१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 एर्गोनोमिक्स र हाम्रो सार्वजनिक प्रशासन

अ+ अ-

काम, कामदार, कार्यस्थल, प्रविधि तथा यन्त्रहरू बिचको अन्तर सम्बन्धलाई कसरी मैत्रीपूर्ण बनाउने तथा सङ्गठनात्मक व्यवहार, पेशागत स्वास्थ्य र सुरक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने सिकाउने विज्ञानलाई श्रम दक्षता शास्त्र(एर्गोनोमिक्स) भनिन्छ। मुलत: यो उत्पादनसँग सम्बन्धित विषय हो। कामदार हरुको स्वास्थ्यलाई लाभदायक तथा सुविधाजनक हुने किसिमको कार्यस्थलको निर्माणद्वारा मात्र उनीहरुको कार्यक्षमता वृद्धि हुन्छ। जसको लागि सही ढङ्गले वर्क प्लेस प्लानिङ गर्नुपर्छ।कामदारको उचाइ अनुसारको टेबल ,कुर्सीको व्यवस्था गर्ने, कम्प्युटर कति टाढा वा नजिक राख्ने यकिन गर्ने, कार्यस्थलमा उज्यालोको व्यवस्था उचित किसिमको हुनु पर्ने ,मौसम अनुसार कार्यस्थललाई वातानुकूलित बनाउनु पर्दछ।

कामदारहरूलाई काम अनुसारको आवश्यक सामाग्रीहरू पी पी ई, ड्रेस ,पँजा ,चस्मा जुता, हेलमेट, कम्प्युटर इत्यादि जस्ता सामाग्री उपलब्ध गराउनु पर्छ। स्वास्थजन्य खतराबाट बच्नको लागि कार्यस्थलमा पर्याप्त र भरपर्दो व्यवस्था गर्नुपर्छ। खाजा र खानाको लागि क्यान्टिनको व्यवस्था ,खानेपानी ,बाथरुम, शौचालय ,सवारी साधन तथा आवासको व्यवस्था गर्नुपर्छ। जसको प्रमुख उद्देश्य कामदारहरूलाई चिन्ता रहित बनाउने र सम्पूर्ण रूपमा उत्पादनको कार्यमा उत्प्रेरित बनाई लगाउनु हो। अन्यथा कामदारहरूमा ढाड, कम्बर, घांटि, टाउको दुख्ने आँखा  कमजोर हुने, खुट्टा सुनिन्ने, हातको औला दुख्ने ,ध्वनि प्रदूषण ले श्रवण शक्ति गुम्दै जाने ,फ्याक्ट्रीमा काम गर्दा निरन्तर मेशिनसँग खेल्नु पर्ने हुदा अङ्गभङ्ग हुने खतरा हुनुको साथै तनावपूर्ण वातावरणमा काम गर्नु पर्दा कामदारहरूमा रिसाउने, झर्कने वा होसियारीपन गुमाउँदै जाने, सङ्गठनात्मक अनुशासन तोडिँदै जाने जस्ता घटनाहरू हुन सक्छन्।परिणामस्वरूप कामदारहरूमा अनुपस्थितिको दर बढ्दै जाने ,कामदारहरुको कार्यक्षमतामा ह्रास आउनुको साथै सिङ्गो उत्पादनमा प्रतिकुल असर पर्दछ।

कर्मचारीहरूको स्वास्थ्यमा प्रतिकुल असर नपारी उनीहरूको कार्यक्षमता लाई कसरी बढाउन सकिन्छ भनी अध्यायन गर्ने विधा नै एर्गोनोमिक्स हो।कामदारहरूलाई नब्बे प्रतिशत स्वास्थ्यजन्य समस्याहरू गलत कार्यस्थल र कार्य वातावरणको कारणले हुने गरेको एक अध्यायन ले प्रमाणित गरेको छ।त्यस कारण अधिकांश विकसित मुलुकहरूमा कामदार मैत्री मापदण्ड बनाई कडाइका साथ लागु गरेका छन।जसमा कम्तिमा यी पाँच वटा पक्षहरूमा विशेष ध्यान पुर्‍याएको पाइन्छ।                             

१. कार्यस्थलको डिजाईनः यस अन्तर्गत कामदार अनुसारको टेबल कुर्सी जस्ता फर्निचर जन्य वस्तुहरू पङ्खा, बत्ती, ए सी, खानेपानी, शौचालय इत्यादि जस्ता विषयहरूमा विशेष ध्यान दिइन्छ।                                                                     

२. वर्क पोस्चरः यस अन्तर्गत बस्ने ,उभिने, हिड्नेजस्ता काम सँग सम्बन्धित गतिविधि गर्दा कामदारलाई असर नपर्ने व्यवस्था मिलाइएको हुन्छ।                                     

३. आवास र कार्यस्थल: कामदारलाई कार्यस्थलको नजिकमा आवासको व्यवस्था गर्ने, वासस्थान टाढा भएको खण्डमा आवतजावत को लागि सवारी साधनको व्यवस्था मिलाइन्छ।                                                             

४. सामाग्री र उपकरणः आजको प्रविधिको युगमा आधुनिक यन्त्र र उपकरणको भरपुर प्रयोग गर्नु पर्दछ।अन्यथा नवप्रवर्धन भित्र्याउन सकिँदैन।साथै प्रतिस्प्रर्धामा श्रेष्ठता पनि हासिल गर्न सकिँदैन।उत्पादनको काम सँग सम्बन्धित यन्त्र उपकण र कामदारको स्वास्थ्य सँग सम्बन्धित पी पी ई, यन्त्र उपकरण तथा सामाग्री हरुको उचित व्यवस्था गर्नु पर्दछ।मानिसले लगाएको कपडा र मानिसको बिचमा भएको मैत्रीपूर्ण सम्बन्ध जस्तै कामदार र यन्त्र उपकरण तथा सामाग्रीको अन्तरसम्बन्ध मैत्रीपूर्ण हुनु पर्दछ।                                                                 

५. कार्यवातावरणः शान्त ,उत्साहप्रद र स्व उत्प्रेरित तथा स्वास्थ्यप्रद हुनुपर्छ।                                               

कार्यस्थलको मापदण्ड निर्धारण गरी सही ढङ्गले कार्यस्थल योजना लागु गर्न सकेको खण्डमा यस प्रकारका फाइदाहरू प्राप्त गर्न सकिन्छ।                                                     

१. कामदारहरुको स्वास्थ्य राम्रो हुन्छ।                                                             

२. कामदारहरू स्व-उत्प्रेरित हुन्छन्।                                                     

३. उत्पादकत्वमा वृद्धि हुन्छ।                                                                   

४. कार्य वातावरण सहज हुन्छ।                                                       

५. साधन र श्रोतको समुचित प्रयोग हुन्छ।                                                   

६. कामदार  हरुको कार्यक्षमतामा वृद्धि हुन्छ।                                                                                 

एर्गोनोमिक्सको दृष्टिकोणबाट नेपालको सरकारी र निजी क्षेत्रको कामदार हरुको कार्यस्थल, कार्य वातावरण तथा मापदण्डको हिसाब ले निकै कमजोर रहेको  पाइन्छ। वर्क प्लेस प्लानिङको कार्यान्वयन निजी र सरकारी दुवै क्षेत्रमा भएको पाइँदैन। सरकारी क्षेत्रको तुलनामा निजी क्षेत्रको स्थिति झनै काहालि लाग्दो देखिन्छ। खाशगरि उद्योग सँग सम्बन्धित कारदार हरुको कार्यस्थल अत्यन्त जोखिमपूर्ण रहेको छ। उद्योगपति तथा म्यानेजर हरुको कार्यकक्ष सबै हिसाब ले सुविधा सम्पन्न रहेको हुन्छ भने श्रमिक हरुको कार्यस्थल जोखिमपूर्ण रहेको पाइन्छ।

उच्च तापक्रम, अँध्यारो र फोहोर कार्यस्थल ,व्यक्तिगत सुरक्षा सामाग्रीको अभाव, शौचालय, खानेपानी, वासस्थान र सवारी साधनको अभाव, मेसिन सँग खोल्नु पर्ने हुदा हेजार्डको सामना र ज्यानको जोखिमको  बिचमा मजदुरहरूले काम गर्नु पर्ने स्थिति रहेको छ। परिणामस्वरूप मजदुरहरूमा आँखा कमजोर हुने, कँवर, घाँटी, ढाड दुख्ने, खुट्टा सुनिन्ने, टि वि तथा निमोनिया हुने देखि क्यान्सर सम्मको रोग ले पीडित हुँदै गएको पाइन्छ भने औद्योगिक दुर्घटनामा परि अङ्गभङ्ग हुने देखि ज्यानसम्म गएको घटनाहरू वारम्वार सुन्नमा आएको पाइन्छ।कामदारहरूले काम कार्यस्थल र प्रविधि बिचको असन्तुलनको कारणले गर्दा आफ्नो स्वास्थ्य गुमाएर घर फिर्नु पर्ने अवस्था रहेको छ। निजीक्षेत्रको तुलनामा सरकारी क्षेत्र केही व्यवस्थित रहेको भएता पनि एर्गोनोमिक्सको सिद्धान्त अनुसार वर्क प्लेस प्लानिङ गर्ने र सोही अनुरूप कामदार हरुको स्वास्थ्यलाई नोक्सान नहुने गरी सिङ्गो कार्य वातावरणको व्यवस्थापन भने हुने गरेको छैन

सरकारी क्षेत्रको सङ्गठन संरचना पिरामिड आकारको रहेकोले गर्दा अधिकार प्राप्त उच्च तहका कार्यालय प्रमुख तथा सहायक प्रमुख  हरुको मात्र वातानुकूलित तथा सुविधा सम्पन्न कार्यकक्ष, महँगा र आरामदायी फर्निचर ,कार्पेट, फोन ,अट्याज बाथरुम, सवारी साधन ,आवास र निजी सहायक सम्मको सुविधा सरकारी स्तर बाट नै उपलब्ध गराएको हुन्छ। तर प्रत्यक्ष सेवाग्राही सँग आम्रे सामने भएर दैनिक भिडभाडमा सेवा प्रवाह गर्नु पर्ने मातहतका कर्मचारीहरुको  अधिकांश कार्यकक्ष भने हेर्दै विरक्त लाग्दो र जाँगर मर्ने किसिमको रहेको पाइन्छ।

जाडोमा अत्यन्त चिसो हुने, गर्मीमा तरतरि पसिना चुहुने, साना अँध्यारा कोठाहरू फ्युज गएका बिजुलीका बल्ब, बिग्रेका पङ्खा, मर्मत गरेर जोडजाड गरेका फर्निचर, बिग्रेका कम्प्युटर, कमजोर नेट, पलाष्टिकको कार्पेट ,सार्वजनिक जस्तो शौचालयको बिचमा सानो संख्यामा रहेका जनशक्तिहरूले ठुलो सङ्ख्यमा सेवा लिन आउने सेवाग्राहीहरूलाई सेवा दिनु पर्ने काहालि लाग्दो अवस्था विद्यमान रहेको छ।कार्यालय प्रमुख र मातहतका कर्मचारीहरू बिचको सम्बन्ध समूहगत कार्यमा भन्दा आदेश र अविश्वासमा गुज्रेको हुन्छ। सवारी र आवासको सुविधा उपलब्ध छैन। अधिकांश कार्यलयहरुमा सेवाग्राही हरुको लागि  बस्ने ,खानेपानी तथा शौचालयको व्यवस्था हुँदैन। परिणामस्वरूप पेन्सन नपाक्दै अधिकांश कर्मचारीहरू को ढाड र कम्मर दुख्ने ,घाटीको हाड खिइने ,आँखा कमजोर हुने, खुट्टा सुनिन्ने ,हातको औलाको टुप्पो दुख्ने ,प्रेसर र सुगर बढ्ने जस्ता समस्या हरूबाट ग्रसित भएको पाइन्छ।

बस्ने ठाउँ ,खानेपानी र  शौचालयसमेतको प्रयोग गर्न नपाएर तनावमा रहेका सेवाग्राही र अस्तव्यस्त ढङ्गले काम गरिरहेका कर्मचारीहरुको बिचमा कतिपय अवस्थामा त विनाकारण समेत विवाद उत्पन्न हुन्छ।उक्त कारणहरूले ढिलासुस्ती त हुन्छ नै।यी कारणहरू ले जनताको नजरमा सार्वजनिक प्रशासन थप बदनाम हुँदै गएको छ।कामदारहरूको स्वास्थ्यलाई रोजगारदाता हरूले ध्यान नदिएको र त्यस सम्बन्धी कडा कानुनी व्यवस्था समेत नभएको हुदा अधिकांश कामदारहरू सेवाबाट निवृत्त हुदा कम्तिमा एउटा एउटा रोग लिएर घर फर्किन्छन्। उनीहरूले मासिकरुपमा पाउने पेन्सनले उसले कार्यालयबाट ल्याएको रोगको नियमित औषधि सेवन गर्नसमेत पुग्दैन। जब कामदारहरूको स्वास्थ्यमा नोक्सान पुग्दै जान्छ तब कामदारहरूले सुशासनको प्रत्याभूति हुने गरी सर्वसाधारण नागरिकहरूलाई सेवा प्रवाह गर्न सक्दैनन्। तब सरकार र नागरिकहरू बिचको सह सम्बन्ध बिग्रँदै जान्छ । त्यसकारण सरोकारवाला पक्षको यस्ता विषयहरूमा बेलैमा ध्यान जान आवश्यक छ।

प्रतिक्रिया दिनुहोस