१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन् ।  भोजपुर-पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ-संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए। 

सरकारले पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो । यस क्षेत्रका विज्ञ एवं जानकारहरूले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन् । 

पर्यटन मन्त्रालयले पनि विभिन्न समयमा पर्यटन ऐनको मस्यौदा तयार गरेर चरणबद्ध छलफल गर्दै आएको थियो । पर्यटन मन्त्री किरातीले विज्ञ सरोकारवालाको राय सुझाव लिएर पर्यटन ऐन बनाइने उल्लेख गरे । उनले भने, “पर्यटन क्षेत्रको समयसापेक्ष विकासका लागि पर्यटन ऐन बनाउँदैछौँ, आइतबारदेखि एक महिने सुझाव लिएर पर्यटन ऐन बनाउनेतिर लाग्छु ।”

पर्यटन मन्त्री किरातीले देशको विद्यमान विकासको ढाँचा परिवर्तन नगरेसम्म मुलुकको सन्तुलित विकास नहुने बताए । उनले प्राकृतिक र सांस्कृतिक रूपमा समृद्ध रहेको भोजपुरको इतिहास र समग्र विकासलाई केन्द्रविन्दुमा राखेर विकासको ढाँचा बनाइनुपर्ने तथा त्यसलाई देश विकासको नयाँ ढाँचाको रूपमा स्थापित गर्नसकिने दाबी गरे । भोजपुरको टक्सारको संरक्षण, सांस्कृतिक गाउँ, सङ्ग्रहालयको अवधारणा अघि सारिएको र यसका लागि सबैको सहयोग तथा सहकार्य चाहिने उनको भनाइ थियो । 

कार्यक्रममा पूर्व मन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाले गौरवशाली इतिहास बोकेको अथाह सम्भावनायुक्त भोजपुरको भविष्य राम्रो रहेको उल्लेख गरे । भौतिक प्रगतिका हिसाबले केही पछि परे पनि शैक्षिक उन्नयनमा भोजपुर अग्र स्थानमा रहेको उनले उल्लेख गरे  । शिक्षा, पर्यटन, कृषि, खेलकुद आदि क्षेत्रमा भोजपुर देशकै नमूना जिल्ला बन्न सक्ने भएकाले सबै सरोकारवालाले जिल्लाको विकासमा ध्यान दिनुपर्ने कोइरालाले खाँचो औँल्याए।

पूर्व मन्त्री हेमराज राईले भोजपुरको सम्भावनालाई विकास र समृद्धिसित जोड्न सबै क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । पूर्व मन्त्री टङ्क ढकालले भोजपुरको समग्र विकासका लागि रणनीतिक ढङ्गले लाग्नुपर्ने बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले भोजपुरको इतिहासलाई केन्द्रमा राखेर विकासमा सबै सरोकारवालाले ध्यान दिन जरुरी भएको बताए। नेकपा (माओवादी केन्द्र) भोजपुरका संयोजक नगेन्द्र भुजेल, नेकपा (एमाले) का केन्द्रीय सदस्य परशुराम अधिकारीलगायतले भोजपुरको विकासका लागि सबै सक्रिय ढङ्गले जुट्नुपर्ने औँल्याए ।

दावाली मिलन केन्द्रका अध्यक्ष रोशन श्रेष्ठले भोजपुरको विकासका लागि काठमाडौँमा सरकारी सेवा, पेसा, व्यवसायमा रहेका सबैले पहल गर्नुपर्ने धारणा राखे । भोजपुर पौवादुङ्मा सेवा समाज काठमाडौँका अध्यक्ष सीताराम कार्कीले भोजपुरको समग्र विकास र हितका लागि काठमाडौँमा बस्ने राजनीतिक दलका नेता, विभिन्न पेसा व्यवसायमा आबद्धले के-कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस