१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण पुष्टि

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक ‘एमपक्स’ अर्थात् मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर एक जनामा मङ्कीपक्सको लक्षण देखिएर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो । 

नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा यो रोगको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो पटक भेटिएको यो सङ्क्रमण अहिलेसम्म एक सय ११ देशमा पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले विदेशी नागरिकमा मङ्कीपक्स देखिएको बताए । सङ्क्रमण पुष्टि भएका विदेशी नागरिक काठमाण्डौको एक अस्पतालमा डाक्टरको निगरानीमा उपचार गराइरहेका छन् । 

अर्थोपोक्स भाइरस परिवारको मङ्कीपक्स भाइरसबाट हुने यो रोग मानिसबाट मानिस वा जनावरबाट मानिसमा सर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सन् १९८० मा मध्य पूर्वी र पश्चिम अफ्रिकामा देखिएको मङ्कीपक्स त्यसयता निरन्तर देखिइरहेको छ । अघिल्लो वर्षदेखि यसले विश्वव्यापी प्रकोपको रूप लिएको छ । मङ्कीपक्स भाइरस सार्ने स्रोतबारे यकिन जानकारी नभए पनि लोखर्के र बाँदर यस रोगका लागि संवेदनशील हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मङ्कीपक्स सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरका विभिन्न भागमा फोका हुँदै पाप्रा उप्कने, टाउको, ढाड र मांसपेशी दुख्ने, आँखामा सङ्क्रमण भई दृष्टिविहीन हुन सक्ने, निमोनिया हुनेजस्ता लक्षण र मृत्युसमेत हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस