९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्य सचिवमा अर्यालको सम्भावना बढ्यो, भोलीको मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको मुख्य सचिव नियुक्त हुनसक्ने सम्भावना बढेर गएको छ । 

अनिवार्य अवकाशमा जाने समय तीन महिना पनि बाँकी नहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएका सचिव अर्याललाई भोली बिहान डाकिएको आकस्मिक मन्त्रिपरिषद् बैठकबाट मुख्य सचिवमा नियुक्त गरिन लागेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ । उनी असार तीन गतेदेखि अवकाश हुँदै थिए । 

‘अहिलेसम्म बुझ्दा सम्भवतः उहाँलाई भोली मुख्य सचिवमा नियुक्त गर्ने निर्णय हुन्छ’ ती स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई भने, ‘अबको केही घण्टामा परिस्थिति बदलिएन भने नयाँ मुख्य सचिवका रूपमा अर्याललाई पाउनुहुन्छ ।’ 

प्रधानमन्त्री प्रचण्डले भोली बिहान ९ः३० बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

अवकाशको अन्तिम सातातिर सचिव अर्यालको दौडधुप निकै बढेको थियो र जसको परिणाम सकारात्मक हुने करिब करिब पक्का भएको प्रशासन उच्च स्रोतको दाबी छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर उड्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रक्षा मन्त्री पूर्णबहादुर खण्डाबिच भएको छलफलमा अर्याललाई मुख्य सचिव बनाउने सहमति भएको र त्यसपछि बसेका विभिन्न चरणका छलफलबाट अर्याललाई मुख्य सचिव बनाउने बाटो क्लियर हुँदै गएको ती स्रोतले बताए । 

आफ्नो पक्षमा निर्णय हुन सक्ने देखिएपछि ढुक्क जस्तै देखिएका अर्यालले ३० गते नै राजीनामा बुझाउने यसअघिको योजना स्थगित गरेसँगै कर्मचारी वृत्तमा एक खालको संकेत आभाष भईसकेको थियो । २०४९ कार्तिक २१ अघि नियुक्त भएका कर्मचारीको हकमा अनिवार्य अवकाश हुन अघि नै राजीनामा दिएको अवस्थामा पेन्सनमा केही रकम थप हुने प्रावधान अनुसार अर्याल मुख्य सचिव नहुने भए केही दिन अघि नै राजीनामा दिने मुडमा थिए । हिजो(मङ्गलवार) बसेको मन्त्रिपरिषद् बैठकले नै उनको राजीनामा स्वीकृत गर्ने या मुख्य सचिव नियुक्त गर्ने भन्ने टुङ्गो लाग्ने बताइएको थियो तर अर्यालबाट राजीनामा पेस नभएसँगै सरकारले मुख्य सचिव बनाउन लागेको हो कि भन्ने आभाष कर्मचारी वृत्तमा हिजै भएको थियो । अर्याल हालका ७४ जना सचिवहरूमध्ये ज्येष्ठ सचिव हुन् । 

त्यसो त अर्यालको एक दिनपछि अर्थात् ४ गते अवकाशमा जान लागेका यादव प्रसाद कोइराला पनि मुख्य सचिवको लाइनमा छन् । 

हालका मुख्य सचिव शंकरदास बैरागी ५८ वर्ष माघमा पुग्ने भए पनि तीन वर्षे सेवा अवधिका कारण असोज १४ गते अवकाशमा जाँदै थिए । वैरागी २०७७ असोज १५ गते मुख्य सचिवमा नियुक्त भएका थिए । तत्कालीन मुख्य सचिव लोक दर्शन रेग्मीले बेलायतको राजदूतका लागि २१ दिन अघि मात्रै वैरागीलाई पद छाडेका थिए । एक हातले नियुक्ति लिएर अर्को हातले राजीनामा बुझाएको चर्चाले त्यति बेला राम्रै बजार तताएको थियो । 

अर्याललाई मुख्य सचिव पद छोड्दा वैरागीले क्यानडाको राजदुत या नेपालमै मन्त्री सरहको कुनै नियुक्ति लिने सहमति भएको बुझिएको छ । यद्यपि न्यूयोर्क पठाउने झिनो सम्भावना पनि विकल्पकै रूपमा रहेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस