१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 यसपटकको निजामती सेवा दिवस बाढीपीडितमैत्री बनाउँछौं

अ+ अ-

निजामती कर्मचारीको विशेष दिनका रूपमा मनाइने निजामती सेवा दिवस आगामी बिहीबार मनाइँदैछ ।  सरकारले कसरी निजामती सेवा दिवस मनाउँदैछ ? के यस अघिका वर्षहरुभन्दा फरक र विवादरहित हुने छ यस वर्ष वितरण गरिने निजामति पुरस्कार ? लगाएतका विषयमा रही सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेसँग प्रशासन डट कमका सिद्धराज उपाध्यायले गरेको कुराकानी ।

निजामती सेवा दिवस नजिकिँदै छ, कसरी मनाउने तयारी गरिरहनुभएको छ ?
हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने नीतिगत कुरा नै हो । त्यसै सन्दर्भमा यसपाली पनि निजामती सेवा दिवस मनाउन मुख्य सचिवज्यूको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । यस वर्ष निजामती सेवा दिवस फरक ढंगले मनाउने गृहकार्य गरिरहेका छौं । मुलुकको परिवतर्तित सन्दर्भ र दैविप्रकोपलाई पनि मैत्रीपूर्ण हुने गरी दिवस मनाउन लागेका छौं ।

बाढीपहिरोबाट २६ जिल्ला प्रभावित भएकाले यस वर्षको निजामती सेवा दिवस बाढीपीडितलाई केन्द्रित गरी मनाउने तयारी छ । मुख्यसचिवज्यूको अध्यक्षतामा बसेको मिटिङले पनि दिवसलाई मैत्रिपूर्ण बनाउनेबारे केही डिसिजन गरेको छ । जस्तै : विपत व्यवस्थापनको विषयमा कर्मचारीको के कस्तो भूमिका हुन सक्छ भन्ने सन्दर्भमा हामीले चर्चा गरेका छौं । विपत व्यवस्थापनका सन्दर्भमा कर्मचारीको कस्तो भूमिका हुन्छ भन्ने सन्दर्भमा हामीले निबन्ध प्रतियोगिता गरेका छौं । त्यसै गरी निजामती सेवा दिवस मनाउने सन्दर्भमा यसपटक पनि हामीले नारा चाहीँ तयार गरेका छौं । किनभने नारा भन्ने कुरा जुनसुकै हिसाबले पनि कर्मचारीले आफ्नो काममा फोकस हुनका लागि नारालाई अगाडि राखेर काम गर्नुपर्ने भएकाले यसपालीको नारा निजामती कर्मचारीको प्रतिबद्धता पारदर्शिता र चुस्तता भन्ने विषय छनोट गरेर त्यसैलाई सिरोधार्य गरी काम अगाडि बढाउने भन्ने कुरा गरेका छौं । साथै हामीले निजामती सेवा दिवस मनाउने सन्दर्भमा बाढीपीडितलाई लक्षित गरी मितव्ययी ढंगले मनाउने प्रयोजनको लागि चाहिँ कर्मचारीको तलबको केही रकम चाही निजामती कर्मचारीको विभिन्न श्रेणीको आधारमा फरकफरक श्रेणीको कर्मचारी फरक दिनका आधारमा कर्मचारीको तलब कटाएर निजामती सेवा दिवसकै सन्दर्भमा बाढीपीडितलाई सहयोग गर्ने भनेर पनि निर्णय गरेका छौं । विशिष्ट श्रेणीको कर्मचारीको आफ्नो तलबको पाँच दिन बराबरको रकम बाढीपीडित कर्मचारीको सहयोगार्थ उपलब्ध गराउने निर्णय गरिएको छ ।

यस्तै, रा.प. प्रथम श्रेणीको चार, द्वितीय तथा तृतीय श्रेणीको तीन, राजपत्र अनंकित कर्मचारीको दुई र श्रेणीविहिन कर्मचारीको एक दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ । दिवसका अवसरमा आयोजना गरिने वृक्षारोपण, रक्तदान तथा स्वास्थ्य शिविरलगायत कार्यक्रम बाढीपीडित क्षेत्रमा गर्ने निर्णय गरेका छौं । यसपटकको दिवस बाढीपीडित मैत्री बनाउने योजना छ ।

निजामती प्रशासन नयाँ संरचनामा जाँदै गरेको अवस्थामा निजामती सेवा दिवसलाई अझ शसक्तिकरण बनाउँदै लैजानुपर्नेमा सामान्य औपचारिक कार्यक्रममै सीमित गर्दा कतै यसको औचित्य ओझेलमा त पर्दैन ?
यहाँले एकदम राम्रो जिज्ञासा राख्नुभयो । हाम्रो मूल समारोहमा पनि यस विषयमा छलफल भएको थियो । यसको मूल्य मान्यता यसको औचित्यता अझ बढाउदै जानुपर्ने सन्दर्भमा निजामती दिवसलाई साँघुरो गर्दै लैजानु हुँदैन की भन्ने प्रश्न पनि उठेको हो । जुन मुलुकको दुःखद्पूर्ण परिस्थिति छ त्यो परिस्थितिसँग एडजस्ट गर्न अरु फरक किसिमका कार्यक्रम यसपटक नगर्ने तर भविश्यमा ती कार्यक्रमलाई निजामती सेवा दिवसको महत्वलाई निजामती सेवा दिवसको औचित्यलाई पुष्टि गर्ने गरी थप कार्यक्रम गर्दै लाने र यसपटक बाढीपीडित मैत्रि हिसावले जाने भएकाले यो पटकका लागि मात्रै भएकाले यसको औचित्य घट्ला जस्तो मलाई लाग्दैन ।

२०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ल्याएको दिन पारेर ६१ सालबाट हरेक वर्ष मनाउँदै आएको निजामती सेवा दिवस आजका दिनसम्म आइपुग्दा यसका सवल र स्मरणीय पक्षहरु के–के रहे ?
निजामती सेवा दिवसको सवल र स्मरणीय पक्ष भनेको यसका विभिन्न नारा छन् । ती नारालाई सिरोधार्य गर्दै विभिन्न माध्यमबाट निजामती कर्मचारीको जिम्मेवारी निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण, निजामती कर्मचारीको औचित्य, कर्मचारीको भूमिका खासगरी सेवाग्राही र सुशासन स्थापित गर्ने सन्दर्भमा यसका नाराले पनि एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै निजामती सेवा दिवस मनाउने सन्दर्भमा हामी जुन नारा लिएर अगाडि बढ्छौं । त्यो नाराकै सन्दर्भमा पनि त्यो निजामती सेवा दिवसकै दिनमा पनि हामीले विभिन्न किसिमका सेवाग्राहीमैत्री भएर पनि काम गरिरहेका छौं । त्यसैगरी निजामती कार्यालयमा विभिन्न स्लोगन राख्ने, त्यसपति स्टिकर चलाउने साथै निजामती सेवाका जति पनि पत्रचार हुने माध्यम हुन्छ ती सबै माध्यमलाई निजामती सेवाका कुरा लेखेर अघि बढ्दाखेरी निजामती सेवा दिवसको नारा देख्नेबित्तिकै कर्मचारीलाई नैतिकरूपमा आफ्नो जिम्मेवारीप्रति आफ्नो अनुसासनप्रति र आफ्नो भूमिकाप्रति केही न केही सजक गराउने भएको हुनाले निजामती सेवा दिवसको महत्व त्यो पक्षमा छँदैछ । दोस्रो पक्ष भनेको के हो भने निजामती सेवा भनेको मुलुकको ओभरल हेर्नु हुन्छ भने झण्डै ग्रामीण तह लेवलसम्म नेटवर्किङ धेरै भएको सञ्जाल धेरै भएको संगठन संरचना धेरै भएको संगठन संरचना हो । यो संगठन संरचनामा रहेका झण्डै ८५ हजार कर्मचारीले निजामती सेवा दिवसको दिन केही उल्लेखनीय कामहरु गर्नुपर्छ । केही स्मरणयोग्य काम गर्नुपर्छ । निजामती सेवा दिवसको दिन राम्रा कामको सुरुवात गर्नुपर्छ भन्ने हिसाबले व्यक्तिगत रूपमा समूहगत र संस्थागतरूपमा कुनै न कुनै रूपमा राम्रा कामका थालनी । आफूलाई प्रतिबद्ध हुने कुरा । त्यस्तै सेवाग्राहीमैत्री हुने विषयमा राम्रा कामको सुरुवात गर्ने प्रतिवद्ध हुने र ती निजामती सेवा दिवसका सन्दर्भमा आउने जति पनि स्लोगान हुन सक्छ, नारा हुन सक्छ । त्यसलाई पछि पनि कन्टिन्युटी त्यसलाई पछि पनि अनुसरण गर्दै काम गर्ने भएको हुनाले यसको यसको सकरात्मक पक्ष धेरै छन् । अब यसका नकरात्मक पक्षको कुरा पनि यहाँले उठाउनु भयो । नकारात्मक पक्ष के हुनसक्छ भने यसको भ्यालु, महत्व अथवा नारा अनुसारको सबै कर्मचारीले आफूलाई त्यसमा प्रतिबद्ध गर्न सकेका छैनन् ।

सार्वजनिक प्रशासनको मेरुदण्ड मानिने निजामती सेवा राष्ट्रको ऐना हो र समृद्धिको आधार निर्माण गर्ने आधार निर्माता पनि भनिन्छ, तर पछिल्लो अवधिमा नाम अनुसारको काम हुन नसकेको देख्दा कता कता यसको सांगठनिक संरचनामाथि यसको औचित्यमाथि प्रश्न चिह्न उठ्न देखिन्छ त्यो के लाग्छ यहाँलाई ?
वास्तवमा सार्वजनिक प्रशासन अथवा निजामती सेवा जे सुकै भन्नुहोस् यसको भ्यालु वास्तवमा अपेक्षित रूपमा यसको विश्वसनियता अथवा यसको पर्फमेन्स यसको जिम्मेवारी अपेक्षित रूपमा प्राप्त गर्न नसकेको अवस्था हो । त्यति भन्दैमा यो संगठनप्रतिको औचित्य यो संगठनको विकल्प सोच्न सकिँदैन । तपाईँ विश्वमै हेर्नुहोस् निजामती सेवाको विकल्पमा कुनै पनि अर्को संस्थाले प्रतिस्थापित गरेर काम गरेको हामी भेट्दैनौं । त्यो खोज्नु पनि हुँदैन, त्यो मुर्खता मात्र हुन्छ । किनभने यसको निजामती सेवाको सांगठनिक विकल्पका रूपमा संगठनै होइन । यसको स्वरूप परिवर्तन यसको कार्यशैलीमा परिवर्तन यसको वर्किङ कल्चरमा परिवर्तन लगायतका कुरा यसको प्रतिस्थापनमा आउन सक्छन् । तर ठ्याक्कै निजामती सेवाको विकल्पमै अर्को कुनै संगठनले आएर चाहिँ राज्यको मूलधारमा बसेर काम गर्ने भन्ने वास्तवमा त्यो कल्पना मात्रै हुन्छ । यसको प्रतिस्थापन अथवा यसको विकल्प भन्ने विषय के हो भन्दा यसको वर्किङ कल्चर यसको कार्यशैली यसको संगठन स्वरूप यसका कार्य जिम्मेवारीमा केन्द्रित गर्न पनि विषयवस्तु मात्रै परिवर्तन हुन सक्छ । तर, ठ्याक्कै यसको संगठन र ओभरल परिवर्तन चाहिँ त्यति सान्दर्भिक पनि देखिँदैन ।

२००७ सालको परिवर्तनपछि आधुनिक निजामती प्रशासनको सुरुवात भएता पनि चाहेजस्तो गति लिन र जनमुखी बन्न सकेको पनि देखिदैन, कारण के होला ? यहाँलाई के लाग्छ ?
हाम्रो एउटा विश्लेषण कस्तो भयो भनेदेखि सधैभरी हामी नेगेटिभ विश्लेषणमा जान थाल्यौं । उदाहरणको लागि मैले ४६ सालमा मैले नागरिकता लिन जाँदा सात दिन लगाएर नागरिकता लिएर फर्केको घटना म आफैमा उदाहरण छ । एउटा नागरिकता लिनको लागि त्यतिखेर सात दिन लाग्थ्यो । आज तपाईं नागरिकता लिनको लागि चाहिने कागजात के के हुन भनेर आफ्नो घरबाट जिल्ला प्रशासन कार्यालयको बेवसाइट अथवा जिल्ला प्रशासन कार्यालयको अथवा गृह मन्त्रालयको बेवसाइट अथवा कुनै इलेक्ट्रोनिक माध्यमबाट हामीले लिनुपर्ने सेवाको लागि हामीलाई चाहिने कागजात के–के हुन् ? हामीलाई कति दस्तुर तिर्नुपर्छ । त्यो पूर्वाधार पुर्याईदियो भनेदेखि हामीले कति दिनमा सेवा प्राप्त गर्नसक्छौं भन्ने विषयमा चाहिँ धेरै निकायले सूचनालाई प्रवाह भएको अवस्था छ । त्यो एकदमै सकरात्मक पक्ष हो । मैले हिजो नागरिकता लिनलाई सात दिन लाग्थ्यो भने आज पूर्वाधार पुगेको, कागजात पुगेको अवस्थामा नागरिकता झण्डै दुई तीन घण्टामा प्राप्त गर्न सक्ने अवस्था छ । नागरिकताकै कुरा गर्दा हिजोको दिनमा नागरिकता लिन जानलाई के चाहिन्छ भन्ने कुरा अन्योल थियो । गएर कार्यालयमा सोधेपछि बल्ल फर्केर आएर चाहिने काजगात लिएर अर्को दिन जान्थ्यौं । आजभोली नागरिक वडापत्रमार्फत आफ्नो सेवा लिनको लागि चाहिने न्यूनतम पूर्वाधार के–के हुन् ? कति दिनमा मैले नागरिकता प्राप्त गर्छु । मैले सेवा प्राप्त गर्न सकिन भने कसकोमा गएर गुनासो गर्नुपर्छ गुनासो कैले फछ्र्याैट हुन्छ भन्ने जस्ता सारा कुरा अ‍ैले ट्रान्सपरेन छ । त्यो अनुसारको धेरै निकायले आफुलाई सुधार गर्दै लगिरहेका पनि छन् । कति निकायले अनलाइन सेवा पनि सुरु गरिसकेका छन् । त्यसैले यो सन्दर्भमा डेफिनेट्ली धेरै रिफम चाहिँ भएको छ । यो ठूलो उपलब्धि हो । तर अपेक्षीकृत रूपमा हामीले पर्याप्त सेवा सुविधा दिन सकेका छैनौं । सरकारी सेवाप्रति धेरैको विश्वसनियता कम हुँदै पनि गएको छ । घटेको पनि छ । ती कुरामा हामीले रिफम पनि गर्नुपर्छ । तर, सुधार नभएको भन्ने डेफिनेट्ली होइन । सुधार धेरै भएको छ तर हाम्रो सोच कस्तो भयो भने परिवर्तित सन्दर्भ अनुसार हामीले धेरै प्रगति एकै चोटी खोजेको कारणले गर्दा पनि त्यस्तो भएको हो । कर्मचारीको काम गर्ने शैली, कर्मचारीको काम गर्ने उत्प्रेरणा ती सारा कुरा पनि सँगसँगै वृद्धि भएको हुनाले अब सुधार भएको छ भन्ने पक्षमा हामीले विश्लेषण गर्नुपर्छ ।

अघि यहाँले भन्नुभयो, सेवाग्राहीप्रतिको विश्वसनियतामा केही कमी आएको अथवा हटेको कुरा गर्नुभयो । बढाउनुपर्ने बेला आएन र ?
धेरै निकायमा विश्वसनियता बढ्दै आएको छ । केही निकायमा जुन निकायले आफुलाई परिवर्तित सन्दर्भमा परिवर्तन गर्न सकेका छैनन् नि जस्तो कम्प्युटरको प्रविधिबाट सर्विस डेलिभरी गर्नुपर्ने कुरा । फ्रन्टलाइन डेक्सबाटै धेरै कुरा डेलीभरी गर्नुपर्ने कुरा इन्फरमेसनलाई ट्रन्सफर र क्लियर गर्ने कुरा । सेवामैत्री वोर्किङ् कल्चर परिवर्तन गर्ने कुरा । ती त्यस्ता निकाय जसले ती काम गर्न सकेका छैनन् । ती संस्थाप्रति अन्योल नै छ । साथै अर्को के अन्योल छ भन्दाखेरी सेवाग्राही बढी केन्द्रित हुने सेवा केन्द्र हुन्छ नि । त्यहाँ बिचौलीया साथीले प्रशस्त भूमिका निर्वाह गरिरहेका छन् । बिचौलयाको कस्तो भूमिका छ भने कर्मचारीप्रति गलत म्यासेज दिने । सेवाग्राहीलाई कर्मचारीबाट सम्पर्क हुनबाट वञ्चित गरिदिने । बाहिरबाट रोकिदिने । कर्मचारीबारे ब्याग बाइटिङ गरिदिने । काम हुन सक्दैन म मार्फत जानुस भन्दिने जस्ता कारणले पनि सेवाग्राही कार्यालय र सेवाग्राहीप्रति जनताको विश्वसनियता कम भएको होे की भन्ने छ । यस्ता निकाय जुन मैले भने परिवर्तित सन्दर्भमा आफूलाई सुधार गर्नुपर्ने जुन निकाय छन् । ती निकायले अब परिवर्तित सन्दर्भमा आफ्ना वर्किङ कल्चर, कर्मचारीका मोटिभेसनलगायत कुरालाई रिफम गर्यो भनेदेखि डेफिनेट्ली सार्वजनिक सेवाप्रतिको कर्मचारीप्रतिको विश्वसनियता ग्रियाजुली बृद्धि गर्न सकिन्छ ।

विश्वव्यापी सार्वजनिक प्रशासनमा आएका नयाँ आयामबाट नेपालको प्रशासन अझै पनि कैयौ कोष टाढा छ भन्ने गुनासो छ, जस्तो सूचना प्रविधिदेखि लिएर सेवा सुविधादेखि लिएर अन्य तालिम अन्य कुराहरु, विश्व नै हत्केलामा अटाइरहेको वर्तमान सन्दर्भमा कछुवाको हिँडाइले हामी कहाँ पुग्लाऊ ?
कछुवा हिँडाइ त होइन । कछुवा हिँडाइ भन्न मिलेन । अघि नै मैले भनिसके धेरै अफिसले अनलाइन सेवा सुरु गरिसकेका छन् । त्यसपछि कम्प्युटराइज्ड सिस्टम अफिस अटोमेसन जस्ता इलेक्ट्रोनिक अथवा डिजिलटाइज सिस्टमबाट चाहिने सर्विस डेलिभरी सुरु गरिसकेका छन् । पेपरमा यसको कन्सेप्ट आइसकेको छ । त्यसकारण ती निकायमा वास्तवमा हिजोको भन्दा मैले अघि पनि तपाईंलाई उदाहरण दिइसके । हिजोको दिनमा सात दिनमा लाग्ने नागरिकता आज एकै दिनमा प्राप्त गर्छौं । अब संघीयताको मोडेलमा हामी सर्भिस डेलीभरी गाउँलेवलसम्म पुर्याउने हिसावले हामी संरचना गर्दै छौं । ती सन्दर्भमा हाम्रा परिवर्तित सोच, हाम्रा परिवर्तित स्किल । कर्मचारी हिजोको दिनभन्दा बढी सक्षम पनि भइसकेका छन् । हिजो एउटा शाखा अधिकृतले टाइपिस्टलाई अगाडि राखेर आफूले दुई तीन पटक ड्राफ्ट गरेर चिठ्ठी टाइप गरेर तीन पटकसम्म करेक्सन गरेर बल्ल एउटा लेटर तयार गर्थ्यो । अहिले तपाईं शाखा अधिकृतमा जानुहोस् । शाखा अधिकृत आफैले एकैचोटी टाइप गर्छ र एकै चोटी लेटर प्रोडिउस गर्छ । त्यो डेफिनेट्ली धेरै परिवर्तन हो । मलाई सहसचिवको हैसियतले हेर्नुहोस् मैले मेरो अन्र्तगतको उपसचिव शाखा अधिकृत पाइन भने लेटर बनाउनु पर्यो भने म आफैले कम्प्युटरमा बसेर लेटर प्रोड्युस गर्छु । सेन्ट्रल लेवलका धेरै अफिस सशक्त र सक्षम भइसके । अब यही हिसाबले तलसम्म लाने काम बाँकी नै छ । त्यसैले हामी कछुवा गति भन्दा पनि गति चाहिँ छ तर अपेक्षित गति प्राप्त गरेको छैन । त्यो अपेक्षित गति प्राप्त गर्नको लागि अघि नै मैले भने कर्मचारीको के–के चाहिन्छ भन्दा कर्मचारीको स्किल चाहिन्छ । कर्मचारीको क्षेमता वृद्धि चाहिन्छ । कर्मचारीको मोटिभेसन चाहिन्छ । कर्मचारीहरुलाई मनोवल बृद्धि गर्नको लागि पोल्टिकल लिडरसिपलाई पनि कर्मचारी प्रतिको पोजेटिभ सोच, कर्मचारीसँग काम गर्दाखेरी कानुन संवतका काम, मोटिभेसन र पोजेटिभ बाटोमा डोर्याउने लिडर चाहिन्छ । यी भयो भने मलाई लाग्छ हामी कछुवा गतिमा भन्दा पनि अबको परिवर्तित सन्दर्भले मागेको गतिमा काम डेलिभरी गर्न सक्छौं ।

सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन के कस्ता योजना बनाउनु भएको छ ?
सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने सन्दर्भमा फ्रन्टलाइन अफिसबाट जतिसक्दो चाडो क्विक कर्मचारीलाई सेवाग्राहीलाई छिटो भन्दा छिटो रेसपोन्स गर्ने कर्मचारीले उहाँहरूको हुन सक्ने कामलाई तत्काल हुन सक्छ । हुन नसक्ने कामलाई यति समय लाग्न सक्छ भनेर टान्सपरेन्ट रुपमा कम्युनिकेसन गरिदिने कुरा एकातिर आउँछ भने अर्कातिर कर्मचारीले भरसक सत्यतामा आधारित, निष्पक्ष भएर काम डेलिभरी गर्ने कुरा दोस्रो आउँछ । तेस्रो भनेको कर्मचारीले आचरणमा बसेर खासगरी अनियमित क्रियाकलापमा संलग्न नभइकन एउटा सुशासनको पार्ट भ्रष्टाचार नियन्त्रणको कुरा पनि आउँछ । क्वालिटिको सर्भिस त्यतिखेर डेलिभरी हुन सक्छ जतिखेर कर्मचारीले स्वच्छ रुपमा अनियमित क्रियाकलापमा संलग्न नभइकन सर्भिस डेलीभरी गर्न सक्छ । त्यो कुराहरु पनि त्यसमा आउँछ र अर्को पावर डेलिकेट हुन्छ नी पावर डेलिकेट तल्लो निकायसम्म गर्नु पर्ने हुन्छ र ती कुराहरुमा सुशासन ऐन २०६४ र सरकारका तत्काल सुधार कार्ययोजनालगायतका क्रियाकलापहरुले पनि धेरै पावर डेलिकेट गर्ने कुरा पछिल्लो पटकको संघीयता कार्यन्वयनको सन्दर्भमा स्थानीय निकायबाट सर्भिस डेलिभरी हुने कुरा आएको छ । ती सबैले गर्दा छिटो छरितो सर्भिस डेलिभरी गर्न सक्ने सेवा केन्द्रको जति नजिकको प्वाइन्टबाट तपाईं सर्भिस डेलिभरी गर्न पुग्नु हुन्छ त्यति नै सेवाग्राहीको सेवा क्वालिटी पनि हुने यो क्वाइन्टिटी पनि हुने भयो र कम मूल्यमा पनि प्राप्त गर्न सकिने भयो । छिटो पनि प्राप्त गर्न सकिने भयो । त्यसैले पछिल्लो दिनमा पावरलाई डेलिकेट गर्ने । नजिकको सेवा केन्द्रबाट सर्भिस डेलिकेट गर्ने कुरा राज्यले त्यो मोडालिटीमा काम गर्दै गइरहेको छ । त्यसैले गुणात्मक सर्भिस डेलिभरी हुन्छ भन्ने विषयमा हामी आशामुखी हुन सक्छौं ।

निजामती सेवा दिवसको अवसरमा केही उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गर्ने गरिएको छ, यसपालि पुरस्कार पाउने व्यक्ति गर्व गर्न लायक नै हुनेछन् हैन त ?
निश्चित रूपमा केही कर्मचारीको विषयमा हिजोको दिनमा पनि गुनासा नआएका होइनन् । गुनासा कसरी आए भन्ने पनि विश्लेषणको पाटो छ । कर्मचारीले मलाई दिएन भनेर गुनासो गर्ने । धेरै गुनासा कर्मचारी वर्गबाटै आउँछ । कानुनमै निजामती सेवा पुरस्कार दिँदा खेर विभिन्न क्राइटएरिया बनाइदिएको छ । त्यो क्राइटएरिया अन्तर्गत बसेर कर्मचारीको पुरस्कारको डेलिभरी हुन्छ । त्यो डेलीभरी गर्ने सन्दर्भमा कानुनले व्याख्या गरेका केही मापदण्ड तपाईंलाई सरसर्ति भन्छु । उत्कृष्ट निजामती सेवाको लागि न्युनतम दश पन्ध्र वर्ष सेवा गरेको भन्नेछ । त्यसैले निजामती पुरस्कारका लागि सेवा अवधि एक्किन गरिदिएको छ पहिलो कुरा दोस्रो कुरा निजामती कर्मचारीको पुरस्कार प्राप्त गर्नका लागि कार्यसम्पादन मूल्याङकनमा पछिल्लो पाँच वर्ष, पछिल्लो तीन वर्ष पछिल्लो दश वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सतप्रतिशत नम्वर प्राप्त गरेको हुनुपर्छ भन्ने गरको छ । त्यसैगरी विभागीय सजाए नपाएको भन्ने गरेको छ । अध्ययनमा गएर फर्केर आइसकेपछि न्यूनतम दुई वर्ष सेवा अवधि गरेको हुनुपर्छ भन्ने लगायतका मापदण्ड राखिदिएको छ । हामीले निजामती सेवा पुरस्कार सिफारिस गर्ने सन्दर्भमा यी तोकिएका मापदण्डलाई आधार बनाएर सिफारिस गर्न हुन भनेर सम्बन्धित निकायलाई हामीले लेखेर पठाएका छौं । उहाँहरुले के गर्नु भएको छ त भन्दा तोकिएका मापदण्डको आधारमा नै कर्मचारीको पुरस्कारका लागि सिफारिस गरेर पठाउनु भएको छ । पहिलो स्टेपमा मलाई लाग्छ कानुन सम्वत र मापदण्डभित्र बसेका कर्मचारीलाई सिफारिस गर्ने काम उहाँले गर्नुहुन्छ । अब दोस्रो अहिले १६७ जना कर्मचारी निजामती सेवा पुरस्कारका लागि सिफारिस भएर आउनु भएको छ । ती १६७ कर्मचारीलाई अब हामीले मुख्य सचिवज्यूको अध्यक्षतामा पुरस्कार सिफारिस कमिटी पनि रहेको छ । त्यो कमिटीले चाहिँ अहिले सामान्य प्रशासन मन्त्रालयको एउटा उपसमितिहरुलाई त्यसको जिम्मेवारी दिनु भएको छ । मुख्य सचिव ज्यूको निर्देशन पनि कस्तो छ भन्दा न्यायोचित हुने ढंगले मापदण्डलाई अनुसरण गर्ने ढंगले र माथिल्लो तहदेखि स्थानीय तहसम्मका कर्मचारीहरु खास गरी र सेवा सुविधाका हिसावले सेवा सुविधा कम भएका निकायका कर्मचारीलाई समेट्ने गरी खासगरी महिला जनजाति पिछडिएको वर्गका समावेसी समूहका व्यक्तिलाई पनि समेट्ने गरी न्यायोचित ढंग हुने गरी निजामती कर्मचारीको सिफारिस हुनुपर्छ । त्यो अनुसारको गृहकार्य गर्नुहोस् भनेर मुख्य सचिव ज्यूले निर्देशन गरे अनुसार हामीले त्यसैलाई आधार बनाएर निजामती कर्मचारीको सिफारिसका लागि आधार बनाएका छौं र यी विभिन्न आधारका कारणले गर्दा खेरी परिवर्तित सन्दर्भमा हाम्रो मुख्य सचिवज्यू लगायत मन्त्री ज्यूको भनाइ के छ भने तल्लो तहको ग्रास रुटको कर्मचारीले बढी पाउनु पर्ने अवस्था हुन्छ त्युसलाई ध्यान दिएर काम गर्नु होला भन्नु भएको छ । हामीले त्यही लाइनमा गृहकार्य गर्दै गरेको हुनाले मलाई लाग्छ यसपटक पहिलाको भन्दा पनि अझ राम्रो ढंगले निजामती सेवा पुरस्कारको सिफारिस हुन्छ र छनोट पनि त्यही हुन्छ भन्ने कुरामा हामी विश्वास गर्न सक्छौं ।

गलत व्यक्तिको सिफारिस भएको अवस्थामा त्यसरी पठाउने कार्यालय प्रमुखलाई दण्डित गर्ने कुनै प्रावधान छ की छैन ?
अहिलेको कानुनी प्रावधान अनुसार यति नै कारवाही गर्ने भनेर लेखिएको छैन । तर मापदण्ड विपरितको सिफारिस गर्ने व्यक्ति माथी चाहिँ किन यस्तो गर्नुभयो मापदण्ड मिचेर भनेर हामीले सोधनीसम्म गर्न सक्छौं । कानुनी रुपमै गलतै सिफारिस गर्ने व्यक्तिलाई वा मापदण्ड भन्दा बाहीर गएको व्यक्तिलाई अहिलेको कानुनमा छैन । मलाई लाग्त त्यस्तो किसिमको सिफारिस भएन आएको नहोला ।

निजामती सेवा छनोटको प्रक्रिया नै गलत छ भन्ने कुरा पनि कता कता उठिरहेको हुन्छ ? यहाँलाई के लाग्छ ?
त्यो होइन यो गलत आरोप मात्र हो । प्रक्रिया एकदमै ठिक छ । प्रक्रियाभित्र बसेर काम गर्ने व्यक्तिले स्वच्छ भावना राखेर स्वार्थ नराखिकन काम गरिदियो भनेदेखि त्यो प्रक्रिया मलाई लाग्छ आजको दिनसम्म परिवर्तित सन्दर्भमा पनि केही सुधार गर्नुपर्ने होला त्यो विषयमा हामी छलफल गर्नुपर्छ अध्ययन गर्नुपर्छ तर मलाई लाग्छ प्रक्रिया नै गलत हो भन्ने विषयमा चाहिँ म सहमत छैन ।

सेवाग्राहीको तर्फबाट गरिने मूल्याङ्कनमा मूल्याङनको विषयलाई पनि केही सोच्नु भएको छ की छैन ?
अहिलेको विद्यमान मापदण्ड अनुसार सेवाग्राहीको सिफारिस अथवा सेवाग्राहीको मूल्याङ्कन त्यो विषयमा आधार बनाइएको छैन । तर, कुनै कार्यालयमा सेवाग्राहीकै समूहबाट त्यस्तो किसिमको विशेष रिकोन्ड्युमेसन भएको छ भने हामी निजामती सेवा दिवसको सन्दर्भमा कर्मचारी पुरस्कृत गर्ने बेलामा गृहकार्यमा हामी त्यसलाई अध्ययनको विषय चाहिँ बनाउन सक्छौं ।

अघि यहाँले भन्नु भयो बाढीपीडितलाई नै केन्द्रीत गरेका छौं भनेर केन्द्रबाट केही टोलि खटिएर सम्बन्धित क्षेत्रमा पुग्छकी अथवा त्यहीको काम गर्छ ?
स्थानीय तहमा प्रमुख जिल्ला अधिकारी ज्यूको नेतृत्वमा कर्मचारीको टोली त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयमा वस्ने कर्मचारीको टोली आवश्यकता अनुसार बाढीपीडित क्षेत्रमा अहिलेको आवश्यकता अनुसारको सर्भिस डेलिभरी गर्ने राहत बाँड्ने त्यसपछि स्वास्थ्य सिविर सञ्चालन गर्ने काम औषधी उपचार उपलब्ध गराउने काम गरि नै रहेका छन् । निजामती सेवा दिवसकै सन्दर्भमा पनि हामीले ति कामलाई प्राथमिकता दिनु पर्छ र यसपटक केन्द्रिय स्तरबाटै पनि स्थास्थ्य शिविर अथवा अरु राहत वितरणका कार्यक्रमलाई बाढीपीडित क्षेत्रमा लगेर त्यही निजामती सेवा दिवस बनाउनु पर्छ भन्ने विषयमा हामी छलफल र गृहकार्य गरिरहेका छौं । आशा गरौं त्यसमा केही रिजल्ट आउला ।

अन्त्यमा परिवर्तनको संहारमा रहेको निजामती कर्मचारीलाई के सन्देश दिँदा ८३ हजार कर्मचारीले गौरव महसुस गर्छन् ?
निश्चित रुपमा यहाँले जोड्न खोज्नु भएको विषय कर्मचारीको रोल कस्तो हुन्छ । कर्मचारीले कस्तो तत्परता देखाउनु पर्छ कर्मचारीले कस्तो जिम्मेवारी र भूमिका निर्वाह गर्नु पर्छ भन्ने जिज्ञासा नै हो जस्तो लाग्छ । यसलाई सारमा भन्दा हामी निजामती कर्मचारी सरकारले लाए अह्राएको कामलाई गर्ने भनेर खटेर आएका हौं । हामीले नियुक्ति लिँदाखेरी पनि सफल के खाएका छौं भन्दा सरकारले गरेका निर्णय, सरकारका नीति योजना र सरकारको भावना अनुसार हामी जनताको सेवाको लागि समरर्पित हुन्छौं भन्ने सफत लिएर आएको हुनाले यो परिवर्तित सन्दर्भमा भोलि केही समयपछि हामी कर्मचारी समायोजनको सन्दर्भमा केही कर्मचारी संघमा बस्छौं, केही कर्मचारी प्रान्तमा बस्छौं हाम्रो भोलिको संघीय निजामती ऐन, संघीय समायोजन ऐन, त्यसैगरी कर्मचारी समायोजन नियमावली, कर्मचारी समायोजन निर्देशिका मापदण्ड जे सरकारले तयार गर्छ त्यो कानुनी आधार त्यो मापदण्ड त्यो निर्देशिका बमोजिम हामीले आफ्नो रोल कहाँ हुन सक्छ त्यहाँसम्म गएर काम गर्ने जिम्मेवारी लिने र मनोवल उच्च गरेर जनताको सेवा प्रवाह गर्ने विषयमा र राज्यको संघीयता कार्यन्वयन गर्ने विषयमा हामी तत्पर हुनुपर्छ, हामी प्रतिबद्ध हुनुपर्छ हामी जिम्मेवार हुनुपर्छ भन्ने विषयमा हामी सबै कर्मचारी साथी लाग्नुपर्छ र आवश्यकता भयो भनेदेखि सहसचिवको हैसियतले मैले पनि प्रान्त वा राज्यले कहाँ आवश्यकता देख्छ त्यहाँसम्म गएर जिम्मेवारी निर्वाह गर्नुपर्छ । यतिखेर हामीले जिम्मेवारीबाट भाग्ने अथवा जिम्मेवारीबाट पञ्छिने उपाय चाही होइन । तर यसको पछाडि के चाहि जोडिन्छ भने कर्मचारीको वृति विकासका अवसर सुनिश्चित हुने कुरा जरुरी छ समायोजन गर्ने सन्दर्भमा अथवा कर्मचारी खटिएर सेवा गर्ने सन्दर्भमा हिजो आफ्नो वृति विकासको योजना लिएर पसेको कर्मचारीलाई उसको वृति विकासको क्रेट गर्ने बाटो क्लियर हुने गरी कर्मचारीको वृति विकास सुनिश्चित हुने गरी कर्मचारी खटाउने कर्मचारी पठाउने समायोजन गर्ने काम गर्नुपर्छ ।

 

र यो पनि,

समाधानका लागि आदेश जारी

स्थानीय तहमा कर्मचारी खटाउन परिपत्र गरिसकेका छौं

प्रतिक्रिया दिनुहोस