११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुर्रा राँगो : संघीय संसदमा रमिता, दुग्ध उत्पादक किसानमा भने उत्साहको सञ्चार

अ+ अ-

कैलाली । भारतले नेपाललाई दिने भनिएको ७ वटा मुर्रा राँगो संघीय संसदमा रमिता र घोचपेचको विषय बने पनि कृषि कर्ममा लागेका नेपालीका लागि भने यसले उत्साहको सञ्चार गराएको छ । मुर्रा राँगोको प्रजनन क्षमता र यसको सहयोगबाट उत्पादन हुने भैँसीको दूध दिने क्षमता असीमित हुने भएकोले पनि दुग्ध उत्पादक किसानहरू खुसी देखिएका छन् ।

नेपालमा भैँसीलाई बहु उपयोगी पशुकोरुपमा पाल्ने चलन छ । दूध दिन सक्षम भएसम्म दूध, दही, मोही र घ्यूको रूपमा र दूध दिने क्षमता गुमाएपछि मासुकोरुपमा प्रयोग गर्ने चलन छ । यस कारण पनि भैँसी पाल्ने किसानको संख्या नेपालमा बढ्दो छ । कैलालीको गोदावरी नगरपालिका – ३ माला खेतीमा रहेको स्वर्णिम एग्रिकल्चर प्रालि भैँसी फार्मकोरुपमा सुदूरपश्चिमका ९ जिल्लाका किसानका लागि मात्र नभई भारतीय किसानका लागि पनि आकर्षणको केन्द्र बनेको सञ्चालक बालकृष्ण भट्टराई बताउछन् ।

उनले भने ‘ २०६७ सालमा खुलेको फार्ममा अहिले सुदूरपश्चिमका ९ जिल्लाका किसान र भारतीय किसानहरू आउजाँउ हुन्छ, भैँसी पाल्ने खरिद बिक्री गर्नेका लागि फार्म सहयोगी बनेको छ, दूध दिएसम्म पालेर दूध दिन छाडेपछि मासुको प्रयोजनका लागि पनि किसानहरूले आफ्ना भैँसी यहीँ ल्याउने गरेका छन् । ’

फार्मका सञ्चालक भट्टराईले कृषि कर्ममा लागेका दुग्ध उत्पादक किसानका लागि मुर्रा राँगोले उत्साहको सञ्चार गराएको बताउछन् । मुर्रा राँगो हरेक भैँसी पालक किसानको पहुँचमा पुगे यसले नेपालको पशुपालन क्षेत्रमा क्रान्ति नै ल्याउने विश्वास पनि भट्टराईको छ ।

उनले भने ‘ कृषिमा आत्मनिर्भर बनाउन यस्ता कदमले ठूलो सहयोग पुग्छ । भारत सरकारलाई मनाएर अझ बढी यस्ता राँगो ल्याउन सके अझ राम्रो हुने थियो , मुर्रा राँगो नेपाल आउने भएपछि किसान सबै खुसी छन्, यसले दूध उत्पादनमा ठूलो क्रान्ति ल्याउने र मासुको आवश्यकतालाई पनि सहयोग गर्नेछ । ’

सञ्चालक भट्टराईले नेपाली किसानहरू कृषि कर्ममा नै भविष्य खोजिरहेको बताउछन् । सरकारको धेर थोर सहयोग भए यही क्षेत्रमा धेरै गर्न सक्ने अवस्था रहको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस