१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

अ+ अ-

झापा । झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याको सघन उपचार कक्ष (आइसियु) सेवा शुरु गरेको छ ।

वि.सं. २०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यो अस्पताल निजीस्तरमा पूर्वान्चलकै ठूलो अस्पताल हो । मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको यो अस्पताल ३०० शय्याको छ । २२ बिगाहा क्षेत्रफलमा फैलिएको मेडिकल कलेज सञ्चालनका लागि झण्डै पाँच अर्ब भन्दा बढी लगानी गरिएको छ ।

अस्पतालमा यसअघि १५ शय्या आइसियुका थिए । बिरामीको चापलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित अस्पतालले आइसियु सेवा विस्तार गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए । उनले भने, “दैनिक ८०० बिरामीले ओपिडीमा मात्रै सेवा लिन्छन् जटिल प्रकारका बिरामीका लागि आइसियु अपुग थियो र हामीले सेवा विस्तार गरेका हौँ ।”

पचास शय्या आइसियु सेवासहित अस्पतालमा ३८ शय्या एनआइसियु, २५/२५ पिआइसियु तथा एचडियुका शय्या छन् । आइसियु सेवा सञ्चालनका लागिमात्रै एनेस्थेसिया विशेषज्ञ डा. राजु श्रेष्ठको नेतृत्वमा छजना विशेषज्ञ डाक्टर कार्यरत रहने आइसियु उद्घाटन समारोहमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले अस्पतालका दुई आइसियु शय्यालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार अतिविशिष्ट बनाइने बताए ।

अस्पतालमा ७२ जना विशेषज्ञ डाक्टर कार्यरत रहेको जानकारी गराइएको छ जसमा छ–छजना महिला रोग विशेषज्ञ र एनेस्थेसिया, न्यूरो सर्जन तीन, अर्थोपेडिक छ, मेडिसिन पाँच, नाक, कान, घाँटी रोग विशेषज्ञ तीन, दन्तरोग तीन, म्याग्जिलोफेसियल तीनलगायत रहेको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताए । ७७१ जनाले प्रत्यक्ष रोजगारी पाएको अस्पताल सञ्चालन यता पूर्वका पाँच लाखभन्दा बढीले सेवा लिइसकेका छन् ।

अस्पतालमा क्यान्सरको समेत उपचार शुरु भएपछि पूर्वका सर्वसाधारण अस्पतालको सेवाप्रति खुशी छन् । यहाँका सर्वसाधारण क्यान्सरको उपचारका लागि यसअघि भरतपुर क्यान्सर अस्पतालसहित काठमाडौँ र भारतका विभिन्न अस्पतालमा जाने गरेका थिए ।

भारतको मेदान्त हस्पिटलसँग सहकार्य गर्दै अस्पतालले क्यान्सरको उपचार शुरु गरेपछि एक वर्षमा झण्डै ५० जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताए ।

१.५ टेस्ला पावरको एमआरआई मेसिन भएको बिएण्डसी हस्पिटलले क्यान्सर रोगको विश्वस्तरीय उपचारकै लागि भर्खरै मात्र रु ३० करोड मूल्य पर्ने रेडियोथेरापी मेशिन अमेरिकाबाट खरिद गरेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताएका छन् ।

रेडियोथेरापी मेसिन समुद्री मार्ग भएर आउँदा झण्डै डेढ महिना लाग्ने र त्यसपछि अस्पतालमा रेडियोथेरापी सेवासमेत शुरु गरिने उनको भनाइ छ ।

सो मेशिनका लागि अलग्गै भवनमा बंकर बनाएर राख्नु पर्ने र त्यसलाई प्रयोग गर्नका लागि मेदान्तमा कार्यरत अंकोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ) डा वीरेन्द्र यादव बिएण्डसी अस्पतालमा आइसकेको प्रसार्इंले बताए ।

बिएण्डसीको मापदण्ड पूरा छ

यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख गिरिराज सुवेदीले बिर्तामोडमा सञ्चालित बिएण्डसी हस्पिटलले मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पूरा गरेको बताएका छन् ।

अस्पतालको अनुगमनका लागि झापा आइपुग्नुभएका उनले अस्पतालको निरीक्षण गर्दै भौतिक पूर्वाधारसहित अस्पतालले ल्याएका उपकरण गुणस्तरीय भएको बताए ।

यो अस्पताल पूर्वमै सुविधासम्पन्न र विशेषज्ञ चिकित्सक कार्यरत रहेको पाएँ, उनले भने । पूर्वका बासिन्दाले आफ्नै ठाउँमा यत्तिको प्रविधियुक्त अस्पतालमा आएर सेवा लिन सक्लान् या नसक्लान् त्यो भने भन्न सकिँदैन, सर्वसाधारणको मर्मलाई बुझेर यो अस्पतालले सेवा प्रदान गरोस् अस्पताल सञ्चालकलाई मेरो आग्रह छ, सुवेदीले भने ।

सुवेदीले यसअघि मेची अञ्चल अस्पताल भद्रपुरको पनि अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस