन् । यसअघि ६.४२ देखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

बचतमा ब्याजदर घटे पनि मुद्दती निक्षेपमा भने घटेको छैन । मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले हाल ११ प्रतिशतसम्म ब्याजदर दिन्छन् । संस्थागततर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशतसम्म ब्याजदर दिएका छन् । कर्जामा पनि ब्याजदर घटेको छ । खासगरी प्रिमियम दरको उच्चतम सीमा घटेपछि कर्जाको ब्याजदर उच्च हुनेलाई राहत मिलेको छ । नेपाल बैंकर्स एसोसिएसनले आधार दरसँग बढीमा ५ प्रतिशत मात्रै ऋणमा प्रिमियम जोड्ने निर्णय बुधवारदेखि लागू भएको एसोसिएसनका अध्यक्ष सुनिल केसीले जानकारी दिए । यसअघि बैंकहरुले कर्जा दिँदा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए ।

चैत मसान्तमा आधार दर समायोजनपछि वैशाखदेखि कर्जाको ब्याजदर थप १.७५ प्रतिशत बिन्दुसम्म घट्ने देखिएको छ । यस्तै, विकास बैङ्कहरूको पनि ब्याजदर घटेको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । त्यस्तै समयावधिअनुसार मुद्दती निक्षेपको ब्याजदर तय गरेको छ । जसअनुसार एक वर्षे वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११.६० प्रतिशत कायम भएको छ । एक वर्षभन्दा कमको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस